आश्विन ३, २०८१ बिहीबार | ०६:५२:२१
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने
शनिबारको दिन नेपाली भलिबल

भलिबलका विशेष, अवार्ड स्पेसल

काठमाडौं । भलिबलको नेटमुनिबाट छिर्न सक्ने कलिला नानीहरूलाई नेटको माथिबाट अट्याक गर्न सक्ने बनाएका कुमार राई साँच्चिकै ‘स्पेसल’ छन् । उनकै कारण त हो, नेपाली महिला भलिबलको लोकप्रियता अन्य टिम खेलको तुलनामा लोकप्रिय भएको ।

नेपाली भलिबलमा राष्ट्रिय टोलीका लागि नियमित सुपरस्टार दिइरहने टोली हो न्यु डायमन्ड स्पोर्ट्स एकेडमी । यही न्यु डायमन्डलाई जन्माउने, हुर्काउने र नेपाली महिला भलिबललाई अहिलेको स्थितिसम्म पुर्याउने पात्र हुन् राई ।

 दुई दशकअघि धुले मैदानबाट सुरु भएको थियो राई र न्यु डायमन्डको यात्रा । चक्रपथस्थित कलंकी चोकको २ किलोमिटरभित्र रहेको न्यु डायमन्ड एकेडेमीमा उनले २०६२ यता आफ्ना विद्यार्थीलाई भलिबलको ज्ञान फैलाइरहेका छन् ।

नेपाली भलिबलको मुहार फेर्ने गुरु हुन् । समग्र नेपाली भलिबलकै गुरु । विशेषगरी महिला भलिबललाई आजको उचाइसम्म ल्याउनुमा राईको ठूलो योगदान छ । उनी नहुँदो हो त कुनै समयका चर्चित स्पाइकर रमिला तण्डुकारदेखि रेश्मा भण्डारी, सलिना श्रेष्ठ र प्रतिभा मालीजस्ता खेलाडीहरू जन्मिँदैन थिए होलान् । राष्ट्रिय महिला भलिबलले पछिल्लो समय अर्का उदाउँदो खेलाडी पाएको छ सुमित्रा रेग्मी । सुमित्रा पनि उन राईका उत्पादन हुन् ।

राईले काठमाडौंको नैकापमा आफ्नै विद्यालय न्यु डायमन्ड एकेडेमी सञ्चालन गरी स–साना नानीहरूलाई भलिबलको प्रशिक्षण दिन थालेको धेरै वर्ष भइसक्यो । दुई दशकअघि धुले मैदानबाट सुरु भएको थियो राई र न्यु डायमन्डको यात्रा । चक्रपथस्थित कलंकी चोकको २ किलोमिटरभित्र रहेको न्यु डायमन्ड एकेडेमीमा उनले २०६२ यता आफ्ना विद्यार्थीलाई भलिबलको ज्ञान फैलाइरहेका छन् ।

भलिबल खेलाडी प्रतिभा मालीका साथ कुमार राई । 

राईको जन्मथलो काठमाडौं होइन । संखुवासभाको मध्यमवर्गीय परिवारमा काइलो सन्तानका रूपमा जन्मिएका उनी २०२४ सालमा एसएलसी सकेपछि उच्च शिक्षाका लागि काठमाडौं आएका थिए । उनले कक्षा ६ मा अध्ययनरत रहँदादेखि नै रमाइलोका लागि भलिबल खेले । खेल्न थालेदेखि नै उनलाई भलिबलको नसा लाग्यो । तर, राष्ट्रिय जर्सी लगाएर देशको प्रतिनिधित्व गर्न पाएनन् ।

काठमाडौं आएका उनले राजधानीको महँगीमा थेगिन पढाइसँगै नैकापको ब्राइट फ्युचर स्कुलमा पढाउने काम सुरु गरे । अध्यापनका साथै आफूले निकै माया गरेको भलिबल खेल्ने मेलो पनि सुरु गरे । आफूले पनि खेल्ने र विद्यार्थीलाई पनि सिकाउने ।

पुरुष टोलीको प्रदर्शनबाट सन्तृष्ट नभएपछि २०६४ सालबाट महिलालाई पनि प्रशिक्षित गराउन थाले । पहिलो ब्याचअन्तर्गत न्यु डायमन्डबाट रेश्मा, रमिला, रञ्जना खड्का, मुना थापा, ममता थापा, निशा खड्का र बिना मोक्तानले प्रतियोगिता खेल्दा प्रशिक्षक राईका छोरी प्रनामिका राई र प्रतिभा माली भर्खर भलिबलका सिकारु थिए । 

ब्राइट फ्युचरमा रहँदै राईले भलिबलमार्फत आफू र स्कुलको परिचय विस्तार गरिसकेका थिए । एउटा समय आयो, उनले आफ्नै विद्यालय खोल्ने सोचका साथ २०६२ सालमा न्यु डायमन्ड एकेडेमी सञ्चालनमा ल्याए । न्यु डायमन्डका सुरुआती दिनहरूमा केटाहरूलाई मात्र भलिबलको प्रशिक्षण दिने गर्थे ।

पुरुष टोलीको प्रदर्शनबाट सन्तृष्ट नभएपछि २०६४ सालबाट महिलालाई पनि प्रशिक्षित गराउन थाले । पहिलो ब्याचअन्तर्गत न्यु डायमन्डबाट रेश्मा, रमिला, रञ्जना खड्का, मुना थापा, ममता थापा, निशा खड्का र बिना मोक्तानले प्रतियोगिता खेल्दा प्रशिक्षक राईका छोरी प्रनामिका राई र प्रतिभा माली भर्खर भलिबलका सिकारु थिए । प्रतिभा वर्तमान परिवेशमा सबैभन्दा राम्रो स्पाइकर हुन् । पछिल्लो समय उनी चोटका कारण मैदान बाहिर छिन् । उनको अनुपस्थितिमा रिमा कुँवर, प्रगति नाथ र पछिल्लो समय सुमित्रा कुँवरले राष्ट्रिय टोलीमा बलियो प्रस्तुति दिइरहेका छन् ।

भलिबल खेलाडी कृपा अधिकारीका साथ कुमार राई । 

राई खेलाडीलाई आफ्नै छोरी मान्छन् । उनले आफ्ना खेलाडीलाई काखमा लिएर हिँडे । आफ्नै छोरी जसरी हुर्काए । प्रदर्शन चित्त नबुझ्दा, भनेको कुरा नटेर्दा राई छोरीलाई जस्तै गाली पनि गर्छन् । जुन गालीमा पनि माया लुकेको हुन्छ ।

‘सिधा हिँड्न छोडेर दायाँबायाँ हिँड्न थाल्यो भने आमाबुवालाई कहाँ चित्त बुझ्छ र ? मैले आफ्नो विद्यार्थीमात्र सोचेर उनीहरूलाई अगाडि बढाएको होइन । यो मैले आफैले जन्माएको छोरी हो भन्ने हिसाबले व्यवहार गरें,’ राईले केही समयअघि भनेका थिए, ‘त्यसैले दायाँबायाँ गर्यो भने गाली गर्ने गरेको छु । भनेको नटेरे तुरुन्तै कारबाही हुन्छ ।’

भलिबलबाहेक अन्य केही कुरा नसोचेका राई उमेरले पाँच दशक कटिसकेका छन् । तर, अझै थाकेका भने छैनन् । 

भलिबलबाहेक अन्य केही कुरा नसोचेका राई उमेरले पाँच दशक कटिसकेका छन् । तर, अझै थाकेका भने छैनन् । उनको अबको चाहना भनेको पछिल्लो समय महिला भलिबलमा उदाएका मिडल ब्लकर सुमित्रालाई नेपाली महिला भलिबलको इतिहास रच्ने खेलाडी बनाउने हो । भन्छन्, ‘मेरो अहिलेको लक्ष्य भनेको सुमित्रालाई नेपाली महिला भलिबलको इतिहास लेख्ने खेलाडी बनाउने हो । सुमित्रासँग उचाइ छ, कौशलता छ र सम्भावना धेरै छ । ४–५ वर्ष सुमित्राका लागि समय खर्च गर्छु । परिणाम जसरी भए पनि ल्याउँछु ।’

स्पेसल अवार्डका साथ कुमार राई ।

यही प्रेरणादायी यात्रा र भलिबलप्रतिको समर्पणमा सम्मान गर्दै नेपाल खेलकुद पत्रकार मञ्चले राईलाई भर्खरै मात्र ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८०’ को स्पेसल अवार्डबाट सम्मान गरेको छ । शुक्रबार कमलादीस्थत नेपाल प्रज्ञा प्रतिष्ठानमा राई स्पेसल अवार्डबाट सम्मानित भएका हुन् ।

खेलपत्रकारको संस्थाले राईलाई सानो कदर मात्र गरेको हो । उनी यो सम्मानभन्दा कयौं गुणा माथि छन् । स्पेसल छन् । उनको योगदानले अझै पनि दशकौं दशक निरन्तरता पाइरहोस् !