भाद्र २३, २०८१ आइतबार | ०७:१२:२७
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास
शनिबारको दिन मायन यादव

राष्ट्रिय क्रिकेटमा उदाउँदै मायन

काठमाडौं । जनकपुरधाम धनुषाका मायन यादवले क्रिकेट खेल्न थालेको लामो समय भएको छैन । उनले यो क्षेत्रमा पाइला चालेको मात्र ५ वर्ष भएको छ । तर, उनले आफूलाई सम्भावना बोकेको खेलाडीका रूपमा स्थापित गराइसकेका छन् ।

१७ वर्षे मायनले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशका लागि राम्रो प्रदर्शन गरिरहेका छन् । विशेष गरी तेस्रो नम्बरमा ब्याटिङमा आउने मायनले केही खेलमा ओपनिङ गरेका थिए । प्रतियोगितामा ८ खेल खेल्दा उनको नाममा एक शतक र एक अर्धशतक छ ।

मायन माथिल्लो क्रममा एउटा भरपर्दा ब्याटरका रूपमा उदाएका छन् । उनले सियिनर खेलाडीसँग राम्रो तालमेल मिलाउँदै राम्रो साझेदारी पनि गरिरहेका छन् । उदाहरणका लागि मायनले बिहीबार सम्पन्न पछिल्लो खेलमा दोस्रो विकेटका लागि अनिल साहसँग १ सय ५ रनको शतकीय साझेदारी गरेका थिए । 

प्रधानमन्त्री कपअन्तर्गत सुदूरपश्चिम प्रदेशविरुद्ध शतक प्रहार गरेपछि मायन यादव, तस्वीरः क्यान

हाल मधेश प्रदेश ८ खेलमा ५ जित र तीन हारको नतिजासहित १० अंक जोडेर तेस्रो स्थानमा छ ।मधेशको उत्कृष्ट प्रदर्शनमा सिनियर खेलाडीका साथै उदीयमान मायनको पनि महत्त्वपूर्ण भूमिका छ विशेषतः ब्याटिङमा । 

मायन पछिल्ला चार वर्षयता नवीन सिंहसँग प्रशिक्षण लिइरहेका छन् । यहाँ रहँदा उनले विभिन्न प्रतियोगिता पनि खेलेको बताए ।

‘म नवीन सरसँग प्रशिक्षण लिइरहेको छु । त्यहाँबाट भारतका विभिन्न प्रतियोगिताहरू पनि खेलिरहेको हुन्छु । नियमित अभ्यास भइरहको हुन्छ,’ मायनले सुनाए, ‘त्यसैले पनि राम्रो प्रदर्शन गर्न मद्तत मिलिरहेको छ ।’ उनले सिनियर खेलाडीको पनि साथ र सहयोग रहेको बताए ।

ड्रेसिङ रूमको माहोल पनि राम्रो उनले सुनाए । ‘सिनियर दाइहरूले धेरै कुरा सिकाइरहनुभएको छ,’ मायनले भने, ‘पहिलाका खेलहरूमा पनि राम्रो सुरुआत गरे पनि ठुलो योगफलसम्म पुग्न सकिरहको थिइनँ । एउटा खेलमा ५० रन बनाएको थिएँ । सिनियरहरूले तिमी राम्रो छौं । धैर्य भएर खेल भन्नुहुन्थ्यो । आफूलाई चाहिने समय लिग भनेर सम्झाउनुहुन्थ्यो,’ सुदूरपश्चिमविरुद्ध शतक प्रहार गरेपछि मायनले भनेका थिए, ‘५० रन बनाएपछि हौसला आयो । जसरी पनि शतक प्रहार गर्नुपर्छ भन्ने थियो । मेरो व्यक्तिगत मात्र नभएर टोलीलाई पनि रन आवश्यक छ भन्ने लागेको थियो ।’

मायन यादव,तस्वीरः क्यान

राष्ट्रिय टोलीबाट खेल्ने लक्ष्यमायन आफ्नो लक्ष्य सियिनर टोलीबाट खेल्नुरहेको बताउँछन् । ‘हरेक खेलाडीको लक्ष्य राष्ट्रिय टोलीको जर्सी लगाएर खेल्नु हुन्छ । मेरो पनि त्यही लक्ष्य हो । म एउटा खेल वा प्रतियोगितामा मात्र राम्रो गरेर सन्तुष्ट हुने छैन । अझै मिहिनेत गर्नेछु ,’ मायनले भने, ‘सिनियर दाइ र आफन्तहरूले पनि राम्रो प्रदर्शन गरे भन्दैमा नमात्तिनु, अझै धेरै गर्न बाँकी छ र मिहिनेतलाई जारी राख्नु भनेर सम्झाउनु हुन्छ । मौका पाए भने राम्रो गर्न सक्छु भन्ने विश्वास छ ।’

प्रधानमन्त्री कपमा मायनको प्रदर्शनमायनले टोलीका लागि हालसम्म आठवटै खेलमा मौका पाएका छन् । उनी आफ्नो लय समातिइरहेका छन् । उनले हालसम्म समान एक शतक र अर्धशतकसहित २ सय ६५ रन बनाइसकेका छन् । उनले हालसम्म तीन खेलमा मात्र दोेहोरो अंकमा रन जोड्न सकेका छैनन् ।

उनले कोशी, एपिएफ क्लब र नेपाल पुलिस क्लबसँग क्रमशः एक, दुई र पाँच रनमात्र बनाएका थिए । उनले त्रिभुवन आर्मी, वाग्मती, कर्णाली, सुदूरपश्चिम र गण्डकीविरुद्ध क्रमशः ३४, ३१, ५०, ११५ र २७ रन जोडेका थिए ।

ओली कपबाट मधेशमा ‘डेब्यू’मायनले मधेश प्रदेशका लागि गत महिना पोखरामा सम्पन्न केपी ओली कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामार्फत ‘डेब्यू’ गरेका थिए । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेशले उपाधि जितेको थियो । तर मायनले केपी ओली कपमा भने पर्याप्त मौका पाएनन् ।

केपी ओली कप  राष्ट्रिय ट्वान्टी २० क्रिकेट प्रतियोगिता विजेता मधेश प्रदेश, तस्विरः क्यान

‘केपी ओली कपमा पहिलो पटक मधेशको टोलीमा परेको थिएँ । मलाई अन्त्यतिर ब्याटिङका लागि पठाइएको थियो,’ मायनले भने, ‘प्रतियोगितामा ब्याटिङ गर्ने पर्याप्त मौका नपाएकाले राम्रो रन पनि बनाउन सकिनँ । प्रधानमन्त्री कपमा भने पाएको मौका सदुपयोग गरिरहेको छु ।’