मंसिर २४, २०८२ बुधबार | ०१:५५:५५
विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा पावरप्लेमा सुदूरपश्चिमले जोड्यो ४२ रन च्याम्पियन्स लिगमा मंगलबार ९ खेलः लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत क्लबहरु मैदानमा उत्रिँदै एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा पावरप्लेमा सुदूरपश्चिमले जोड्यो ४२ रन च्याम्पियन्स लिगमा मंगलबार ९ खेलः लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत क्लबहरु मैदानमा उत्रिँदै एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल
शनिबारको दिन प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कपः पुलिस-आर्मीमा कस्को पल्ला भारी ?

काठमाडौं । प्रधानमान्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब आमनेसामने भएका छन् ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल स्पर्धा बिहान ९ः१५ बजे सुरु हुनेछ । पुलिस क्लब प्रतियोगितामा तेस्रो पटक फाइनल खेल्दै छ । आर्मीले पाँचौं फाइनल खेल्न लागेको हो ।  यो प्रतियोगितामा पुलिस र आर्मी दुवै टोली समान दुई पटक च्याम्पियन बनेका छन् ।

२०७४ सालमा पुलिसलाई हराउँदै आर्मी च्याम्पियन बनेको थियो । वर्षाका कारण फाइनलको दोस्रो इनिङ्स सम्भव नभएपछि दुवै टोलीलाई विजेता घोषणा गरिएको थियो । १ सय २७ रनको लक्ष्य पछ्याइरहेको आर्मीले २.३ ओभरमा एक विकेट गुमाउँदै ७ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।

२०७५ सालको फाइनलमा भने आर्मी विभागीय प्रतिद्वन्द्वी नेपाल एपिएफ क्लबविरुद्ध ६ विकेटले विजयी भएको थियो । २०७६ सालमा आर्मीलाई ४ विकेटले पराजित गर्दै पुलिस च्याम्पियन बन्यो । २०७८ सालमा एपिएफलाई स्तब्ध बनाउँदै आर्मीले उपाधि उचाल्यो । २०७९ सालको फाइनलमा भने आर्मी क्लब एपिएफसँग ४ विकेटले पराजित भएको थियो ।

आर्मीको टोली, तस्विर क्यान

यी त भए इतिहासका नतिजा । यसपालि प्रतियोगितामा एकमात्र अपराजित टोली पुलिस क्लब फाइनलमा त्यसलाई निरन्तरता दिन चाहन्छ । पुलिसले लिग चरणका ९ वटै खेल जितेको थियो ।

आर्मीले लिग चरणमा ७ जित र २ हारको नतिजा निकालेको थियो । आर्मी लिग चरणमा पुलिसँग बेहोरेको हारको बदला लिँदै च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।

आर्मीका कप्तान विनोद भण्डारी उपाधि जित्नैका लागि मैदान उत्रने बताउँछन् । उनले भने, ‘हामी उपाधि जित्नैका लागि मैदान उत्रन्छौं । अघिल्ला संस्करणमा लिग चरणमा राम्रो प्रदर्शन गरे पनि फाइनलमा चुक्दै आएको थियौं, अलिे उतारचढाव भइरहेको छ । हामीले हरक परिस्थितिमा खेल्न सिकेका छौं । तर ब्याटिङमा केही समस्या देखिएको छ । त्यसलाई सुधार गर्नेछौं । हामी मानसिक रूपमा तयार छौं ।’ पुलिस अपराजित रहँदै फाइनल खेलिरहेकाले केही दवाव हुने बताउँदै उनले भने, ‘खेल हो जे पनि हुनसक्छ तर फाइनल रोमाञ्चक हुने आस छ ।’

पुलिसको प्रदर्शनलिग चरणमा पुलिसले वाग्मती प्रदेशलाई ६८ रन, कोशीलाई ७ विकेट, आर्मीलाई १३ रन, एपिएफलाई ५८ रनले हराएको थियो । त्यस्तै पुलिसले मधेश, कर्णाली र गण्डकी प्रदेशलाई समान ६ विकेट, लुम्बिनीलाई १ सय ३ तथा सुदूरपश्चिमलाई ७८ रनले पराजित गरेको थियो ।

पुलिसबाट दिलीप नाथ र अर्जुन साउदले समान २ सय ३२ रन बनाएका छन् । दुवैले समान ९ खेल खेल्दा २ अर्धशतक प्रहार गरेका छन् । दिलीपको अविजित ७५ र अर्जुनको अविजित ६२ रन बनाउनु व्यक्तिगत उच्च स्कोर हो । 

सुदूरपश्चिम प्रदेशविरुद्ध  ‘म्यान अफ द म्याच’ दीपेन्द्र, तस्विरः क्यान

पुलिसका लागि ललित राजवंशीले सर्वाधिक २० विकेट लिएका छन् । ८ रन दिएर ५ विकेट लिनु ललितको उत्कृष्ट प्रदर्शन हो ।

दीपेन्द्रसिंह ऐरीको कप्तानमा रहेके पुलिसलाई ललितनाराणण राजवंशी, दिलीप नाथ, सागर ढकाल, करण केसी जस्ता खेलाडीको साथ रहनेछ । 

आर्मीको प्रदर्शनआर्मीले मधेशलाई १ सय २६ रन, कोशीलाई ९ विकेट, एपिएफलाई ४ विकेट, लुम्बिनीलाई ६५ रन, कर्णालीलाई १ सय ६४ रन, सुदूरपश्मिलाई ९७ रन र गण्डकीलाई ६८ ले पराजित गरेको थियो । आर्मीले वाग्मती प्रदेशसँग ३ विकेट र पुलिससँग १३ रनको हार बेहोरेको थियो ।

आर्मीका कप्तान विनोद भण्डारीले ९ खेलमा दुई शतकसहित सर्वाधिक ३ सय ४९ रन प्रहार गरेका छन् । १ सय १३ रन बनाउनु उनको उत्कृष्ट प्रर्दशन हो । आर्मीका शाहब आलमले सर्वाधिक २२ विकेट लिएका छन् । १४ रन दिएर ६ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो । 

विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी, कुशल मल्ल, साहब आलम, जितेन्द्र मुखिया, बसिर अहमद जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

 

कर्णालीविरुद्ध शतक प्रहार गरेपछि विनोदः तस्विरः क्यान