नेपाली क्रिकेट

पिएम कपका दश सतक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक नयाँ संरचनामा आयोजना गरेको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगिता विभिन्न कोँणबाट रोमाञ्चक रहयो । खासगरि ब्याटरहरुको लामो र आक्रामक इनिङ दूर्लभ रहने गरेको नेपाली घरेलु क्रिकेट यसपाली फरक थियो । पूरा सिजनमा एक वा दुई सतक मात्र हेर्न पाइने नेपाली क्रिकेटमा यसपाली प्रधानमन्त्री कपले समर्थकलाई १० वटा सतक हेर्ने मौका दियो ।

अपराजित रहँदै नेपाल पुलिस क्लब तेस्रो पटक च्याम्पियन भएको प्रतियोगितामा लगातार छैटौं पटक फाइलन पुगे पनि आर्मी उपाधि उचाल्न सफल रहेन । राष्ट्रिय टोलीका अधिकांश खेलाडीले भरिएको पुलिस प्रतियोगिताकै उत्कृष्ट टिम थियो ।

 आर्मीको प्रदर्शन औषत रह्यो । आर्मी र पुलिससँगै क्यानले पहिलो पटक आयोजना गर्ने भनिएको एलिट ट्रफीमा बागमती प्रदेश र मधेश प्रदेश छनोट भए । राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलसम्मिलित सशस्त्र प्रहरी बलको एपिएफको प्रदर्शन औसतभन्दा तल नै रहयो ।

सतक बनाउनेमध्ये आर्मीका कप्तान विनोद भण्डारी सबभन्दा सफल खेलाडी थिए । उनले दुई सतक बनाएका थिए । प्रतियोगिताको चौथो दिनसम्म ११ खेल हुँदा चार सतक बनेका थिए । त्यसपछि भने सतक बन्ने क्रम सुस्ताएको थियो ।

काठमाडौंका दुई (कीर्तिपुरको त्रिवि मैदान र मुलपानी माथिल्लो मैदान) तथा भैरहवाको एक मैदानमा चलेको प्रतियोगिताको नतिजा जेजस्ता भए पनि मुख्य आकर्षण भने तिनै १० सतक थिए । एउटा अर्को संयोग थियो, सबै सतक कीर्तिपुर मैदानमै बने ।

सतक बनाउनेमध्ये आर्मीका कप्तान विनोद भण्डारी सबभन्दा सफल खेलाडी थिए । उनले दुई सतक बनाएका थिए । प्रतियोगिताको चौथो दिनसम्म ११ खेल हुँदा चार सतक बनेका थिए । त्यसपछि भने सतक बन्ने क्रम सुस्ताएको थियो ।

प्रतियोगितामा नेपाल पुलिसका रासिद खानले कीर्तिमानी सतक बनाए । एपिएपका सन्दीप जोराले घरेलु प्रतियोगितामा पहिलो सतक, विनोदले दोस्रो पटक सतक र सुजन थपलियाले पहिलो पटक सतक बनाएका हुन् । आसुतोष घिरैया, मायन यादव, नरेन भट्ट र आसिफ शेखले पनि घरेलु सतकमा नाम लेखाए ।

रासिदको कीर्तिमानी सतक


प्रतियोगिताको उद्घाटन खेलमै विभागीय टोली नेपाल पुलिस क्लबका रासिद खानले शतकीय इनिङ खेले । बागमती प्रदेशलाई त्रिवी मैदानमा ६८ रनले हराएको त्यो खेलमा पुलिसले पहिला ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाई २८२ रन बनाएको थियो ।

पुलिसको इनिङमा सातौं नम्बरमा ब्याटिङ गरेका राशिदले ११२ बलमा ९ चौका र ६ छक्कासहित  १०६ रन जोडे । पिएम कपमा सातौं नम्बरका ब्याटिङ गरी शतक बनाउने रासिद पहिलो खेलाडी हुन् । क्रिकेट करिअरमा पनि उनको यो पहिलो सतक थियो ।

एक समय पुलिस ७२-५ को दयनीय अवस्थामा रहँदा राशिद र आरिफ शेख (५७)ले छैटौं विकेटका लागि १२० रनको साझेदारी गर्दै बलियो स्थितिमा पुर्याएका थिए ।

घरेलु लिगमा सन्दीपको पहिलो सतक 


पिएम कप २०८० मा सतक बनाउने सन्दीप जोरा दोस्रो खेलाडी हुन् । बागमतीविरुद्धको खेलमा त्रिवी मैदानमा एपिएफ कुनै समय ४१–४ को नाजुक अवस्थामा रहँदा सन्दीपले आक्रामक ब्याटिङबाट जितको आधार तय गरेका थिए ।

सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४१ रनको योगफल तयार पार्यो। पाँचौं नम्बरमा क्रिजमा आएका सन्दीपले ११२ रन बनाए । सन्दीपले आफ्नो करिअरमा बनाएको यो उच्च स्कोर हो । उनले ११७ बलमा सात चौका र पाँच छक्का प्रहार गरे पछि एपिएफले बागमती प्रदेशमाथि ८९ रनको सहज जित निकालेको थियो ।

एकै प्रतियोगितामा विनोदको दुई सतक 


विभागीय टोली त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले यसै प्रतियोगितामा दुई सतक बनाए । उनले मधेश र कर्णाली प्रदेशविरुद्ध सतक बनाएका हुन् । उनी पिएम कपमा तीन सतक बनाउने पहिलो खेलाडी हुन् ।

ण्डकी प्रदेशविरुद्ध विनोदले ७६ बलमा ९ चौका र पाँच छक्कासहित एक सय ११ रनको इनिङ खेलेका थिए । उनी पिएम कपकै कम बल (७३) मा सतक प्रहार गर्ने पहिलो खेलाडी पनि हुन् ।

विनोदको सानदार सतकमा आर्मीले प्रतियोगितामा मधेस प्रदेशविरुद्ध १२६ रनको सहज जित निकाल्यो । आर्मीको जितमा विनोदले ११३ रन बनाए । ९३ बल मात्रै सामना गरेका विनोदले ९ चौका र ६ छक्का प्रहार गरेका थिए ।

विनोदले कर्णालीविरुद्ध भने १३२ बलमा ६ चौका र तीन छक्कासहित अविजित सय रन बनाएका हुन् । विनोदले आर्मीबाटै सन् २०२१ मा पहिलो सतक बनाएका थिए । त्यतिबेला गण्डकी प्रदेशविरुद्ध विनोदले ७६ बलमा ९ चौका र पाँच छक्कासहित एक सय ११ रनको इनिङ खेलेका थिए । उनी पिएम कपकै कम बल (७३) मा सतक प्रहार गर्ने पहिलो खेलाडी पनि हुन् ।

छाँयामा सुजनको सतक


सुजन थपलिया नेपाली क्रिकेटमा खासै सुनिएको नाम हैन । तर, उनले पिएम कपमा उपाधि दाबेदार नेपाल पुलिस क्लबविरुद्ध सतक बनाए । तर, टिमले जित निकाल्न नसक्दा उनको यो सतक छायाँमा परेको छ । सुजनले १०५ रनको इनिङ खेल्दा पनि उनको टोली कोशी प्रदेशले जित निकाल्न सकेन । नेपाल पुलिस क्लबविरुद्धको खेलमा टोली सात विकेटले पराजित भयो ।

टस हारेर ब्याटिङ गरेको कोशीले ४८.२ ओभरमा सबै विकेट गुमाउँदा मात्र १६६ रन बनाएको थियो । प्रत्युत्तरमा पुलिसले तीन विकेट गुमाउँदै २३.१ ओभरमा लक्ष्य पूरा ग¥यो । पुलिसविरुद्ध सुजनले १२६ बलमा ६ चौका र आठ चौका प्रहार गरेका थिए ।

उदयीमान आसुतोष घिरैया

यसपटक प्रधानमन्त्री कपबाट चर्चामा आएको अर्को नाम हो आसुतोष घिरैया । मारवाडी समूदायका यी खेलाडीले विगतमा पनि घरेलु प्रतियोगिता खेलेका थिए । तर, कहिल्यै राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।

उनले मारवाडी समुदायको प्रतिनिधित्व गर्दै देश तथा विदेशमा पनि क्रिकेट खेलिसकेका थिए । तर, बागमती प्रदेशबाट यसपाली पिएम कप खेलेपछि मात्र उनले राष्ट्यि स्तरको चर्चा पाए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् ।

 उनले ९ इनिङमा ३८२ रन बनाएका छन् । जसमा एक सतक र दुई अर्धसतक समावेश छन् । ओपनर घिरैयाले कोशी प्रदेशविरुद्ध ६४ रनको जित निकाल्दा ११८ रनको इनिङ खेलेका थिए । उनी नै प्रतियोगिताको उदयीमान खेलाडी बने ।

एकै खेलमा नरेन र मायनको सतक


सुदूरपश्चिमका नरेन भट्ट र मधेशका मायन यादवले एउटै खेलमा एकअर्काविरुद्ध सतक प्रहार गरे । नरेनले मधेशविरुद्ध १२१ रनको योगदान दिए । उनले १२२ बलमा १३ चौका र एक छक्का प्रहार गरेका थिए ।

यही खेलमा मधेशका मायन यादवले पनि सतक बनाए ।  पिएम कपको एकै खेलमा दुई सतक बनेको यो पहिलो पटक थियो । मायनले ११५ रन जोड्न १२८ बलमा आठ चौका र दुई छक्का प्रहार गरेका थिए । जनकपुरका १६ वर्षीय मायनको घरेलु प्रतियोगितामा यो पहिलो शतक हो ।

अनिल सर्वाधिक रनकर्ता 


प्रतियोगिताको उत्कृष्ट ब्याटर चुनिएका अनिलकुमार शाहले एक सतक बनाएका थिए । उनी प्रधानमन्त्री कपमा सार्वधिक रन बनाउने खेलाडी हुन् । अनिलले गण्डकी प्रदेशमाथि १४५ रनको फराकिलो जित निकाल्दा सतक बनाएका थिए । अनिलले गण्डकीविरुद्ध १२७ रनको इनिङ खेले ।

राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीलाई पछि पार्दै अनिल प्रतियोगितामा सर्वाधिक रन (३८६) बनाउन सफल भए । यसक्रममा उनले एक सतक र दुई अर्धसतक प्रहार गरेका थिए ।

बागमतीका आशुतोष घिरैयाको कीर्तिमान तोड्ने क्रममा अनिलले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरेका थिए । अनिलको यो प्रतियोगितामा पहिलो शतक हो । समग्रमा पिएम कपको यो नवौं शतक थियो । त्रिवी क्रिकेट मैदानमा मधेशले पहिला ब्याटिङ गरी पाँच विकेट गुमाएर ३३५ रनको योगफल बनाएको थियो । राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीलाई पछि पार्दै अनिल प्रतियोगितामा सर्वाधिक रन (३८६) बनाउन सफल भए । यसक्रममा उनले एक सतक र दुई अर्धसतक प्रहार गरेका थिए ।

आसिफको सतक पनि छाँयामा 

राष्ट्रिय टोलीका ओपनर आसिफ शेखले अन्तिम खेलमा कर्णाली प्रदेशविरुद्ध सतक बनाएका थिए । तर उनको यो सतकले सशस्त्र प्रहरी बलको एपिएफलाई जित दिलाउन सकेन ।

आसिफको सतकका बावजुद एपिएफ कर्णालीसँग २१ रनले पराजित भएको थियो । कर्णालीविरुद्ध आसिफले ११२ बलमा १०८ रनको इनिङ खेले । दश चौका र दुई छक्का प्रहार गरेका उनले सतक बनाए पनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । २०७ रनको लक्ष्य पछ्याएको एपिएफ १८५ रनमै सीमित भएको थियो । उनको पिएम कपमा यो दोस्रो सतक हो ।