मंसिर ६, २०८१ बिहीबार | १४:३१:५७
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन एकदिवसीय विश्वकप क्रिकेट

इतिहासको पानाबाटः भारतको दबदबा

काठमाडौं । सन् २०११ को एकदिवसीय विश्वकप क्रिकेट दक्षिण एसियाली राष्ट्र भारत, बंगलादेश र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका थिए ।

भारतमा भएको यो तेस्रो विश्वकप हो । यसअघि भारतले सन् १९८७ मा पाकिस्तान र सन् १९९६ मा पाकिस्तान र श्रीलंकासँग मिलेर विश्वकप आयोजना गरेको थियो ।

टेस्ट राष्ट्रका रूपमा भारत, पाकिस्तान, श्रीलंका, अस्ट्रेलिया, दक्षिण अफ्रिका, बंगलादेश, इङ्ल्यान्ड, न्युजिल्यान्ड, वेस्ट इन्डिज र जिम्बावेले प्रतिस्पर्धा गरेका थिए ।

एकदिवसीय विश्वकपको १०औं संस्करणका खेलहरू फेब्रुअरी १९ देखि अप्रिल २ सम्म भारतका ८, श्रीलंकाका ३ र बंगलादेशका २ गरी १३ रंगशालामा खेलाइएको थियो ।

प्रतियोगितामा १० टेस्ट र चार एसोसिएटसहित कुल १४ टोलीको सहभागिता थियो । टेस्ट राष्ट्रका रूपमा भारत, पाकिस्तान, श्रीलंका, अस्ट्रेलिया, दक्षिण अफ्रिका, बंगलादेश, इङ्ल्यान्ड, न्युजिल्यान्ड, वेस्ट इन्डिज र जिम्बावेले प्रतिस्पर्धा गरेका थिए ।

यसैगरी एसोसिएट राष्ट्रका रूपमा नेदरल्यान्ड्स, क्यानडा, आयरल्यान्ड र केन्याको सहभागिता रहेको थियो ।

अघिल्ल्लो संस्करण खेलका स्कटल्यान्ड र बर्मुडा छनोट हुन सफल भएनन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।

समूह ‘ए’ मा अस्ट्रेलिया, पाकिस्तान, श्रीलंका, जिम्बावे, क्यानडा, केन्या र न्युजिल्यान्ड तथा समूह ‘बी’ मा भारत, दक्षिण अफ्रिका, इङ्ल्यान्ड, बंगलादेश, आयरल्यान्ड, वेस्ट इन्डिज र नेदरल्यान्ड्स रहेका थिए ।

पछिल्लो तीन संस्करणको च्याम्पियन अस्ट्रेलियाको यात्रा क्वाटरफाइनलमै सीमित भएको थियो ।

समूह चरणमा एकअर्कासँग प्रतिस्पर्धा गरेपछि समूह ‘ए’ बाट पाकिस्तान, श्रीलंका, अस्ट्रेलिया र न्युजिल्यान्ड तथा समूह ‘बी’ बाट भारत, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले क्वाटरफाइनलमा स्थान बनाएका थिए । केन्या र नेदरल्यान्ड्स प्रतियोगितामा जितविहीन टोली बने ।  

भारतले अस्ट्रेलियालाई ५ विकेट, पाकिस्तानले वेस्ट इन्डिजलाई १० विकेट, न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ४९ रन र श्रीलंकाले इङ्ल्यान्डलाई १० विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

पछिल्लो तीन संस्करणको च्याम्पियन अस्ट्रेलियाको यात्रा क्वाटरफाइनलमै सीमित भएको थियो । अस्ट्रेलियाले दिएको २६० रनको लक्ष्यलाई भारतले ५ विकेट गुमाएर ४८ ओभरमा पूरा गरेको थियो ।

यसैगरी सन् १९८६ को उपाधि उचालेको श्रीलंका सन् २००७ मा उपविजेता बनेको थियो । फाइनलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै भारत २८ वर्षपछि विश्व च्याम्पियन बन्यो ।

सेमिफाइनलमा भारतले सहआयोजक पाकिस्तानलाई २९ रन र श्रीलंकाले न्युजिल्यान्डलाई ५ विकेट हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । भारतले ९ विकेटमा २ सय ६० रन जोड्दै पाकिस्तानलाई २३१ रनमा समेटेको थियो । अर्को सेमिफाइनलमा न्युजिल्यान्डलाई २१७ रनमै समेट्दै श्रीलंकाले ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

अघिल्लो संस्करण भारत समूह चरणबाटै बाहिरिँदा श्रीलंका फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।

भारत र श्रीलंका दुवै टोलीले तेस्रो पटक एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाएका थिए । भारत  १९८३ को च्याम्पियन र २००३ को उपविजेता टोली हो ।

फाइनलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै भारत २८ वर्षपछि विश्व च्याम्पियन बन्यो ।

यसैगरी सन् १९८६ को उपाधि उचालेको श्रीलंका सन् २००७ मा उपविजेता बनेको थियो । फाइनलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै भारत २८ वर्षपछि विश्व च्याम्पियन बन्यो ।

मुम्बईस्थिच वाङ्खडे क्रिकेट मैदानमा श्रीलंकाले प्रस्तुत गरेको २ सय ७४ रनको लक्ष्य भारतले ४८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । भारतका लागि गौतम गाम्भिरले ९७ र कप्तान महेन्द्रसिंह धोनीले अविजित ९१ रनको योगदान गरेका थिए ।

श्रीलंकका लासिथ मालिङ्गाले दुई, थिसरा परेरा र तिलकरत्ने दिलसानले समान एक विकेट लिएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रनको योगफल तयार परेको थियो । माहेला जयवद्र्धनेले अविजित १ सय ३ र कप्तान कुमार सांगाकाराले ४८ रनको योगदान गरेका थिए ।

भारतका जाहिर खान र युवराज सिंहले समान दुई तथा हरभजन सिंहले एक विकेट लिएका थिए ।

३ सय ६२ रन बनाउनुका साथै १५ विकेट लिएका भारतका युवराज सिंह प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी चुनिन सफल भएका थिए ।

कुल ४९ खेल भएको प्रतियोगिता हेर्न १२ लाख २९ हजार ८ सय २६ दर्शक रंगशाला पुगेका थिए ।

३ सय ६२ रन बनाउनुका साथै १५ विकेट लिएका भारतका युवराज सिंह प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी चुनिन सफल भएका थिए ।

प्रतियोगिताका ९ खेलमा ५ सय रन बनाएका श्रीलंकन ब्याटर तिलकरत्ने दिलसान सर्वाधिक रनकर्ता बनेका थिए ।

९ खेलमा समान २१ विकेटसहित भारतका जाहिर खान र पाकिस्तानका शाहिद अफ्रिदी सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए ।