फाल्गुन १२, २०८२ मंगलबार | १३:२५:४५
पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इङ्ल्याण्ड एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित वेस्ट इण्डिजको फराकिलो जितले भारत समस्यामा फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इङ्ल्याण्ड एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित वेस्ट इण्डिजको फराकिलो जितले भारत समस्यामा फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं
शनिबारको दिन शान्ती थारू

पहिलो अवसरमै सफल शान्ती

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले पाँच देशको चुनौती पन्छाउँदै एभिसी सेन्ट्रल जोनको उपाधि रक्षा गर्यो । बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगितामा नेपाली टोलीले अपेक्षाकृत सुरुआत गर्न सकेको थिएन । पहिलो खेलमै बलियो प्रतिद्वन्दी मानिएको श्रीलंकाविरुद्धका दुई सेट गुमाइसकेको थियो ।

खेलको कठिन अवस्थामा पुगिसकेको नेपाली टोलीलाई उत्कृष्ट पुनरागमन गराउँदै विजयी सुरुआत दिलाउन यसैपाली मात्रै राष्ट्रिय टोली स्थान बनाएकी शान्ती थारूको प्रदर्शन निकै महत्त्वपूर्ण रह्यो ।

कोभिड १९ को महामारीका कारण दुई वर्षसम्म नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको थिएन । र, दुई वर्ष अगाडिकै टोली पनि थिएन । तयारीम एउटै अन्तर्राष्ट्रिय खेल नखेली ढाका पुगेको नेपाली टोलीमा केही नयाँ खेलाडीसमेत थिए । समग्र टोलीले एकसाथ एउटै खेल पनि नखेलेको हुँदा तालमेलको समस्या हुनु स्वभाविक थियो । त्यसमाथि अपरिचित खेल स्थलमा घुलमिल हुन नसक्दा नेपालले सुरुआती दुई सेट गुमाउनु परेको थियो ।

तर, खेल तेस्रो सेटसम्म पुग्दा नेपाली टोली आपसमा घुलमिल भइसकेको थियो । मैदानबारे पनि परिचय मिलिसकेको थियो । पहिलो पटक नेपालको जर्सी लगाएर मैदानमा उत्रिएकी शान्तीले पनि खेलको भेउ पाइसकेकी थिइन् । त्यसलाई शान्तीले श्रीलंकाविरुद्धको पुनरागमनमा गरेको प्रदर्शनले पनि दर्शाउँछ ।

‘आजको खेलमा शान्ती र सुनिता (खड्का)को उत्कृष्ट प्रदर्शनले पुनरागमन सम्भव भयो,’ खेलपछि मुख्य प्रशिक्षक जगदीश भट्टले भनेका थिए ।

तर, त्यस बेला आफूले कुनै असाधारण प्रदर्शन गरेजस्तो शान्ती स्वयमलाई भने लागेको छैन ।

‘मैले आफ्नै गेम खेलेँ,’ उनले भनिन् ‘टोलीका लागि जित महत्त्वपूर्ण थियो, र, मैले पहिलो खेलको दबाबभन्दा पनि उत्साहित भएर खेलेँ ।’

सोही खेलमार्फत उत्कृष्ट लय समातेको नेपाली टोलीले त्यसपछि एक सेट पनि नगुमाई फाइनलसम्मको यात्रा तय गरेको थियो । कोभिड १९ महामारीका कारण दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको नेपालले मंगलबारको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै उपाधि रक्षा गर्यो ।

यसअघि पनि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेर अन्तिम टोलीमा स्थान बनाउन नसकेकी शान्तीले यसपाली मौकाको गज्जब फाइदा उठाइन् । पहिलो खेलमा प्रशावशाली प्रदर्शन गरेकी शान्ती प्रतियोगिता अगाडि बढ्दै जाँदा टोलीकी महत्त्वपूर्ण सदस्यको रूपमा स्थापित भइन् ।

बंगलादेशमै सन् २०१९ मा भएको सेन्ट्ल जोनको पछिल्लो संस्करणका लागि बन्द प्रशिक्षणमा पनि शान्तीले स्थान बनाएकी थिइन् । तर, बंगलादेशसम्मको टिकट जित्न असफल रहेकी शान्तीले त्यो वर्ष च्याम्पियन बन्ने मौका पनि गुमाउनु पर्यो । नेपाली टोलीले ऐतिहासिक सफलता हासिल गरिरहँदा त्यसको सदस्य बन्न नसकेकी शान्तीले यो वर्ष त्यसको रक्षा गर्ने अवसर पाइन् ।

राष्ट्रिय टोलीमा नयाँ भए पनि घरेलु प्रतियोगितामा भने शान्ती थारू, नयाँ नाम होइन । आफ्नो जीवनको १३ वर्ष भलिबलमै खर्चिएकी शान्तीले यो अवसरका लागि लामो समय कुर्नुपर्यो ।

तर, जब उनले राष्ट्रिय टोलीमा आफ्नै नाम अंकित जर्सी लगाउने मौका पाइन्, तब यतिका वर्षको मेहेनतले प्रतिफल दिएको उनलाई भान भयो । त्यसमाथि पहिलो भ्रमणमै च्याम्पियन बन्दाको उत्साह नै छुट्टै ।

‘उपाधि जित्दा धेरै खुशी लागेको थियो । आफ्नो देशको नाम राख्न सफल भएका थियौं । राष्ट्रिय टोलीबाट खेल्न पाउँदा... र त्यही प्रतियोगितामा उपाधि जित्दा सपनाजस्तै लागेको थियो । खुशीको कुनै सीमा रहेन,’ मुस्कुराउँदै शान्तीले सुनाइन् ।

‘सबैले राष्ट्रको नाम लेखेको जर्सी लगाउने मौका पाउँदैनन्, सीमितले मात्रै पाउँछन्, तीनै सीमित खेलाडीमा म पनि परेँ, एउटा खेलाडीको त्योभन्दा ठूलो खुशीको कुरा के हुन सक्छ ? देशको लागि केही गर्ने मौका पाएँ,’ अनुवभ सुनाउँदै गर्दा अवाक् भएकी २३ वर्षे शान्तीले थपिन्, ‘पहिलो रोजाइको सेटबाट यति चाँडै खेल्न पाउँछु भनेर सोचेको पनि थिइँन । खेल्न पाउँदा म यति धेरै खुशी थिएँ, त्यसलाई बयान पनि गर्न सक्दिन । त्यो मौकालाई म कुनै हदमा पनि गुमाउन चाहन्न थिएँ, त्यसैले आफ्नो तर्फबाट सतप्रतिशत खेले, जति सक्थेँ, त्यति खेलेँ ।’

अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव नभए पनि शान्ती घरेलु प्रतियोगितामा जमेकी खेलाडी हुन् । ओपन स्पाइकरको भूमिकामा खेल्ने शान्ती आर्मीकी महत्त्वपूर्ण खेलाडी हुन् । केही वर्षदेखि घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएको आर्मीको लागि शान्ती धेरै अंक जोड्ने खेलाडीमध्येकी एक हुन् ।  

‘श्रीलंकासँग खेल्दा दबाबभन्दा पनि उत्साहित भएको थिए । मेरो लागि आफूलाई प्रमाणित गर्ने एउटा मौका थियो । खेल्दा धेरै दबाब र उत्साहित भएर खेल्नु हुँदैन । त्यसैले अरुबेला खेलेको जस्तै सोचेर खेले । सिनियर दिदीहरुको साथले गर्दा खेल्न सहज भयो । आफ्नो सतप्रतिशत दिन्छु भनेर खेलेको थिएँ, किनकि मलाई पहिलो रोजाइको सेटबाट बाहिरिनु थिएन,’ उनले खेलाडीसँगको कुराकानीमा उनले फेरि दोहोर्याइन् ।

यसपटक राष्ट्रिय टोलीमा तीन नयाँ खेलाडी शान्तीसँगै कामना र लक्ष्मी चन्दले स्थान पाएका थिए । श्रीलंकासँगको खेलबाट शान्ती र कामना विष्टले राष्ट्रिय टोलीबाट डेब्यु गर्ने मौका पाएका थिए । लक्ष्मीले माल्दिभ्ससँगको खेलबाट डेब्यु गरिन् ।

पहिलो खेलबाटै प्रशिक्षकको विश्वास जितेकी शान्तीले त्यसयता प्रतियोगिताका सबै खेलमा पहिलो रोजाइबाट कोर्टमा उत्रिने मौका पाइन् ।

महिला टोलीले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको थियो । दुई वर्षअघि भएको यहीं प्रतियोगिताको पहिलो संस्करणमा जितेको स्वर्ण अन्तर्राष्ट्रिय भलिबलमा नेपालको सबैभन्दा ठूलो सफलता थियो ।

यसपाली समूह चरणमा उज्वेकिस्तान र श्रीलंकासँग पाँच–पाँच सेट खेले यता टोलीले आयोजक बंगलादेश, किर्गिस्तान र माल्दिभ्सलाई सोझो सेटमा हराएको थियो ।