चैत्र १६, २०८२ सोमबार | २३:०५:४०
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट
शनिबारको दिन इन्डियन प्रिमियर लिग

कोहलीले आइपिएलमा देख्न नपाएको खुसी

काठमाडौं ।पहिलो नाम थियो, रोयल च्यालेन्जर्स बेङ्लोर । यसपालिदेखि नाम फेरियो, रोयल च्यालेन्जर्स बेङ्लुरु । नाम फेरेर के गर्ने र ? भाग्य फेर्न सकिएन । 

यो टिम इन्डियन प्रिमियर लिग (आइपिएल)मा सर्वाधिक लोकप्रियमा पर्छ । आखिरमा सुरुदेखि नै यो विराट कोहलीको टिम होे । यो टिमबाट उनीमात्र होइनन्, एकसेएक खेलाडीले खेले । तर यो टिमले कहिल्यै आइपिएल उपाधि जित्न सकेको छैन । त्यसैले प्रश्न स्वाभाविक छ, किन बेङ्लुरुले कहिल्यै उपाधि जित्न जान्दैन ?

भारतीय क्रिकेटले पाएको सबैभन्दा ठूलामा नाममा पर्छन् विराट । तर के गर्नु उनको भाग्यमा सायद आइपिएलको उपाधि नै लेखिएको छैन । उनको खेलजीवनमा यो तथ्य एउटा दागकै रूपमा रहनेछ ।

यो सिजनको कथा पनि त्यही रह्यो । फेरि एकपटक बेङ्लुरु प्ले-अफसम्म त पुग्यो, तर अन्त्यमा फेरि माथ खायो । छोटकरीमा भन्दा बेङ्लुरुको स्कोर हो, ०-१७ । अर्थात १७ सिजन । उपाधि भने शून्य । बेङ्लुरुको समर्थक हुनु भनेको विना कारण टाउको दुखाउनु हो भनेर पनि प्रतिक्रिया आउने गर्छ । हो पनि । हार्छ किन भन्नेको उत्तर पनि कोहीसँग हुन्न । जति बेला निर्णायक खेल हुन्छ, नकआउट पाराको । त्यसमै हार्ने गर्छ बेङ्लुरु ।

अनि एउटा अर्को तथ्य पनि । आइपिएलमा सर्वाधिक सफल दुई टिम हुन् चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स । यी दुई टिमले आफ्नो घरेलु मैदानमा भएको खेल सक्दो बढी जित्ने गर्छ । तर यही तथ्य बेङ्लुरुको पक्षमा लागू हुँदै न । बेङ्लुरुले यस सिजन राम्रो सुरुआत लिएन । सुरुमै धमाधम खेल हारेर पुछारमा रह्यो । तर अन्त्यतिर लिग चरणका ६ खेल लगातार जितेपछि लागिरहेको थियो, यसपल्ट यो टिमले केही गर्छ ।

यस सिजन मात्रै उनी सर्वाधिक रन बनाउने ब्याटर सूचीमा सबैभन्दा अगाडि छन् । उनले १५ खेलमा ७ सय ४१ रन बनाएका छन् । त्यो पनि ६१.७५ को औसतले । त्यसमा एक शतक र पाँच अर्धशतक समावेश छ । 

लिग चरणको आफ्नो अन्तिम खेलमा बेङ्लुरुले चेन्नईलाई हराएको थियो । टोलीलाई यो खेल जित्नैपर्ने थियो । फेरि परिस्थिति पनि उसकै पक्षमा बनेको थियो । जुन जुन खेलको नतिजा उसको अनुकूल हुनुपथ्र्यो, ठ्याक्कै त्यस्तै भयो । तर इलिमिनेटरमा बेङ्लुरु राजस्थान रोयल्सको हातबाट पराजित रह्यो । हारपछि मैदानमै बेङ्लुरुका खेलाडी रुन मात्रै सकेनन् । कोहलीको अनुहार पनि हेर्नलायक थियो । खासमा बेङ्लुरुको खराब प्रदर्शनबाट कोही सबैभन्दा निराश हुने गर्छ भने तिनै कोहली हुन् ।

भारतीय क्रिकेटले पाएको सबैभन्दा ठूलामा नाममा पर्छन् विराट । तर के गर्नु उनको भाग्यमा सायद आइपिएलको उपाधि नै लेखिएको छैन । उनको खेलजीवनमा यो तथ्य एउटा दागकै रूपमा रहनेछ । त्यसैले यसलाई कोहलीले मनाउन नपाएको एउटा खुसीभन्दा पनि हुन्छ । यहाँनिर एउटा तथ्य के हो भने यी कोहली आइपिएल इतिहासबै सर्वाधिक सफल खेलाडीमध्ये एक हुन् । एक खेलाडीको प्रदर्शनका रूपमा उनलाई लिएर खोट लगाउने ठाउँ नै छैन ।

 यस सिजन मात्रै उनी सर्वाधिक रन बनाउने ब्याटर सूचीमा सबैभन्दा अगाडि छन् । उनले १५ खेलमा ७ सय ४१ रन बनाएका छन् । त्यो पनि ६१.७५ को औसतले । त्यसमा एक शतक र पाँच अर्धशतक समावेश छ । अझ कोहलीको पूरा आइपिएल करिअरलाई नै आधार मान्ने हो भने उनले ८ हजार ४ रन बनाइसकेका छन । कुरा त्यही हो, यति धेरै बलियो तथ्यांकबीच पनि एउटा तथ्य त्यहाँ गायब छ । त्यो हो, आइपिएल उपाधि ।