निरोज मास्के

नेतृत्वको नक्सा कोर्दै निरोज

पाल्पा स्थायी घर भएकी निरोज मास्केले सानै उमेरदेखि भलिबल खेल्न सुरु गरेकी थिइन् । ठ्याक्कै खेल्दाको उमेर उनलाई याद छैन । तर, घरमै खेलकुदको माहोल थियो र खेलसामग्री सहजै उपलब्ध हुन्थे ।

त्यसैले उनी खेलमय पृष्ठभूमिमै हुर्किइन् । छोरीलाई घरबाहिर खेल्न नदिने भएकाले घरमै भलिबल, बास्केटबल र क्यारम बोर्ड खेल्न थालिन् । यो करिब २०४४-४५ सालतिरको कुरो हो ।

‘हामीलाई घरबाहिर खेल्ने अनुमति थिएन । तैपनि स्कुलको ब्रेकमा खेल्थ्यौं । अलिअलि आउँथ्यो । त्यसकै आधारमा पहिलो पटक प्रतियोगिताको रूपमा वीरेन्द्र सिल्ड खेलेकी थिएँ,’ उनले विगत सुनाइन् ।

घरबाटै बल लिएर स्कुल छुट्टी भएको समयमा उनी भलिबल खेल्थिन्  । आफ्नो टिम बनाएर उनी दिदीहरूसँग प्रतिस्पर्धामा उत्रिन्थिन् । प्राय: उनकै जित हुन्थ्यो । भलिबल खेल्दै हुर्किएकी निरोजले १३-१४ वर्षको हुँदा तत्कालीन स्कुलस्तरको प्रतिष्ठिन खेलकुद वीरेन्द्र सिल्डमा भाग लिइन् ।

‘हामीलाई घरबाहिर खेल्ने अनुमति थिएन । तैपनि स्कुलको ब्रेकमा खेल्थ्यौं । अलिअलि आउँथ्यो । त्यसकै आधारमा पहिलो पटक प्रतियोगिताको रूपमा वीरेन्द्र सिल्ड खेलेकी थिएँ,’ उनले विगत सुनाइन् ।

२०४६ सालमा बिहे भएपछि उनी पूरै भलिबलबाट टाढिइन् । वैवाहिक जीवन सुखमय बित्दै थियो । तर, २०५५ सालमा उनको जीवनमा ठूलो बज्रपात आइलाग्यो ।  सडक दुर्घटनामा आफ्ना श्रीमान (सञ्जय) गुमाइन् । त्यसपछि छोराछोरी हुर्काउने, पढाउने र सम्हाल्ने जिम्मेवारी निरोजको एक्लो काँधमा आयो । तर, उनले जीवनकै पीडादायी क्षणलाई डटेर सामना गरिन्, कहिल्यै हार मानिनन् ।

छोराछोरी हुर्काउँदै गर्दा उनले पुरानो खेल जीवनलाई सम्झिइन् । जतिबेला जीवनको एकमात्र लक्ष्य भलिबल थियो । विवाहका कारण भलिबल बिरानो बनिसके पनि उनले खेलप्रतिको माया मरिसकेकी थिइनन् । मनको एउटा कुनामा भलिबललाई राखिरहेकी थिइन् । भलिबल फेरि खेल्नका लागि समय धेरै अगाडि बढिसकेको थियो र उनी पछाडि छुटिसकेकी थिइन् । तर, उनलाई भलिबलसँग जोडिएर योगदान गर्न उचित समय थियो ।

निरोजका धेरै सपना त्यहीँ टुटिसकेका थिए भने जीवनभर पाउने आस गरेको साथ पनि छुटिसकेको थियो । अझै पनि केही बाँकी थियो भने त्यही भलिबलप्रतिको प्रेम थियो । भलिबलसँगै जोडिएको उनको विगत थियो । त्यसले उनले भलिबललाई लक्ष्य बनाउने मनसाय बनाइन् ।

त्यही लक्ष्यमा टेकेर उनले २०६४ सालमा भलिबल संघमा पहिलो पाइला राखेकी थिइन् । जतिबेला उनले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट प्रतिनिधित्व गरेकी थिइन् ।

‘मैले पछि गएर अध्यक्षमा उम्मेदवारी दिन्छु भन्ने सोचेको थिइनँ । तर, संघमा सदस्य र उपाध्यक्ष भएर धेरै समय बिताएपछि नेतृत्वको जिम्मेवारी वहन गर्न सक्नु भन्ने भयो । कतिपय विषय अध्यक्षकै हातमा हुन्छ । त्यही भएर नेतृत्व गर्ने व्यक्तिले चाह्यो भने भलिबललाई सही ढंगले विकास गर्न सकिने लाग्यो,’

विगत डेढ दशक संघमा बिताएकी निरोजले यस अवधिमा नेतृत्वमा रहेर भलिबल विकासमा धेरै काम गर्न सकिने रहेछ भन्ने बुझिसकेकी छन् । अध्यक्ष पदमा उम्मेदवारी दिने उनको पुरानो इच्छा होइन । तर, संघको वातावरण र नेपालको भलिबल विकासमा योगदान गर्ने हुटहुटीले निरोजमा नेतृत्वका लागि इच्छा बढ्दै गयो ।

‘मैले पछि गएर अध्यक्षमा उम्मेदवारी दिन्छु भन्ने सोचेको थिइनँ । तर, संघमा सदस्य र उपाध्यक्ष भएर धेरै समय बिताएपछि नेतृत्वको जिम्मेवारी वहन गर्न सक्नु भन्ने भयो । कतिपय विषय अध्यक्षकै हातमा हुन्छ । त्यही भएर नेतृत्व गर्ने व्यक्तिले चाह्यो भने भलिबललाई सही ढंगले विकास गर्न सकिने लाग्यो,’ उनले खेलाडीसँग भनिन्, ‘त्यसैले उक्त पदमा उम्मेदवारी दिएकी हुँ । मैले अलिकति भए पनि भलिबलमा विकास गर्न सकें भने आफूलाई भाग्यशाली ठान्नेछु ।’

एक वर्षअघि नै अध्यक्ष पदमा आफूले उम्मेदवारी दिने बताए पनि उनले साउन १७ मा मात्र आधिकारिक घोषणा गरेकी थिइन् । चार वर्षे कार्यकालको एजेन्डासमेत बनाइसकेकी उनले त्यसलाई शतप्रतिशत लागू गर्ने प्रतिबद्धता गरेकी थिइन् ।

उनको एजेन्डामा बिच भलिबल र हाइअल्टिच्युट भलिबललाई प्राथमिकतामा राख्दै भलिबलको विविधीकरणमा जोड दिने विषय समावेश छ । जुन कार्य गर्न कठिन भए पछि नेपालमा असम्भव नभएको उनले बुझेकी छन् ।

‘यो विषय पर्यटनसँग पनि सम्बन्धित छ । बिच भलिबल आयोजना गर्नका लागि धेरै गाह्रो छैन । हाम्रो देशमा धेरै खोलानाला छन् । दुई खेलाडी र कम खर्चमा पनि यो प्रतियोगिता गर्न सकिन्छ । यसले पर्यटनलाई पनि धेरै टेवा पुर्याउँछ जस्तो लाग्छ,’ उनले खेलाडीसँग योजना सुनाइन् ।

यसको अभ्यास उनले पाल्पाको तानसेनस्थित कालीगण्डकी किनारमा गरिसकेकी छन् । चैत २४ देखि २६ सम्म सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा भएको बिच भलिबल भव्य रूपमा सम्पन्न गरेर उनले त्यहाँ बिच भलिबलको गन्तव्यस्थल बनाउन सकिन्छ भन्ने छाप छोडेकी छन् ।

दोस्रो एजेन्डाको रूपमा प्रदेश, जिल्लामा टिम बनाएर त्यसमा काम गर्ने योजना सुनाउँदै उनले प्रदेश सरकारसँग समन्वय गरेर यस्ता कामहरूको सुरुआत गर्न सकिने बताउँछिन् ।

उनले ग्रासरुट, विद्यालय, युथ र सिनियर गरी विभिन्न तहको भलिबल टिमको निर्माण गर्नेसहित विद्यालय, पालिका, जिल्ला, प्रदेश र केन्द्रीयस्तरमा नियमित प्रतियोगिता आयोजना गर्ने, लिग भलिबललाई प्रदेशसम्म लैजाने, रेफ्री, प्रशिक्षक, प्राविधिकलगायतको जनशक्ति जिल्लादेखि केन्द्रसम्म उत्पादन गर्ने, भलिबल खेलको पूर्वाधारमा सरकार, निजी क्षेत्र र गैरआवासीय नेपाली संघ (एनआरएनएन) को लगानीलाई प्राथमिकता दिने एजेन्डा बनाएकी छन् ।

‘हामीसँग अहिलेसम्म पनि आफ्नै कभर्डहल छैन । केन्द्रमा त हुनैपर्छ । हालै भएको चुनावबाट सात प्रदेशमा धेरै राम्रा र योजनाबद्ध ढंगले सदस्यहरू आउनुभएको छ,’ उनले भनिन्, ‘हामीले आगामी दिनमा प्रदेश सरकारसँग समन्वय गरेर काम गर्ने योजना बनाएका छौं । टिमको नेतृत्व लिइसकेपछि त्यसलाई कसरी परिचालन गर्ने भन्ने आफूमा भर पर्छ । काम गर्ने साथी धेरै हुनुहुन्छ । मैले पेस गरेको एजेन्डा मेरो मात्र नभएर पूरै टिमको हो ।’

यसैगरी उनले ग्रासरुट, विद्यालय, युथ र सिनियर गरी विभिन्न तहको भलिबल टिमको निर्माण गर्नेसहित विद्यालय, पालिका, जिल्ला, प्रदेश र केन्द्रीयस्तरमा नियमित प्रतियोगिता आयोजना गर्ने, लिग भलिबललाई प्रदेशसम्म लैजाने, रेफ्री, प्रशिक्षक, प्राविधिकलगायतको जनशक्ति जिल्लादेखि केन्द्रसम्म उत्पादन गर्ने, भलिबल खेलको पूर्वाधारमा सरकार, निजी क्षेत्र र गैरआवासीय नेपाली संघ (एनआरएनएन) को लगानीलाई प्राथमिकता दिने एजेन्डा बनाएकी छन् ।

क्यालेन्डरसहित वर्षभरि घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा भलिबललाई व्यस्त राख्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय एक्सपोजर दिएर नेपाललाई दक्षिण एसियामा बलियो राष्ट्रिय भलिबल टिम बनाउने, भलिबलको संस्थागत विकास गर्न संघका विभिन्न संरचनाभित्र आर्थिक र प्रशासनिक सुशासन कायम गर्ने, ७ सय ५३ पालिकास्तरमै भलिबलमा सरकारी र निजी संलग्नता एवं साझेदारीका लागि क्षमता विकास गर्ने, भलिबल खेललाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न पहल गर्ने र महिला सशक्तीकरण, सामाजिक सद्भाव र एकता तथा राष्ट्रिय गौरवका लागि भलिबल अभियान सञ्चालन गर्नेलगायतका २३ एजेन्डा पनि उनले समेटेकी छन् ।

भलिबल विकासका लागि पाँच ‘प’ (प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनिक संरचना) मा प्रतिबद्धता जनाएकी ४८ वर्षीया निराजले त्यसलाई प्रमुखताका साथ अगाडि बढाउने लक्ष्य राखेकी छन् ।

संघमा केन्द्रीय समिति सदस्य भएर प्रवेश गरेकी उनले पहिलो महिला कमिसन संयोजकको जिम्मेवारी पूरा गरिसकेकी छन् । दोस्रो पटक कोषाध्यक्षमा भूमिका निर्वाह गरेकी उनले त्यसपछि उपाध्यक्षमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरिसकेकी छन् ।