पुस १५, २०८२ बुधबार | १५:५४:३८
विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई
शनिबारको दिन नेपाली भलिबल

हेल्प नेपाललाई अवसरसँँगै चुनौती

काठमाडौं । आज नेपाली भलिबलका लागि विशेष दिन । काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि नेपाली टोलीले आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपालको प्रतिनिधित्व गरिरहेको टिप टप हेल्प नेपाल स्पोर्टस क्लब र भारतीय क्लब क्यालिकट हिरोज उपाधिका लागि आमने सामने हुँदैछन् । खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।

च्याम्पियनसिपमा दुई महिनाको अन्तरालमा नेपाली टोलीको यो लगातार दोस्रो फाइनल खेल हो । यसअघि महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लबले माल्दिभ्सको मालेमा सम्पन्न क्लब च्याम्पियनसिपको फाइनल खेल खेलेको थियो । त्यतिबेला महिला टोलीले पहिलो सहभागितामा नै देशलाई स्वर्ण पदक दिलाएका थिए । पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो । दुई महिनापछि पुरुष टोलीलाई उपाधि जित्ने अवसर छ । सँगै चुनौती पनि ।

पुलिस र हेल्प नेपालले गत जुनमा सम्पन्न आठौं प्रधानमन्त्री कप एनभिए भलिबल लिगको विजेताको हैसियतले च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न पाएका हुन् । शनिबार हेल्प नेपालको प्रतिद्धन्द्धी क्यालिकट भारतीय प्राइम भलिबल लिगको च्याम्पियन टोली हो ।

घरेलु कोर्टमा हेल्प नेपाललाई बाक्लो घरेलु समर्थकको साथ रहनेछ । सेमिफाइनलमा माल्दिभ्सको एचडिसी क्लबलाई विना कुनै दबाबबीच ३-० को सोझो सेटमा पराजित गरेको हेल्प नेपाल फाइनलका लागि पूर्ण रुपमा तयार छ । उता क्यालिकटको मनोबल पनि कम छैन । लिग चरणमा अपराजित इरानको युवा टोलीलाई हराएर क्यालिकटले फाइनलमा स्थान बनाएको हो । त्यो पनि पुनरागमन जितका साथ । क्यालिकटको यो जित किन पनि खास रह्यो भने उसले लिग चरणमा बेहोरेको हारको बदला पनि लिन सफल भयो । लिग चरणमा क्यालिकटले इरानको युवा टोलीसँग ३-० को सोझो सेटमा नमिठो हार बेहोरेको थियो ।

सेमिफाइनलको जितले क्यालिकटको खेलाडीमा हेल्प नेपालविरुद्ध पनि बदला लिन सकिन्छ भन्ने आशा जगाइदिएको छ । लिग चरणको पहिलो खेलमा हेल्प नेपालले क्यालिकटविरुद्ध ३-२ को सेटले नतिजा आफ्नो पक्षमा पारेको थियो । क्यालिकटले २-१ को अग्रता लिएर पनि अन्त्यमा खेल गुमाउनु परेको थियो । यही कारण शनिबार क्यालिकट बदलाको भावनाका साथ मैदान उत्रिनेछ ।

हेल्प नेपालले लिग चरणको दोस्रो खेलमा गण्डकी प्रदेशलाई ३-१ को सेटले हराएको थियो । तेस्रो खेलमा माल्दिभ्सको एचडिसी क्लबलाई ३-१ को सेटले हराएको हेल्प नेपालले अन्तिम खेलमा इरानको युवा टोलीलाई ३-१ कै नतिजा सुम्पिएको थियो । अंकतालिकाको दोस्रो स्थानमा रहँदै हेल्प नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।

‘फाइनलसम्मको यात्रा सहज नै भयो । अन्य टोलीका विदेशी खेलाडीभन्दा हाम्रा खेलाडी छिटो र छरिटो थिए । जसले गर्दा हाम्रो यात्रामा त्यस्तो किसिमको कठिनाई आएनन्,’ फाइनलसम्मको यात्राका बारेमा हेल्प नेपालका मुख्य प्रशिक्षक उत्सव खड्का भन्छन् ।

उता क्यालिकटले दोस्रो खेलमा एचडिसीलाई ३-० को सोझो सेटमा हराएको थियो । तेस्रो खेलमा इरानको युवा टोलीसँग नमिठो हारपछि चौथो खेलमा क्यालिकटले गण्डकीलाई ३-० को सोझो सेटले पाखा लगायो । गण्डकीविरुद्धको नतिजासँगै तेस्रो स्थानमा रहेर क्यालिकटले सेमिफाइनल समीकरणमा स्थान बनाएको थियो ।

क्यालिकट भारतीय टोली हो । अन्तर्राष्ट्रिय भलिबलमा भारतविरुद्ध फाइनलमा नेपालको रेकर्ड त्यति राम्रो छैन । भारत भनेपछि चाहे त्यो पुरुष होस् या महिला टोली नै किन नहोस् एक किसिमको दबाब कहिँ कतै लुकेको हुन्छ । शनिबार नेपाललाई यो दबाब छ कि छैन ?

‘हामीले क्यालिकटलाई लिग चरणमा जितिसकेको भएर मलाई त्यस्तो केही पनि दबाब छ जस्तो लाग्दैन । फेरि खेलाडीहरु मानसिक र शारीरिक दुबैमा फिट छन्,’ प्रशिक्षक खड्काले भने, ‘तर यसो भनिरहँदा क्यालिकट भारतीय लिगको च्याम्पियन टोली हो । मुख्य कुरा मैले यसलाई दबाबभन्दा पनि अवसर र चुनौतीका रुपमा लिएको छु ।’

टोलीका मुख्य खेलाडी मुबासर राजा पनि जित्नेमा विश्वस्त छन् । भन्छन्,‘हामीले यही कोर्टमा दुई ठूला घरेलु प्रतियोगिता जितेका छौं । त्यसैले बानी भइसक्यो । मानसिक र शारीरिक रुपमा पूर्ण रुपमा तयार छौं ।’

टोलीले खेलेका पछिल्ला पाँच खेलमा सबै कुराहरु सोचेअनुरुपको भइरहेको छ । विदेशी र स्वदेशी खेलाडीमा समन्वय मिलिरहेको छ । टोली एकताबद्ध छ, उपाधिलाई नेपालमै राख्न । तर, के फाइनलअघि हेल्प नेपालले ध्यान दिनुपर्ने कुरा केही छैनन् ? खड्का भन्छन्,‘टोलीले योजनाअनुसारको खेल खेलिरहेको छ । सेटरले अन्य खेलाडीलाई विश्वास गरेर बल खेलाइरहेको छ । टोलीको संयोजन पनि मिल्दै गएको छ । हाम्रो कमजोरी भनेको ब्लक मात्र हो । ब्लकमा हामी चुकिरहेका छौं । ब्लकमा सुधार गरे उपाधि सजिलै जित्नेछौं ।’

ब्लकलाई लिएर राजा भन्छन्,‘हामी हाम्रो कमजोरीका बारेमा फाइनलअघि राम्ररी बसेर सल्लाह गर्नेछौं । बाँकी कुरा हाम्रो सबै राम्रो छ ।’

नेपाली भलिबलको पछिल्लो अवस्थालाई हेर्ने हो भने महिलाको लोकिप्रियता र सफलता पुरुषको भन्दा माथि छ । महिला भलिबलले देशका लागि एकपछि अर्को सफलता दिलाइरहँदा पुरुषले ठूला प्रतियोगितामा पदक ल्याउन नसकेको धेरै भइसक्यो । शनिबार पुरुष भलिबलको प्रतिनिधित्व गरिरहेको हेल्प नेपालसँग त्यो अवसर छ, पदक खडेरी तोड्ने । यसका लागि खड्का तयार छन् ।

‘यो जितले अब आउने नयाँ खेलाडीहरुमा ठूलो प्रेरणा मिल्नेछ । पुरुषले पनि भलिबलमा पदक ल्याउन सक्छ भन्ने सन्देश दिनेछ । भलिबललाई लिएर समर्थकको माया धेरै छ । उनीहरु पनि भोलि हामी जितेको हेर्न कुरिरहेका छन् । हामीलाई भोलि जसरी पनि उपाधि जित्ने चुनौती छ,’ सेमिफाइनलमा जित हासिल गरेपछि खड्काले भने ।