फाल्गुन ११, २०८२ सोमबार | २२:१८:३३
साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल
शनिबारको दिन नेपाली क्रिकेट

नेपाली क्रिकेटमा एउटा सुखद प्रयोग

काठमाडौं । नेपाल ‘ए’ विरुद्ध तीन एकदिसीय क्रिकेट सिरिज २–१ ले जितेपछि सबैभन्दा पहिले क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिएका छन् ।

क्यानडा आफैं विश्वकप क्रिकेट लिग–२ को तयारीमा छ । युएईमा हुने त्रिकोणात्मक सिरिजअगाडि क्यानडाले अभ्यासका रूपमा नेपाल ‘ए’ टिमसँग खेलेको हो ।

तेस्रो तथा अन्तिम खेलमा क्यानडा ४ विकेटले विजयी भयो । यसअघि पहिलो खेलमा पनि क्यानडा ४ विकेटले विजयी रहेको थियो । दोस्रो खेल भने नेपालको पक्षमा रह्यो २ विकेटले ।

निश्चित अवसरमा बाहेक कोही पनि खेलाडीका लागि सिधै राष्ट्रिय टिमबाट खेल्नुभन्दा त्यसअगाडि ‘ए’ टिमको अनुभव बटुल्नु सर्वथा राम्रो हुने गर्छ । यसले खेलाडीलाई परिपक्व बनाउन असाध्यै मद्दत गर्छ ।

खासमा हामीले अहिले यो सिरिजबारे चर्चा गर्न लागेका होइनौं । कुनै समय पुबुदु नेपालका प्रशिक्षक थिए । नेपालमा क्रिकेटको विकासका लागि ‘ए’ टिम बनाउनुपर्छ भनेर जोड दिन्थे । उनले जे भनेका थिए अहिले त्यो पूरा भएको छ । त्यसकारण उनले क्यानलाई धन्यवाद दिएका हुन् । नेपाली क्रिकेटमा पछिल्लो समय केही राम्रो भएको छ भने त्यसमध्ये एउटा ‘ए’ टिमको घोषणा, निर्माण र यो क्यानडाबीचको सिरिज पनि हो ।

समग्र विश्व क्रिकेटमा पनि लगभग सबै ठूला टिमको समानान्तर ‘ए’ टिम रहन्छ । अब त्यसमा नेपाल पनि थपिएको छ । पुबुदुमात्रै होइनन्, लगभग सबैको धारणा थियो, ‘ए’ टिम चाहिन्छ नै भनेर ।

क्यानले अनुभवी विनोद भण्डारीको नेतृत्वमा यो टिम घोषणा गरेको थियो । विनोद त अहिले नेपाली क्रिकेटमा उपलब्धिका हिसाबले सबैभन्दा अनुभवी खेलाडीमध्ये एक हुन् । उनको नेतृत्वमा त्यस्तो टिम बनाइएको थियो, जसमा नयाँ र युवा खेलाडीको बाहुल्य छ ।

प्रशिक्षणको जिम्मा ज्ञानेन्द्रलाई दिएर क्यानले अर्को ठीक निर्णय गरेको छ । सबैलाई थाहा छ, ज्ञानेन्द्र नेपाली क्रिकेटका ‘लेजेन्ड’ हुन् ।

अनि प्रशिक्षकको जिम्मेवारी पाएका थिए, ज्ञानेन्द्र मल्लले । ठ्याक्कै भन्दा ‘ए’ टिम भनेकै सिक्ने र सिकाउने ठाउँ हो । अब नेपाली क्रिकेटमा पनि माथिल्लो स्तरमा खेल्न सक्ने खेलाडीको उपलब्धता एक दर्जन जतिबाट दुई दर्जनमा बढेको छ ।

निश्चित अवसरमा बाहेक कोही पनि खेलाडीका लागि सिधै राष्ट्रिय टिमबाट खेल्नुभन्दा त्यसअगाडि ‘ए’ टिमको अनुभव बटुल्नु सर्वथा राम्रो हुने गर्छ । यसले खेलाडीलाई परिपक्व बनाउन असाध्यै मद्दत गर्छ ।

फेरि कसैले राष्ट्रिय टिमबाट लय गुमाउँछ भने त्यसलाई फर्काउन उनका लागि सबैभन्दा राम्रो अवसर भनेकै ‘ए’ टिम हुन्छ । त्यस अर्थमा नेपाली क्रिकेटमा मुख्य राष्ट्रिय टिमसम्म पुग्न एउटा यस्तो बाटो तयार भएको छ, जसले पुलको काम गर्छ ।

प्रशिक्षणको जिम्मा ज्ञानेन्द्रलाई दिएर क्यानले अर्को ठीक निर्णय गरेको छ । सबैलाई थाहा छ, ज्ञानेन्द्र नेपाली क्रिकेटका ‘लेजेन्ड’ हुन् । उनले नेपाली क्रिकेटलाई धेरै दिन सक्छन्, दिनु पनि पर्छ ।

नेपाल ‘ए’ टिम बन्नु सुखद प्रयोग नै हो । विश्वास गरौं, जे हुनेछ राम्रै हुनेछ । खबरदारी भने चाहिन्छ नै ।

पुराना अनुभवी खेलाडीलाई प्रशिक्षणमा क्षेत्रमा ल्याउनु रणनीतिक रूपमा पनि अर्को राम्रो निर्णय हो । भारतमै पनि राहुल द्रविडदेखि लिएर भिभिएस लक्ष्मण जस्ता लेजेन्ड खेलाडी प्रशिक्षकका रूपमा छन् ।

द्रविड आफैंले कुनै समय भारतको ‘ए’ टिम हेरेका थिए । पछि मात्रै राष्ट्रिय टिमको जिम्मेवारी पाए । तर कुरा यत्तिकैमा सकिन्न । क्यानडाविरुद्धको सिरिज त सकियो । अब के त ? यसबारे क्यानले बोलेको छैन । क्यान स्पष्ट हुन आवश्यक छ ।

‘ए’ टिम बनाएर त्यसलाई व्यस्त बनाउन सक्नुपर्छ । यो टिमसँग जोडिएका कार्यक्रम निरन्तर बनाइरहनुपर्छ । अनि मात्रै फाइदा हुन्छ । नत्र टिम निर्माण र घोषणा मात्रैले केही हुन्न । ठीक यही बेला यत्तिको नकारात्मक हुन पनि आवश्यक छैन ।

किनभने एउटा राम्रो सुरुआत भएको छ, नेपाल ‘ए’ टिम बन्नु सुखद प्रयोग नै हो । विश्वास गरौं, जे हुनेछ राम्रै हुनेछ । खबरदारी भने चाहिन्छ नै । ‘ए’ टिम बन्यो भनेर खुसी भइरहनु मात्र पनि ठीक होइन ।