फाल्गुन ६, २०८२ बुधबार | २०:०५:४९
पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी
शनिबारको दिन इन्डियन प्रिमियर लिग २०२४

आइपिएल २०२४ः कसको सम्भावना कति ?

काठमाडौं । विश्व क्रिकेटको सबैभन्दा धनी फ्रेन्चाइज लिग शुक्रबार सुरु भएको छ । यो भनेको इन्डियन प्रिमियर लिग २०२४ । छोटकरीमा आइपिएल । यसपल्टको संस्करण १७ औं रहेको छ ।

क्रिकेट पारखीका लागि यो प्रतियोगिता हिजै मात्र सुरु भएजस्तो लाग्न सक्छ, तर यसले केही लामै बाटो तय गरिसकेको छ । यसकै परिणाम त हो क्रिकेट पनि विश्वकै सबै धनी खेलमा गनिन थालेको । सँगै लोकप्रिय पनि ।

अबका आठ साता जतिको समय क्रिकेट रूचाउनेहरू यसमै झुम्ने छन् । टेस्टसँगै एकदिवसीय क्रिकेट पनि केही सुस्तााएका बेला ट्वान्टी–२० क्रिकेटको आवश्यकता महसुस भएको थियो । अब त क्रिकेटका ती पुराना दुई स्वरूपभन्दा यही २० ओभरको खेल बढी लोकप्रिय हुन थालेको छ ।

यसको श्रेय धेरै हदसम्म आइपिएल नै दिनुपर्छ । प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो चेन्नई सुपर किंग्स । हिजो रातिको उद्घाटन खेलमा यही चेन्नईले त हो रोयल च्यालेन्जर्स बेंगलुरुको सामना गरेको । यसपल्ट पनि कुल १० टिमको सहभागिता रहनेछ । तिनलाई दुई समूहमा विभाजन गरिएको छ ।

त्यसको अर्थ प्रत्येक टिममा ५–५ टिम छन् । समूह ‘ए’ मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स रहेका छन् । अर्को समूह ‘बी’ मा चेन्नई र बेंगलुरुसँगै सनराइज हैदराबाद, गुजरात टाइटन्स र पन्जाव किंग्स । प्रत्येक टिमले लिग चरणमा १४ खेल खेल्नेछ ।

यो कसरी त ? एउटै समूहमा रहेका टिमले एक आपसमा एकपल्ट खेल्नेछन् । यसरी चार खेल हुनेछ । तिनै टिमले अर्को समूहको टिमसँग भने दुईपल्ट खेल्नेछ, होम एन्ड अवेका रूपमा । त्यसरी १० खेल हुने भयो । लिग चरणको समाप्तिमा शीर्ष चारमा रहने अर्को चरण पुग्नेछन् । यसै चरणमा हुनेछ इलिमिनेटर र प्लेअफ ।

को–को हुन सक्छन् यी चार टिम । अथवा भनौं यसपल्टको कसको सम्भावना बढी छ त ? भारतीय मिडियाहरूको आधार मान्ने हो भने शीर्ष चारमा पुग्ने टिम सम्भवतः राजस्थान, चेन्नई, कोलकाता र मुम्बई हुनेछन् । यसअघिका संस्करणका खेलको गहन विश्लेषणपछि यो सम्भावनाको समीकरण तयार पारिएको हो ।

र, अन्त्यमा यसपल्टको संस्करणबाट लागू हुने एउटा नियमको । यसपल्टका लागि यही एउटा मात्र नयाँ नियम रहेको छ र त्यसअनुसार प्रत्येक ओभरमा बलरले दुई बाउन्सर फाल्न पाउनेछन् । यसअघिसम्म एकै बाउन्सरको नियम थियो प्रत्येक ओभरमा । त्यसको अर्थ यसपल्ट बलर केही बलियो भएको छ ।