कार्तिक १८, २०८२ मंगलबार | २३:३१:३३
खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त नेपाल जेनजी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा नेपाल किर्गिस्तानसँग पराजित एपिएफ सेमिफाइनलमा, रश्मिको ह्याट्रिक एन्फालाई जेनजी योद्धाको चेतावनीः लिग नभए सडक संघर्ष महिला बास्केटबल बुधबारबाट हुने युवा तथा खेलकुद मन्त्रालयको सुधार कार्ययोजना सार्वजनिक एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल काठमाडौंमा हुने इसाकले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त नेपाल जेनजी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा नेपाल किर्गिस्तानसँग पराजित एपिएफ सेमिफाइनलमा, रश्मिको ह्याट्रिक एन्फालाई जेनजी योद्धाको चेतावनीः लिग नभए सडक संघर्ष महिला बास्केटबल बुधबारबाट हुने युवा तथा खेलकुद मन्त्रालयको सुधार कार्ययोजना सार्वजनिक एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल काठमाडौंमा हुने इसाकले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने
शनिबारको दिन एसिसी एसिया कप

भारतविरुद्ध निडर भएर खेल्नुपर्छ: पूर्वकप्तान अग्रवाल

काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली टोली एक साताअघि नै पाकिस्तान पुगेको थियो । पाकिस्तानमा नेपाली टोलीले भिभिआइपी स्वागत पाएको थियो । कराँचीको विमानस्थलदेखि टिम बसेको होटलसम्म कडा सुरक्षा व्यवस्था थियो ।

नेपाली खेलाडी अभ्यासका लागि मैदान जाँदा होस् या बाहिर निस्कँदा कडा सुरक्षा दिइएको थियो । खेलअघि नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाइले भारत र पाकिस्तानजस्ता टोलीसँग खेल्न पाउनु नेपालका लागि ठूलो अवसर रहेको बताएका थिए । उनले खेल आफ्नो पक्षमा नआउने निश्चित भए पनि खेलाडीले आफ्नोतर्फबाट शतप्रतिशत दिएर खेल्ने बताएका थिए ।

नेपालजस्ता देशका लागि विश्व नम्बर एक टोलीसँग खेल्न पाउनु नै ठूलो विषय हो । पाकिस्तानले नेपालविरुद्ध आफ्नो बलियो टोली नै उतारेको थियो ।

कप्तान रोहितकुमार पौडेलले पनि पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्ने लक्ष्य सुनाएका थिए । नेपालले एसिया कपको ‘डेब्यू’ खेलमा बुधबार अहिलेको एकदिवसीय वरीयताको शीर्ष टोली पाकिस्तानसँग प्रतिस्पर्धा गरेको हो ।

मुल्तान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २ सय ३८ रनको फराकिलो हार बेहोरे पनि नेपाली खेलकुदका लागि यो ऐतिहासिक दिन थियो । कप्तान रोहितले भनेजस्तै खेल प्रतिस्पर्धात्मक नभए पनि पहिलो पटक यति ठूलो टिमसँग खेलिरहेको नेपालले केही आस भने जगाएको छ ।

नेपालजस्ता देशका लागि विश्व नम्बर एक टोलीसँग खेल्न पाउनु नै ठूलो विषय हो । पाकिस्तानले नेपालविरुद्ध आफ्नो बलियो टोली नै उतारेको थियो । कप्तान बाबर आजम र इफ्तिखार अहमदको शतकप्रेरित पाकिस्तानले ३ सय ४२ रनको योगफल तयार पारेको थियो । जवाफमा नेपाल १ सय ४ रनमै समेटियो ।

नेपालले ब्याटिङ सम्झनलायक प्रदर्शन गर्न नसके पनि बलिङमा भने उत्कृष्ट सुरुआत गरेको हो । १० ओभरमा नेपालले मात्र ४२ रन खर्चिदै २ विकेट लिएको थियो । डेथ ओभरमा भने नेपालले खराब बलिङ प्रदर्शन गरेको थियो । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवाल पनि नेपालले पहिलो इनिङ्समा जस्तो दोस्रो इनिङ्समा राम्रो प्रदर्शन गर्न नसकेको बताउँछन् ।

‘नेपालले पहिलो इनिङ्समा त राम्रै प्रदर्शन गरेको थियो । तर, दोस्रो इनिङ्समा भने नेपालले निराश बनायो,’ अग्रवालले खेलाडी डटकमसँगको अन्तर्वार्तामा भने, ‘यो खेलमा हामीले गुमाउनुपर्ने केही थिएन । यो हाम्रा लागि सिक्ने अवसर थियो । खेलाडीहरू आरामले खेलिरहेका थिए । उनीहरूले आफ्नो रिचमा आएका शटहरू हानिरहेका थिए । राम्रो कभर ड्राइभ पनि देख्न पाइयो ।’

सुरुआतमा केही दबाबमा रहे पनि बाबर आजम र  इफ्तिखार अहमदले आफ्नो अनुभवको भरपूर फाइदा उठाउँदै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए । उनीहरूले चौथो विकेटमा २ सय १४ रनको साझेदारी गरेका थिए ।

नेपालले पहिलो ओभरमै तीन विकेट विकेट गुमाएको थियो । चौथो विकेटका लागि सोमपाल कामी र आरिफ शेखले ५९ रनको साझेदारी गर्दै टोलीको आस जगाएका थिए । त्यसपछि भने नेपालले लगातार विकेट गुमायो ।  

किन यस्तो त ? पूर्वकप्तान अग्रवाल भन्छन्, ‘नेपाली ब्याटरमा अनुभवको कमी भएर हो ।’  

‘हामी पहिलो पटक विश्वस्तरीय बलरको सामना गरिरहेका थियौं । हाम्रा खेलाडीमा त्यस किसिमको बलरहरूलाई कसरी सामना गर्ने भन्ने योजना नै थिएन,’ अग्रवालले प्रस्ट्याए, ‘त्यसैले पनि ब्याटरलाई मानसिक दबाब परेको हुनुपर्छ । एक-दुई जनाबाहेक अन्य ब्याटर राम्रै बलमा आउट भएका छन् ।’

सुरुआतमा केही दबाबमा रहे पनि बाबर आजम र  इफ्तिखार अहमदले आफ्नो अनुभवको भरपूर फाइदा उठाउँदै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए । उनीहरूले चौथो विकेटमा २ सय १४ रनको साझेदारी गरेका थिए ।

पूर्वकप्तान अग्रवालको नजरमा नेपालको डेथ ओभर फिल्डिङ सेटअफमा भने केही कमजोरी देखिएकै हो । ‘मैले डेथ ओभरमा फिल्डिङ सेटअपमा भने नेपालको केही कमजोरी रहेको महसुस गरें । सुरुआती ओभरमा स्पिन  बलिङ हुँदा त ठिकै थियो । तर, अन्तिम ओभरतिर पनि स्लिप राखिएको थियो । बल टर्न नभएको अवस्थामा पनि त्यो आवश्यक थिएन,’ उनले थपे, ‘मलाई डेथ ओभरमा पनि खासै नराम्रो बलिङ गरेजस्तो लागेन । कुनै पनि परिस्थितिबाट आफूलाई खेलमा फर्काउन सक्ने क्षमता भएकाले नै पाकिस्तान विश्व नम्बर एक टोली बनेको हो ।’

नेपालले सोमबार विश्व क्रिकेटको अर्को महारथी भारतको सामना गर्दै छ । एकै प्रतियोगितामा विश्व क्रिकेटका दुई शक्तिशाली टोलीसँग खेल्न पाउनु नेपालका लागि ठूलो भाग्य र अवसर पनि हो ।

३३ ओभरसम्म पाकिस्तानको स्कोर १ सय ६० को आसपास थियो । त्यसपछिका ओभरमा करिब १० को रनरेटमा स्कोर बन्यो । त्यो नै अनुभवी टोलीको विशेषता भएको पवन स्वीकार्छन् । उनले नेपालले नियमित रूपमा यस्ता टोलीसँग खेल्न पायो भने आगामी दिनमा राम्रो नतिजा आउने विश्वास व्यक्त गरे ।

नेपालले सोमबार विश्व क्रिकेटको अर्को महारथी भारतको सामना गर्दै छ । एकै प्रतियोगितामा विश्व क्रिकेटका दुई शक्तिशाली टोलीसँग खेल्न पाउनु नेपालका लागि ठूलो भाग्य र अवसर पनि हो ।

पूर्वकप्तान अग्रवाल भारतविरुद्ध पाकिस्तानसँग गरेका गल्ती सुधार्नुपर्ने बताउँछन् । ‘भारतजस्तो टोलीविरुद्ध खेल्न हाम्रो तयारी पुगेकै छैन,’ उनले भने, ‘अब त आफ्नो शतप्रतिशत दिने हो । जसरी पाकिस्तानविरुद्ध निडर भएर खेल्यौं, भारतविरुद्ध पनि त्यसरी नै खेल्ने हो । पहिलो खेलमा ब्याटिङ र फिल्डिङमा केही समस्या देखिएको थियो । भारतसँग त्यसलाई सुधार गर्नुपर्छ ।’