चैत्र १३, २०८२ शुक्रबार | १२:०७:१३
मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार
शनिबारको दिन एसिसी एसिया कप

‘क्रिकेट युद्ध’मा भारत र पाकिस्तान: विराटविरुद्ध बाबर, कस्काे शक्ति भारी ?

काठमाडाैं । एसिया कप त्रिकेटको खास मज्जा भन्नु नै यही हो, भारतविरुद्ध पाकिस्तानको प्रतिस्पर्धा । यी दुई छिमेकी हुन् । तर, विशेष शत्रु हुन् । त्यसैले यिनै दुई देशबीचको दुईपक्षीय क्रिकेट अचेल दुर्लभ छ । भारत र पाकिस्तान एक आपसमा भिड्न आजभोलि ठूलै प्रतियोगिता चाहिन्छ । जस्तो एसिया कप ।

दुई देशबीचको कटुतापूर्ण सम्बन्धकै कारण झन्डै झन्डै यसपल्टको पनि एसिया कप हुन नलागेको ।

 नेपाल भने आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ठूलो अन्तरले पराजित भइसकेको छ । समूहको अन्तिम खेलमा नेपालले पनि भारतसँग खेल्नेछ । त्यसअघि  यिनै भारत र पाकिस्तानबीचको खेल जुरेको छ । आजै शनिबार ।

भारतले पाकिस्तानी भूमिमा गएर खेल्नै मानेन । त्यसैले यो खेल हुनेछ श्रीलंकाली भूमिमा । फेरि यसपल्टको एसिया कपको ‘ड्र’ कस्तो छ भने कम्तीमा यी दुई टिम दुईपल्ट भिड्ने नै छन् । अझ फाइनलमा पनि यिनै दुई टिम पुगे भने तीन खेल हुनेछ । अहिले तत्कालका लागि सबैको ध्यान लिग चरणकै खेलमा केन्द्रित हुनेछ ।

भारत र पाकिस्तान प्रतियोगिताको समूह ‘ए’ मा छ अनि यो समूहको तेस्रो टिम हो हाम्रो आफ्नै नेपाल । नेपाल भने आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ठूलो अन्तरले पराजित भइसकेको छ । समूहको अन्तिम खेलमा नेपालले पनि भारतसँग खेल्नेछ । त्यसअघि  यिनै भारत र पाकिस्तानबीचको खेल जुरेको छ । आजै शनिबार ।

त्यसैले यसलाई ‘सुपर स्याटर्डे’ भन्दा पनि हुन्छ । यसलाई दुई देशबीचको ‘क्रिकेट युद्ध’ भन्दा केही फरक पर्ने छैन । जति–जति बेला भारत र पाकिस्तान क्रिकेट मैदानमा भिड्ने गर्छ । त्यसमा सबथोक हुन्छ । रोमाञ्च, विवाद, तनाव, दुश्मनी, बदलाको भाव । अझ भनौं, यो खेलमा जे भन्यो त्यही हुन्छ ।

पाकिस्तानसँग एकदिवसीय क्रिकेटको विश्वका नम्बर एक ब्याटर छ, बाबर आजमका रूपमा । पाकिस्तान आफै एकदिवसीय क्रिकेटको नम्बर एक टिम भयो नै । भारतसँग पनि उत्तिकै उम्दा ब्याटर छ, विराट कोहलीका रूपमा । त्यसैले यो खेल बाबरविरुद्ध विराटको पनि हो ।

अनि यही खेलको क्रममा देखिने छ, निकै माथिल्लो स्तरको त्रिकेट प्रतिस्पर्धा । जस्तो पाकिस्तानसँग एकदिवसीय क्रिकेटको विश्वका नम्बर एक ब्याटर छ, बाबर आजमका रूपमा । पाकिस्तान आफै एकदिवसीय क्रिकेटको नम्बर एक टिम भयो नै । भारतसँग पनि उत्तिकै उम्दा ब्याटर छ, विराट कोहलीका रूपमा । त्यसैले यो खेल बाबरविरुद्ध विराटको पनि हो ।

पाकिस्तानविरुद्ध कोहलीको प्रदर्शन अधिकांश समय खुबै बेजोड हुने गर्छ । त्यसैले के उनलाई साहिन शाह अफ्रिदी, नसिम शाह र ह्यारिस रउफले रोक्न सक्छ त ?

भारत र पाकिस्तानबीचको अन्तिम खेल ट्वान्टी-२० विश्वकपमा दौरान भएको थियो ११ महिना अगाडि । त्यो खेल खुबै नाटकीय रह्यो र विवादास्पद पनि ।

अहिलेको एसिया कपमा पनि त्यस्तै खेल अपेक्षा गर्न सकिन्छ त ? पक्कै सकिन्छ । एकदिवसीय क्रिकेटमा यी दुई टिम भिडेको सन् २०१९ मा हो एकदिवसीय विश्वकपमा । त्यसयता दुवै टिममा धेरै परिवर्तन आइसके । तर, दुवै टिममा जित्ने चाहना र जुनुन पनि यस्तै रहनेछ । फेरि यसपल्टको एसिया कप त्यस्तो समयमा हुन लागेको छ, जतिबेला एकदिवसीय विश्वकप आफैंमा नजिक छ ।

यो एकदिवसीय विश्वकप यही वर्ष हुनेछ त्यो पनि भारतमा । यस्तोमा दुवै टिम विश्वकप अगाडि एसिया कपमा आफूलाई परिस्कृत गर्ने दाउमा हुनेछन् । 

यो एकदिवसीय विश्वकप यही वर्ष हुनेछ त्यो पनि भारतमा । यस्तोमा दुवै टिम विश्वकप अगाडि एसिया कपमा आफूलाई परिस्कृत गर्ने दाउमा हुनेछन् । दुईमध्ये एक टिमले एसिया कप जिते त्यसले अबको विश्वकपमा मज्जाको सहयोग पुग्ने नै छ । अहिले तत्कालका लागि भने सबैको ध्यान यही खेलमा हुनेछ । समय पनि याद गरौं, शनिबार दिउँसो ३ः१५ बजे अनि श्रीलंकाको पालेकेलेमा ।