पुस १५, २०८२ बुधबार | ०१:०५:२०
एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने
शनिबारको दिन वर्ष २०७९

भलिबलः नयाँ नेतृत्व र उत्साहको सञ्चार

काठमाडौं । वर्ष २०७९ राष्ट्रिय खेल भलिबलका लागि औसत रह्यो । चार वर्षको लागि नेपाल भलिबल संघ (एनभिए) ले यही वर्ष नयाँ कार्यसमिति पायो । जितेन्द्रबहादुर चन्दको नेतृत्वमा आएको कार्यसमितिले सकारात्मक सुरुआत देखाएको छ । यो नै हो, भलिबलले वितेको वर्ष पाएको एकमात्र उत्साह । नयाँ नेतृत्व आएसँगै अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिता आयोजना भएका छन् ।

चन्दले निरोज मास्केलाई पराजित गर्दै नेपाली भलिबलको सर्वोच्च पद हत्याएका थिए । भदौमा सम्पन्न निर्वाचनले महासचिवमा रोशन श्रेष्ठ र कोषाध्यक्षमा श्याम श्रेष्ठलाई निर्वाचित गरायो । त्यसअघि मनोरञ्जनरमण शर्माको नेतृत्वमा रहेको कार्यसमितिले दुई कार्यकाल र थप दुई वर्ष नेपाली भलिबलको बागडोर थियो ।  

खेलाडीले प्रतियोगिता अघि लामो समय प्रशिक्षणको अवसर पाउन थालेका छन् । स्तरीय प्रशिक्षणका लागि विदेशी प्रशिक्षक झिकाइएको छ । वर्षभर प्रतियोगिता हुने र अन्तर्राष्ट्रिय सहभागिता समेत उत्साहजनक बनाउने संकेतहरू देखिन थालेका छन् । प्रारम्भिक छाँटकाँट त्यस्तै देखिन्छ ।

पछिल्लो समय भलिबल संघले कुनै प्रतियोगिता खेल्न क्लब दर्ता अनिबार्य र प्रतियोगिता आयोजनाको लागि एनभिएसँग अनिवार्य स्विकृत लिनुपर्ने मापदण्ड बनाएको छ । भलिबललाई व्यवस्थित बनाउन गरिएको सकारात्मक प्रयासका रुपमा यसलाई लिन सकिन्छ ।

नवनिर्वाचित अध्यक्ष वितेको वर्षलाई सकारात्मक रूपमा लिन्छन् । ‘हामी यो वर्ष नै आएका छौं । आएपछि केही सकारात्मक काम भएका छन् । केही अन्तर्राष्ट्रिय सहभागिता र नतिजासमेत आएका छन् । त्यसैले यो वर्षलाई समग्रमा राम्रै मान्नुपर्छ,’ अध्यक्ष चन्द भन्छन् ।  

चन्दकै भनाइ मान्दा यो वर्ष भबिललका लागि औसत नै रह्यो । नेपालमा फुटबल र क्रिकेटपछि सर्वाधिक दर्शक उपस्थित हुने खेल भलिबल नै हो । राष्ट्रिय खेल भलिबल भौगोलिक आधारमा हिमाल, पहाड, तराईमा खेल्न सकिन्छ । त्यसैले देशभर यसको प्रचुर सम्भावना छ । अन्य खेलको तुलनामा भलिबलमा खेलाडी संख्या पनि पर्याप्त छन् । तर, जनस्तरबाट खेलाडी संकलन गर्न सकिएको छैन ।

यद्यपि भलिबल संघको आफ्नै कभर्डहल नहुँदा निकै समस्या छ । प्रशिक्षण गर्ने कोर्टको अभाव छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहल बहुउद्देश्यीय हो । त्यसैले अन्य प्रतियोगिता हुँदा भलिबलको प्रशिक्षण अन्यत्र सार्नुपर्छ ।

चन्द आगामी वर्षको रणनीति नै भलिबल कभर्डहल निर्माण गर्ने रहेको बताउँछन् । ‘यो वर्ष समाप्त भएको छ । अर्काे वर्ष हाम्रो ध्यान नै कभर्डहल बनाउने हो । यसैगरी खेलाडीलाई वर्षभर व्यस्त बनाउने हुनेछ,’ उनी भन्छन् ।

चन्दको आगमनसँगै नेपाली युवा तथा सिनियर टोली अन्तर्राष्ट्रिय खेलमा व्यस्त रहे । नेपालको यु-२३ टोलीले बंगलादेशमा खेल्यो । धेरै युवा खेलाडीले अन्तर्राष्ट्रिय अनुभव पाए । महिला तथा पुरुष बिच भलिबल टोलीले माल्दिभ्समा काभा अन्तर्राष्ट्रिय बिच भलिबल प्रतियोगिता खेले । मानबहादुर श्रेष्ठ र दिल सुनार तथा महिलातर्फ कोपिला उप्रेती र कमला पुनको जोडी उपविजेता भए ।

ओपन स्पाइकर प्रतिभा माली र उषा भण्डारीले माल्दिभ्सको लिग खेल्न भ्याए । उषाले नेपाली खेलक्षेत्रकै पहिलो र चर्चित नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्ड जित्न सफल भइन् ।

यसैगरी जेठमा आयोजनाहुने एसियन महिला काभा च्यालेन्ज कप २०२३ को लागि महिला टोलीले एक महिनायता प्रशिक्षण गरिरहेको छ । घरेलुतर्फ राष्ट्रिय महिला तथा पुरुष च्याम्पियनसिप आयोजना भयो । महिला तथा राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको उपाधि महिलातर्फ न्यु डायमन्ड र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले हात पार्याे ।

यी त भए भलिबल संघले आयोजना गर्ने र प्रत्यक्ष देखिने । भलिबल सानो ठाउँमा खेल्न सकिने खेल हो । सहजै प्रतियोगिता गर्न सकिन्छ । त्यसैले प्रदेश र स्थानीय तहमा यस्ता खेल निकै भएका छन् । शेरबहादुर खड्का स्मृति, ढोरपाटन लिग, न्यु डायमन्ड लिगयस्ता धेरै प्रतियोगिता आयोजना भए । वर्षको अन्त्यमा पोष्टबहादुर बोगटी स्मृति कप आयोजना हुँदै छ । पाँच टोली सहभागी प्रतियोगिता नै वर्षको अन्तिम प्रतियोगिता हो ।

महिलातर्फ न्यु डायमन्डसँगै विभागीय टोली आर्मी, नेपाल पुलिस र सहस्त्र प्रहरी बलको एपिएफ सदावहार प्रतिस्पर्धी हुन् । यस्तै, पुरुषतर्फ समेत तीन विभागीय टोली नै सर्वाधिक प्रतिस्पर्धी टोली हुन् । विभागीय टोलीलाई गण्डकी प्रदेश तथा हेल्प नेपालले चुनौती दिँदै आएका छन् ।