भाद्र २३, २०८१ आइतबार | ०५:१०:४६
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास
शनिबारको दिन डेविड वार्नर

वार्नरको संन्यास, अरुको भन्दा किन फरक ?

काठमाडाैं । अस्ट्रेलियाली क्रिकेट खेलाडीहरू अरू देशका खेलाडीभन्दा अलिकति फरक हुन्छन् । नियमित अन्तर्राष्ट्रिय क्रिकेट हेर्नेले यो मज्जाले अनुभव गरेकै हुनुपर्छ । अस्ट्रेलियाली खेलाडीहरू मैदानमा अलिकति बढी नै आक्रामक देखिन्छन् ।

उनीहरू ब्याटिङ गर्दा होस् वा बलिङ गर्दा सकेसम्म प्रतिद्वन्द्वी खेलाडीमाथि हाबी हुन खोज्छन् । सके विपक्षी खेलाडीमाथि ‘स्लेजिङ’ गर्न पनि बेर हुन्न । मैदान बाहिर भने उनीहरू उत्तिकै मिजासिला देखिन्छन् । यस्तै शैलीका एक जबरजस्त खेलाडी हुन्, डेविड वार्नर । यिनै खेलाडीले हालै क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । त्यो पनि फरक पाराले । अबदेखि उनले टेस्ट क्रिकेट खेल्ने छैनन् । एकदिवसीय क्रिकेटबाट पनि संन्यास त लिएका छन्, तर टिमलाई चाहिए फर्कन तयार छन् ।

ट्वान्टी–२० क्रिकेट खेल्न भने जारी राख्नेछन् । उनको यो संन्यास लिने शैलीले पनि धेरैथोक भन्छ । सायद अबको क्रिकेट भनेकै ट्वान्टी २० हुन बेर छैन । यसमा सबथोक छ, सबैभन्दा ठूलो पैसा छ । जताततै फ्रेन्चाइज क्रिकेट हुन्छ, पैसा कमाउन पनि सजिलै छ ।

अझ भारतको इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न पायो भने त पैसाको वर्षा नै हुन्छ । त्यसैले खेलाडीहरूले टेस्ट र एकदिवसीय क्रिकेट कम खेल्ने, बरू पूरापूर ध्यान ट्वान्टी २० मै लगाउन थालेका छन् । वार्नरले पनि यही शैली अपनाए । टेस्ट र एकदिवसीय क्रिकेट नखेल्ने भएपछि उनीसामु बढीभन्दा बढी ट्वान्टी २० खेल्ने अवसर हुन्छ । यसले उनको खेलजीवन पनि पक्कै केही लामो हुनेछ ।

यी त भए प्रवृत्तिका कुरा । तर, टेस्ट त्रिकेटमा वार्नरको कमी भने पक्कै महसुस हुनेछ । अहिले पाकिस्तानविरुद्ध अस्ट्रेलियाको टेस्ट सिरिज चलिरहेको छ । त्यसमध्ये सिड्नीमा भएको टेस्टको समाप्तिसँगै वार्नरले विश्व क्रिकेटको सबैभन्दा पुरानो स्वरूपबाट बिदा लिने निर्णय गरेका हुन् ।

यी ३७ वर्षीय खेलाडीले अस्ट्रेलियाका लागि १ सय १२ टेस्ट खेलेका छन् । सिड्नी उनको घरेलु मैदान हो, त्यसैले उनले त्यही मैदानमा अन्तिम पटक खेल्ने निर्णय गरेका हुन् । उनले कुल ८ हजार ६ सय ९५ रन बनाएका छन् । औसत भने ४४.५८ रह्यो । उनले २६ शतक बनाए अनि ३६ अर्धशतक ।

‘अस्ट्रेलियाका लागि यति धेरै टेस्ट खेल्ने छु भनेर त मैले कल्पना पनि गरेको थिइनँ । त्यसैले त सबैप्रति आभारी छु,’ वार्नरले मिडियासँग कुराकानी गर्दै भनेका थिए ।

उनले सन् २००९ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । त्यसयता उनले दुईपल्ट विश्वकप जिते सन् २०१५ र २०२३ मा । संन्यासका क्रममा उनले भनेका थिए, भारतमा भएको पछिल्लो एकदिवसीय विश्वकप जित्नु आफ्नो खेलजीवनको सबैभन्दा महत्त्वपूर्ण अवसर रह्यो ।

उनले भनेका थिए, ‘यो अस्ट्रेलियाली क्रिकेटको एउटा ठूलो उपलब्धि हो । भारतलाई भारतमै हराएर विश्वकप जित्नु वास्तवमै ठूलो हो ।’

सन् २०२५ मा च्याम्पियन्स ट्रफी हुँदै छ । त्यसमा उनलाई मौका दिइयो भने वार्नर त्यो एक खास प्रतियोगिता भने खेल्न चाहन्छन् । उनी यो प्रतियोगिता जितेर एकदिवसीय क्रिकेटबाट सबै अर्थमा संन्यास लिन चाहन्छन् । वार्नरको तर्क हो सायद अस्ट्रेलियालाई त्यो प्रतियोगिताका लागि आफ्नो आवश्यकता पर्न सक्नेछ ।यस्तोमा अहिलेका लागि उनले टेस्ट क्रिकेटबाट पूर्णतः संन्यास लिएकै हो । अब फेरि उनी सेतो जर्सीमा अस्ट्रेलियाका लागि देखिने छैनन् । अहिलेका लागि उनले १ सय ६१ एकदिवसीय खेल खेले । त्यसमा ६ हजार ९ सय ३२ रन बनाए । यसको औसत भने ४५.३० रह्यो । अनि यसमा २२ शतक सामेल रह्यो ।

अहिले तत्कालका लागि टेस्ट क्रिकेटमा वार्नरको योगदानका लागि सबैले उनको प्रशंसा गरिरहेका छन् । यहाँनिर वार्नरको खेलजीवनलाई लिएर एउटा तथ्य भने उल्लेख गर्नु नै पर्छ । उनी पूर्वकप्तान स्टिभ स्मिथसँगै सन् २०१८ मा एक वर्षको प्रतिबन्धमा परेका थिए । त्यतिबेला केपटाउनमा भएको टेस्टका क्रममा उनीहरूमाथि ‘बल टेम्परिङ’ को आरोप लागेको थियो । यो घटनालाई भने उनी सर्वथा बिर्सन चाहन्छन् ।