आइसिसी एकदिवसीय विश्वकप

इतिहासको पानाबाट: श्रीलंकालाई आयोजना फापेको संस्करण

काठमाडौं ।  आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको छैटौं संस्करण (१९९६) को आयोजना गर्ने जिम्मेवारी तीन देशले पाएका थिए । संयुक्त रूपमा दक्षिण एसियाली राष्ट्र भारत, पाकिस्तान र श्रीलंकाले विश्वकप आयोजना गरेका थिए ।

प्रतियोगिताका खेलहरू भारतका १७, पाकिस्तानका ६ र श्रीलंकाका तीन गरी कुल २६ रंगशालामा खेलाइएको थियो ।

विश्वकप क्रिकेट भारत र पाकिस्तानमा दोस्रो तथा श्रीलंकामा पहिलो पटक आयोजना भएको थियो । यसअघि भारत र पाकिस्तान मिलेर सन् १९८७ को विश्वकप आयोजना गरेको थियो ।

विश्वकप क्रिकेट प्रतियोगितामा पहिलो पटक १२ राष्ट्रको सहभागिता थियो ।  यसअघि सन् १९९२ को विश्वकपमा सर्वाधिक ९ राष्ट्रले भाग लिएका थिए । 

प्रतियोगितामा फेब्रुअरी १४ देखि मार्च १७ सम्म भएको थियो । यो विश्वकपको सबैभन्दा ठूलो विशेषता भनेको प्रतियोगिताको सहभागिता नै रह्यो ।

विश्वकप क्रिकेट प्रतियोगितामा पहिलो पटक १२ राष्ट्रको सहभागिता थियो । यसअघि सन् १९९२ को विश्वकपमा सर्वाधिक ९ राष्ट्रले भाग लिएका थिए । त्यसअघिका चार संस्करणमा आठ टोलीको सहभागिता थियो ।

यसपालि ९ टेस्ट र ३ एसोसिएट राष्ट्रको सहभागिता थियो । टेस्ट राष्ट्रका रूपमा भारत, पाकिस्तान, श्रीलंका, इङ्ल्यान्ड, अस्ट्रेलिया, जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र न्युजिल्यान्ड सहभागी थिए ।

एसोसिएट राष्ट्रका रूपमा केन्या, संयुक्त अरब इमिरेट्स र नेदरल्यान्ड्सले विश्वकपमा स्थान पक्का गरेका थिए ।

एसोसिएट राष्ट्रका रूपमा केन्या, संयुक्त अरब इमिरेट्स र नेदरल्यान्ड्सले विश्वकपमा स्थान पक्का गरेका थिए । उनीहरूले सन् १९९४ को आइसिसी ट्रफीको शीर्ष तीनको हैसियतले विश्वकप खेलका थिए । यो केन्या, संयुक्त अरब इमिरेट्स (युएई) र नेदरल्यान्ड्सका लागि डेब्यु विश्वकप थियो ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहका शीर्ष चार टोलीले क्वाटरफाइनलमा स्थान बनाएका थिए । समूह ‘ए’ मा भारत, अस्ट्रेलिया, श्रीलंका, वेस्ट इन्डिज, केन्या र जिम्बावे तथा समूह ‘बी’ मा पाकिस्तान, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, युएई र नेदरल्यान्ड्स  थिए ।

समूह ‘ए’ बाट भारत, अस्ट्रेलिया, श्रीलंका, वेस्ट इन्डिज तथा ‘बी’ बाट पाकिस्तान, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्डले क्वाटरफाइनलमा स्थान बनाएका थिए ।

प्रतियोगितामा पहिलो पटक क्वाटरफाइनल चरणको खेल भएको थियो । यसअघिका पाँच संस्करणमा समूह चरण वा लिग चरणबाट चार टोलीले सिधै सेमिफाइनलमा स्थान बनाउने गरेका थिए ।

सेमिफाइनलमा श्रीलंकाले भारत र अस्ट्रेलियाले वेस्ट इन्डिजलाई स्तब्ध बनाउँदै उपाधि भिड्न पक्का गरे । 

समूह चरण पार गर्न नसके पनि केन्याले वेस्ट इन्डिजलाई पराजित गर्दै सनसनी मच्चाएको थियो । समूह चरणमा श्रीलंका र दक्षिण अफ्रिकाले शतप्रतिशत जित निकाल्दा नेदरल्यान्ड्स जितविहीन बन्यो ।

क्वाटरफाइनलमा श्रीलंकाले इङ्ल्यान्ड, भारतले पाकिस्तान, वेस्ट इन्डिजले दक्षिण अफ्रिका र अस्ट्रेलियाले न्युजिल्यान्डलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

सेमिफाइनलमा श्रीलंकाले भारत र अस्ट्रेलियाले वेस्ट इन्डिजलाई स्तब्ध बनाउँदै उपाधि भिड्न पक्का गरे । अस्ट्रेलियाले तेस्रो र श्रीलंकाले पहिलो पटक फाइनलमा स्थान बनाएका थिए ।

पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट रंगशालामा अस्ट्रेलियामाथि ७ विकेटको सहज जित निकाल्दै श्रीलंका पहिलोपल्ट विश्वकप च्याम्पियन बन्यो ।

अस्ट्रेलिया यसअघि सन् १९७५ मा उपविजेता र १९८७ मा च्याम्पियन बनेको टोली हो । विश्वकप पछिल्लो संस्करणमा यी दुवै टोलीले समूह चरण पार गर्न सकेका थिएनन् ।

पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट रंगशालामा अस्ट्रेलियामाथि ७ विकेटको सहज जित निकाल्दै श्रीलंका पहिलोपल्ट विश्वकप च्याम्पियन बन्यो ।

अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य श्रीलंकाले ४६.२ ओभरमा ३ विकेट गुमाउँदै भेट्टाएको थियो । श्रीलंकालाई जित दिलाउन अरविन्द डी सिल्भाले अविजित १ सय ७ रनको योगदान गरे । यसक्रममा उनले १ सय २४ बलमा १३ चौका प्रहार गरेका थिए ।

कुल ३७ खेल भएको प्रतियोगिताको फाइनल हेर्न ६२ हजार ६ सय ४५ दर्शक गद्दाफी स्टेडियम पुगेका थिए ।

च्याम्पियन श्रीलंकाका सनथ जयसूर्या सर्वोकृष्ट खेलाडी चुनिएका थिए । भारतका सचिन तेन्दुलकर ५ सय २३ रनका साथ सर्वाधिक रन बनाउने खेलाडी बने । उनले  दुई शतक प्रहार गरेका थिए । भारतकै अनिल कुम्बले १५ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडी बने ।

कुल ३७ खेल भएको प्रतियोगिताको फाइनल हेर्न ६२ हजार ६ सय ४५ दर्शक गद्दाफी स्टेडियम पुगेका थिए ।