भाद्र २३, २०८१ आइतबार | ०५:४२:१२
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास
शनिबारको दिन आइसिसी एकदिवसीय विश्वकप

इतिहासको पानाबाट: अफ्रिकी भूमिमा अस्ट्रेलिया च्याम्पियन

काठमाडौं । सन् २००३ को आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता दक्षिण अफ्रिका, केन्या र जिम्बावेले संयुक्त रूपमा आयोजना गरेका थिए । फेब्रुरीरी ९ देखि मार्च २३ सम्म भएको एकदिवसीय विश्वकप दक्षिण अफ्रिकाका १२, जिम्बावेका दुई र केन्याको एक गरी १५ मैदानमा खेलाइएको थियो ।

पहिलो पटक अफ्रिकी महादेशमा भएको विश्वकपमा १४ राष्ट्रको सहभागिता थियो । विश्वकप इतिहासमै सर्वाधिक धेरै राष्ट्रले भाग लिएको संस्करण हो यो । यसअघि सन् १९९६ र १९९९ मा सर्वाधिक १२ राष्ट्रले सहभागिता जनाएका थिए ।

यस विश्वकपमा गत संस्करण खेलेको स्कटल्यान्ड अनुपस्थित हुँदा नामिबिया, क्यानडा र नेदरल्यान्ड्स थपिएका थिए । नामिबियाले विश्वकपमा डेब्यू गर्दा क्यानडा सन् १९७९ तथा नेदरल्यान्ड्सले १९९६ पछि वान डे विश्वकपमा पुनरागमन गरेका थिए ।

यो विश्वकपमा १० टेस्ट र ४ एसोसिएट टोलीले सहभागिता जनाएका थिए । टेस्ट राष्ट्रका रूपमा अस्ट्रेलिया, भारत, पाकिस्तान, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, न्युजिल्यान्ड, वेस्ट इन्डिज, जिम्बावे र बंगलादेश सहभागी थिए ।

यसैगरी एसोसिएट राष्ट्रका रूपमा केन्या, नेदरल्यान्डस, क्यानडा र नामिबयाले विश्वकप खेलेका थिए ।

यस विश्वकपमा गत संस्करण खेलेको स्कटल्यान्ड अनुपस्थित हुँदा नामिबिया, क्यानडा र नेदरल्यान्ड्स थपिएका थिए । नामिबियाले विश्वकपमा डेब्यू गर्दा क्यानडा सन् १९७९ तथा नेदरल्यान्ड्सले १९९६ पछि वान डे विश्वकपमा पुनरागमन गरेका थिए ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाएका थिए ।

समूह ‘ए’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड, जिम्बावे, पाकिस्तान, नेदरल्यान्ड्स र नामिबिया तथा समूह ‘बी’ मा न्युजिल्यान्ड, श्रीलंका, केन्या, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, क्यानडा र बंगलादेश थिए ।

समूह ‘ए’ बाट अस्ट्रेलिया, भारत र जिम्बावे तथा समूह ‘बी’ बाट श्रीलंका, केन्या, र न्युजिल्यान्डले सुपर सिक्समा स्थान बनाएका थिए ।

अस्ट्रेलियाले पाँचौं र भारतले दोस्रो पटक फाइनलमा स्थान बनाए । यसअघि सन् १९८७ र १९९९ को च्याम्पियन अस्ट्रेलिया १९७५ र १९९६ मा उपविजेता बनेको थियो । भारत भने १९८३ को च्याम्पियन हो ।

पछिल्लाे संस्करणमा फाइनल खेलेको पाकिस्तान, उपाधि दाबेदार मानिएको इङ्ल्यान्ड र आयोजक दक्षिण अफ्रिकाले समूह चरण पनि पार गर्न सकेनन् । पहिलो पटक विश्वकप खेलिरहेको नामिबिया प्रतियोगितामा जित निकाल्न नसक्ने एकमात्र टोली रह्यो ।

गत संस्करणमा जितविहीन बनेको केन्याले उत्कृष्ट प्रदर्शन गरेको थियो । केन्याले समूह चरणमा श्रीलंका र बंगलादेश जस्ता बलिया टोलीलाई पराजित गरेको थियो ।

सुपर सिक्समा अर्को समूहबाट आएका टोलीसँग प्रतिस्पर्धा गरेपछि अस्ट्रेलिया, भारत, केन्या र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाएका थिए । केन्या पहिलो पटक आइसिसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

सेमिफाइनलमा अस्ट्रेलियाले श्रीलंकालाई ४८ रन (डकवर्थ लुइस पद्धतिका आधारमा)  तथा भारतले केन्यालाई ९१ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए । भारतको जितमा सौरभ गांगुलीले शतक ९१११० बनाएका थिए । अस्ट्रेलियाका लागि एन्ड्रयु साइमन्ड्सले अविजित ९१ रनको इनिङ्स खेलेका थिए ।

फाइनलमा भारतविरुद्ध १ सय २५ रनको फराकिलो जित निकाल्दै अस्ट्रेलिया लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्व च्याम्पियन बन्यो ।

अस्ट्रेलियाले पाँचौं र भारतले दोस्रो पटक फाइनलमा स्थान बनाए । यसअघि सन् १९८७ र १९९९ को च्याम्पियन अस्ट्रेलिया १९७५ र १९९६ मा उपविजेता बनेको थियो । भारत भने १९८३ को च्याम्पियन हो ।

दक्षिण अफ्रिकाको वान्डरस क्रिकेट रंगशालामा भएको फाइनलमा भारतविरुद्ध १ सय २५ रनको फराकिलो जित निकाल्दै अस्ट्रेलिया लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्व च्याम्पियन बन्यो ।

अस्ट्रेलियाले २ विकेट गुमाई ३ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको थियो । त्यसको जवाफमा भारत ३९.२ ओभरभित्र २ सय ३४ रनमै समेटियो । वीरेन्द्र सेवागले ८२ रन र राहुल द्रविडले ४७ रनको योगदान गरे पनि भारतलाई जित दिलाउन भने सकेनन् । ग्लेन म्याकग्राले ३ विकेट र ब्रेट लीले २ विकेट लिएका थिए ।

त्यसअघि अस्ट्रेलियाका लागि रिकी पोन्टिङले अविजित १ सय ४० रन, डामियन मार्टिनले अविजित ८८ र एडम गिलक्रिस्टले ५७ रनको योगदान गरेका थिए । भारतका हरभजन सिंहले २ विकेट लिएका थिए ।

भारतका सचिन तेन्दुलकर प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र सर्वाधिक रनकर्ता चुनिए । उनले प्रतियोगिताका १० खेलमा ६ सय ७३ रन बनाउनुका साथै २ विकेट लिएका थिए ।

प्रतियोगिताका १० खेलमा २३ विकेट लिँदै श्रीलंकाका चामिन्दा भास सर्वाधिक विकेट लिने खेलाडी बने । कुल ५४ खेल भएको प्रतियोगिता हेर्न ६ लाख २६ हजार ८ सय ४५ दर्शक रंगशाला पुगेका थिए । 

प्रतियोगिताका १० खेलमा २३ विकेट लिँदै श्रीलंकाका चामिन्दा भास सर्वाधिक विकेट लिने खेलाडी बने । कुल ५४ खेल भएको प्रतियोगिता हेर्न ६ लाख २६ हजार ८ सय ४५ दर्शक रंगशाला पुगेका थिए ।