चैत्र ११, २०८२ बुधबार | ०९:२४:४६
पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित
शनिबारको दिन नेपाली भलिबल

कति भयो त महिला भलिबल इतिहास ?

काठमाडौं । इतिहासले वर्तमानको निर्माणका लागि योगदान दिएकै हुन्छ । जसले इतिहासलाई बिर्सन्छ र त्यसबाट सिक्न चाहँदैन, त्यसले कहिले पनि प्रगति गर्न सक्दैन । इतिहासको यो दाबी त्यसै बनेको होइन, यो त प्रमाणित छ । यसपल्ट काभा वुमन्स नेसन्स लिग भलिबल २०२४ को फाइनलअगाडि प्रशिक्षक जगदीश भट्टले ठीकै भनेका थिए, ‘यस खेलमा अहिलेको पुस्ता मात्र खेलिरहेको छैन, यहाँसम्मको यात्रामा अरू धेरैको योगदान छ, तिनीहरू पनि भावनात्मक रूपमा खेलिरहेका छन् ।’  

भलै, नेपालले उपाधि जित्न सकेन तर एउटा मानक भने भत्काएको छ, महिला भलिबलमा भारतलाई हराउनै सक्दैन भन्ने तथ्य । त्यस अर्थमा यो नेपाली महिला भलिबलका लागि कोसेढुंगा उपलब्धि नै हो । यही पृष्ठभूमिमा नेपाली महिला भलिबलको इतिहास पल्टाउने हो भने त्यो समयसापेक्ष नै हुन्छ । नेपाली महिला भलिबलको इतिहास चार दशकभन्दा बढी पुरानो मान्न सकिन्छ ।

नेपालको पहिलो औपचारिक प्रतियोगिता भने काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुद नै हो ।

समग्र नेपाली भलिबलको सुरुआत आठ दशक जति पुरानो छ । विक्रम सम्वत २००० अगाडि नै नेपालमा भलिबल खेलिन्थ्यो । नेपाल भलिबल संघको स्थापना भने २०३३ सालमा भएको थियो । त्यस अर्थमा नेपालमा संस्थागत रूपमा भलिबल इतिहासले ५० वर्ष छुन लागेको छ । महिला भलिबल भने २०३७ सालतिर सुरु भएको मानिन्छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालले महिला भलिबल खेल्न थालेको भने सन् १९८७ बाट हो भनौं ०४४ सालतिर ।

हालको राष्ट्रिय महिला भलिबल टोली 

त्यो वर्ष नेपाली महिला टिमले थाइल्यान्डमा मैत्रीपूर्ण खेल खेलेको थियो । सन् १९८८ मा नेपाली टिम श्रीलंका गएको थियो, रूपाबाहिनी अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल खेल्न । त्यही वर्ष नेपाल फेरि थाइल्यान्ड गएको थियो मैत्रीपूर्ण खेल खेल्न । नेपालको पहिलो औपचारिक प्रतियोगिता भने काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुद नै हो ।

त्यस अर्थमा त्यसै प्रतियोगितामा नेपालको आधिकारिक महिला भलिबलको यात्रा सुरु भएको मान्न सकिन्छ । नेपाली महिला भलिबल टिम पहिलो पटक थाइल्यान्ड गएको बेला कप्तान थिइन्, हेमासिंह प्रधान । श्रीलंका गएको बेला नेपालको नेतृत्व अञ्जु श्रेष्ठको जिम्मेवारीमा थियो । लगत्तै थाइल्यान्ड भ्रमणमा कप्तान सुष्मा थापा थिइन् । सुष्माकै नेतृत्वमा नेपालले आठौं दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाएको थियो ।

त्यसैले सुष्मा भइन् पहिलो आधिकारिक कप्तान । त्यसपछि अञ्जु र विनिता बुढाथोकीको नाम आउँछ । त्यसमा जोडिन्छन् मञ्जु गुरुङ, अरुणा शाही । यसरी यो यात्रालाई यति कम शब्दमा बयान गर्दा हामीले एकैपल्ट हाम्फालेका छौं, यो त सामान्य सार न हो । नेपाली महिला भलिबलले दिन प्रतिदिन लोकप्रियता कमाउँदै छ र प्रगति गरिरहेको छ भने यसले तय गरेको पुरानो यात्रा बिर्सन पाइन्न, हुन्न नै ।

हालकी कप्तान अरुणा शाही

यसको अर्थ के हो भने अब विस्तृतमा नेपाली महिला भलिबलको इतिहास लेख्ने समय पनि आएको छ । र, यो सायद सबैभन्दा उपयुक्त समय हो, किनभने यो इतिहाससँग जोडिएका अधिकांस पात्र हाम्रासामु छन् । यसरी इतिहास लेख्न प्रयास गर्नु भनेको पुरानो पुस्ताप्रति सम्मान हो, उनीहरूले गरेको कामप्रति कृतज्ञ पनि हुनु हो । त्यो सुरुआती पाइला नचलेको भए नेपाली महिला भलिबल अहिलेको स्थितिमा कहाँ पुग्थ्यो र ?