आश्विन १, २०८१ मंगलबार | ०१:१६:१५
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन सेरेना विलियम्स

उपाधि संख्याले वर्णन गर्न नसक्ने सेरेनाको लेगेसी

काठमाडौं । ठ्याक्कै २३ वर्षअघि सेरेना विलियम्सले आर्थर आसेमा पहिलो ग्रान्ड स्लाम जितेकी थिइन् । सेप्टेम्बर २३ मा उनले यही रंगशालाबाट बिदा मागिन् । यूएस ओपनको तेस्रो चरणमा हार बेहोरेसँगै उनको टेनिससँगको यात्रा सकिएको हो ।

‘धन्यवाद बुवा । मलाई थाहा छ, तपाइँ मलाई हेरिरहनु भएको छ । धन्यवाद आमा । यहाँ उपस्थित सबैप्रति आभारी छु । ज-जसले मलाई यहाँसम्मको यात्रामा साथ दिनुभयो, सबैलाई धन्यवाद,’ गत शुक्रबार अस्ट्रेलियाकी एज्ला टोम्लायानोभिचसँगको खेलपछि सेरेनाले भनिन् ।

बिदा माग्दै गर्दा सेरेना आँसुसरी भएकी थिइन् । उनले यी आँसुलाई खुसीको आँसु भएको बताइन् । तर केही सेकन्डपछि सन्देह व्यक्त गरिन् । ‘यी आँसु खुसीका नहुन पनि सक्छन्,’ यति भनेर उनी आफ्नी दिदी भेनसतर्फ लक्षित भइन् । ‘भेनसबिना सेरेनाको अस्तित्व छैन । उनकै कारण आज म यहाँ उभिएको छु । मेरो टेनिस यात्रामा उनको भूमिकाबारे बयान गर्न सक्दिनँ,’ सेरेनाले आफ्दी दिदीलाई सक्दो सम्मान व्यक्त गरिन् ।

४० वर्षकी सेरेनाले टेनिसमा आफ्नो चक्र पूरा भएको महसुस गरेकी छन् । उनले गत महिना विश्वप्रसिद्ध भग म्यागजिनमा लामो लेख लेखेकी थिइन् । त्यहाँ उनको टेनिसबाट संन्यास लिने मन्साय व्यक्त भएको थियो । यो लेख आएपछि उनले खेलेका प्रत्येक खेललाई अत्यधिक महत्व दिइयो । किननभे जुनसुकै खेल पनि उनको अन्तिम खेल बन्न सक्थ्यो ।

यूएस ओपन त उनको आफ्नै घर भइहाल्यो । जहाँ उनलाई नायक मानिन्छ । आफ्नो नायकको बिदाइलाई स्मरणीय बनाउन यूएस ओपनले कुनै कसर बाँकी राखेन । ‘मलाई आफ्नो टेनिस करियर सकियोस् जस्तो लागेकै छैन । मलाई थाहा छैन, म यो लेख छापिएपछि पढ्न सक्छु वा सक्दिनँ । क्यालिफोर्नियाबाट सुरु भएको अश्वेत फुच्ची केटीको यात्रा यहाँसम्म आइपुगेको छ । यो यात्रालाई कसरी सजिलै अन्त्य गर्न सकिन्छ र ? फेरि यो खेलले त मलाई परिचय पनि दिएको छ,’ भगमा छापिएको त्यो लेखमा सेरेनाले लेखेकी छन् ।

सेरेना र भेनस दुवैले टेनिसको कला पिता रिचार्डबाट सिकेका थिए । बाल्यकालमा घर नजिकैको सार्वजनिक टेनिस कोर्टमा सिक्न र खेल्न दुवै मरिहत्ते गर्थे । त्यहाँबाट सुरु यात्राले सेरेनालाई टेनिस मात्र होइन समग्र विश्व खेलकुदको प्रसिद्ध खेलाडी बनायो । सेरेना जस्तो प्रसिद्ध नभए पनि भेनसलाई पनि विश्वभरका टेनिस प्रेमीले चिन्छन् ।

सेरेनाको व्यवसायिक टेनिस यात्रा सन् १९९५ मा सुरु भएको थियो । त्यसबेला उनी १४ वर्षकी थिइन् । सन् २०२२ मा आइपुग्दा उनले ८ सय ५८ खेलमा जित हासिल गरेकी छन् । उनको नाममा ७३ एकल उपाधि र एक ओलिम्पिक स्वर्ण पदक छ । अनि ३ सय १९ साता विश्व वरीयताको पहिलो स्थानमा रहेको अनुभव छ ।

दिदी भेनससँग मिलेर सेरेनाले डबल्सतर्फ १४ उपाधि र तीन ओलिम्पक स्वर्ण पदक जितेकी छन् । सन् १९६८ बाट सुरु ‘ओपन एरा’ टेनिस (अहिलेको ढाँचाको टेनिस) मा उनले जति ग्रान्ड स्लाम कसैले पनि जितेका छैनन् । पुरुष टेनिसका सर्वाधिक सफल खेलाडी राफेल नाडालले पनि सेरेनाको भन्दा एक कम ग्रान्ड स्लाम जितेका छन् । नाडालको नाममा २२ ग्रान्ड स्लाम छ भने सेरेनाले २३ पटक ग्रान्ड स्लाम जितेकी छन् ।

‘सेरेनाको खेलले त मोहित बनाउँछ । उनको करियर रोचक छ । उनको र मेरो टेनिस पृष्ठभूमि फरक छ । उनका दिदीबहिनीले आफ्ना पितासँग टेनिस सिके, मैले चाहिँ टेनिस संघमा । जसरी अगाडि आएको भए पनि उनी टेनिसकी सर्वकालिन महान् खेलाडीको सूचीमा पर्छिन्,’ सन् २०१८ मा रोजर फेडेररले भनेका थिए ।

के जित र उपाधि संख्याले मात्रै सेरेनालाई महान् खेलाडीका रुपमा दर्ज गरेको हो ? होइन भन्छिन्, कोको गौफ । विश्व टेनिसमा उदाइरहेकी यी १८ वर्षीया किशोरी भन्छिन्, ‘सेरेनाकै कारण म जस्ता सयौँ खेलाडीले टेनिस खेल्न थालेका हौं । कुनै समय टेनिस अश्वेत समुदायबाट टाढा थियो । आज अवस्था फरक छ । र यो सेरेनाका कारण भएको हो ।’

गौफबाहेक अरु कयौं अश्वेत खेलाडीले विलियम्स दिदीबहिनीलाई आदर्श मानेका छन् । यो सूचीमा नाओमी ओसाकादेखि फ्रान्सेस टिएफोएइसम्म छन् । उसो त सेरेना र उनी दिदीभन्दा अगाडि अश्वेत महिला टेनिसमा नआएका होइनन् । तर यो संख्या निकै कम थियो । विलियम्स दिदीबहिनी उदाउँदै गर्दा अरु अश्वेत खेलाडीमध्ये अधिकांश साना मानिने प्रतियोगितामा सीमित थिए ।

आज अमेरिकी महिला टेनिसमा अश्वेत खेलाडीको संख्या धेरै छ । सन् २०२० को यूएस ओपनको ‘ड्र’ मा ३२ खेलाडीमध्ये २० अश्वेत थिए । अमेरिकी जुनियर टेनिसको शीर्ष पाँच वरीयतामा तीन खेलाडी अश्वेत वा ‘नन ह्वाइट’ समुदायका छन् । अमेरिकी टेनिस संघका विकास निर्देशक मार्टिन ब्लाकमन अमेरिकाको टेनिसमा अश्वेत खेलाडीको संख्या बढ्नुको श्रेय विलियम्स दिदीबहिनीलाई दिन्छन् । ‘मेरो पुस्ताका अश्वेत खेलाडी आर्थर आसेलाई देखेर टेनिसमा आएका हुन् । अहिलेका पुस्ताका चाहिँ भेनस र सेरेनाको खेल हेरेर,’ ब्लाकमन भन्छन् ।

भेनस र सेरेनाले पहिलो पटक जितेको ग्रान्ड स्लाम (युगलतर्फ) फ्रेन्च ओपन हो । सन् १९९९ मा युगलतर्फ च्याम्पियन भएपछि १७ वर्षकी सेरेनाले सन् २००० मा यूएस ओपन जितेकी थिइन् । उनले करियरको पहिलो ग्रान्ड स्लाम (एकलतर्फ) जित्दा किम क्लाइस्टर्स, कोन्चिता मार्टिनेज, मोनिका सेल्स, लिन्ड्से डाभेनपोर्ट र मार्टिना हिंगिजलाई पन्छाएकी थिइन् ।

नश्लवादी व्यवहारले सेरेनालाई कहिल्यै रोकेन । बरु क्रमशः उपाधि जितिरहिन् । सन् २००२ मा उनले पछिल्ला तीन ग्रान्ड स्लाम जितिन् । त्यसवर्ष उनी विश्व वरीयताको शीर्ष स्थानमा पुगिन् । अर्को वर्ष अस्ट्ररेलियन ओपनको उपाधि थपिन् । त्यही वर्ष विम्बल्डन पनि आफ्नो नाममा गरिन् ।

उसो त भेनस र सेरेनाका लागि सुरुवात सजिलो थिएन । कारण थियो, त्यसबेलाको अनुदार समाज । टेलिभिजन कमेन्ट्रीमा समेत अश्वेत खेलाडीको तारिफ गरिँदैन थियो । सन् २००१ को कुरा हो, इन्डियन्स वेल्स मास्टर्समा भेनसले एलेना डेमेनटिएभालाई हराएर सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सेमिफाइनलमा भेनसले सेरेनाको सामना गर्नुथियो । तर भेनसले घुँडाको चोटका कारण प्रतियोगिता त्याग्नु पर्याे। सेमिफाइनल नखेली सेरेना फाइनल पुगिन् । जहाँ उनको भेट किम क्लाइस्टर्ससँग भयो । त्यो खेल हेर्न भेनस पिता रिचार्डसँगै रंगशाला पुगेका थिए । बहिनीलाई फाइनलमा पुर्रयाउन भेनसले प्रतियोगिता त्यागेको भन्ने तप्काले सेरेनाविरुद्ध हुटिङ गरिरह्यो । हुटिङ र दुर्व्रयवहारका बाबजुत सेरेनाले फाइनल जितिन् । खेल सकिनासाथ सेरेना आफ्ना पिता र दिदीसामु पुगेकी थिइन् । उनीहरुलाई अँगालो हालेर धेरैबेर रोइन् । यही खेलको प्रभाव हुनुपर्छ, भेनस र सेरेनाले एक दशक जति इन्डियन वेल्समा गएर खेलेनन् ।

नश्लवादी व्यवहारले सेरेनालाई कहिल्यै रोकेन । बरु क्रमशः उपाधि जितिरहिन् । सन् २००२ मा उनले पछिल्ला तीन ग्रान्ड स्लाम जितिन् । त्यसवर्ष उनी विश्व वरीयताको शीर्ष स्थानमा पुगिन् । अर्को वर्ष अस्ट्ररेलियन ओपनको उपाधि थपिन् । त्यही वर्ष विम्बल्डन पनि आफ्नो नाममा गरिन् ।

टेनिसमा सेरेनालाई सम्पूर्ण खेलाडी मानिन्छ, सबै किसिमका कौशलले भरिपूर्ण । कतिले उनलाई अरु स्टारभन्दा फरक पनि मान्छन् । यसको एउटा कारण हो, उनले गर्ने सर्भ । उनलाई महिला टेनिसमा स्टेफी ग्राफपछिकै उत्कृष्ट सर्भर मानिन्छ ।

एउटा बिन्दुमा पुगेपछि सेरेनाको लोकप्रियता टेनिसमा मात्रै सीमित भएन । उनलाई अब ‘फेसन आइकन’ पनि मान्न थालियो । ग्रान्ड स्लाम खेल्दा उनले लगाउने पोशाकको तारिफ गरिन्थ्यो । विश्वप्रसिद्ध ब्रान्ड नाइकीले उनलाई सन् २००३ मा ब्रान्ड एम्बेस्डर नै बनायो । के भनिन्छ भने उनले त्यसबेला नाइकीबाट पाँच करोड ५० लाख अमेरिकी डलर पाएकी थिइन् । जुन कुनै पनि महिला खेलाडीले ब्रान्ड एम्बेस्डर बनेबापत पाएको सर्वाधिक ठूलो रकम थियो ।

सन् २०१० मा आएर उनलाई स्वास्थ्यले साथ दिएन । कुर्कुच्चाको चोट र ‘ब्लड क्लट’ का कारण उनी झन्डै एक वर्ष कोर्टबाहिर रहिन् । त्यति हुँदा पनि उनलाई लयमा फर्कन समय लागेन । उनले सन् २०१२ मा विम्बल्डन, यूएस ओपन र ओलिम्पिक स्वर्ण जितिन् । सन् २०१५ मा उनी सिजनको चारै ग्रान्ड स्लाम जित्ने लक्ष्यमा थिइन् । यूएस ओपनको सेमिफाइनलमा पराजित भएपछि उनको यो लक्ष्य पूरा भएन ।

‘सेरेनाको खेलमा आत्मविश्वास र आक्रामकता हुन्थ्यो । उनको सर्भिस त रोक्नै सकिँदैन थियो । प्रत्येक सटले अंक ल्याओस् भन्ने चाहन्थिन्,’ दुई पटक ग्रान्ड स्लाम जितेकी सिमोना हालेप भन्छिन् ।

सन् २०१७ को अस्ट्रेलियन ओपन जित्दा सेरेनाको खुबै तारिफ भएको थियो । किनभने उनले यो प्रतियोगिता गर्भवति हुनु केही समयअघि मात्रै जितेकी थिइन् । फेरि यो सफलता उनका लागि विशेष थियो । किनभने उनले उपाधि भिडन्तमा दिदी भेनसलाई हराएकी थिइन् । रोचक के छ भने यी दुई दिदीबहिनी ग्रान्ड स्लामको फाइनलमा नवौं पटक भिडिरहेका थिए । र सातौं पटक सेरेना विजयी भएकी थिइन् । यो सेरेनाका लागि २३औं ग्रान्ड स्लाम थियो ।

सेरेनाले मार्गरेट कोर्टले २४ पटक ग्रान्ड स्लाम जितेर बनाएको कीर्तिमान तोड्ने अनुमान गरिएको थियो । उनी सन् २०१८ मा विम्बल्डन र यूएस ओपनको फाइनलमा पुगेको पनि हो । तर दुवै फाइनलमा उनी पराजित भइन् । दुई वर्षपछि उनी फेरि ती दुई ग्रान्ड स्लामको उपाधि नजिक पुगिन् । यसपालि पनि उनको हातमा कुनै उपाधि परेन ।

‘म कीर्तिमान बनाउन चाहन्थेँ । प्रत्येक पटक फाइनल पुग्दा म कीर्तिमानबारे सोच्थेँ । सायद मैले त्यसतर्फ बढी नै सोचेँ कि जस्तो लाग्छ । धेरै सोचेर नै सफल नभएको जस्तो लाग्छ । नत्र मैले ३० वटा ग्रान्ड स्लाम जित्नु पर्ने थियो,’ सेरेनाले भनेकी छन् । महिला टेनिस खेलाडी सामान्यतया बच्चा जन्माएपछि कोर्ट फर्कदैनन् । तर सेरेना भने कोर्टमा फर्किइन् र चार पटक फाइनलसम्म पुगिन् ।

सेरेना टेनिस स्टार मात्रै होइनन्, व्यवसायी पनि हुन् । सन् २०२१ को तथ्यांकका अनुसार सर्वाधिक आम्दानी गर्ने महिला खेलाडीको सूचीमा दोस्रो नम्बरमा रहेकी उनले ‘भेन्चर क्यापिटल फर्म’ खोलेकी छन् । जसले विभिन्न व्यावसायमा लगानी गरेको छ । सेरेना र उनकी दिदीले करियरको सुरुबाटै टेनिसबाट प्राप्त आम्दानीलाई विभिन्न क्षेत्रमा लगानी गर्ने गर्थे । खेलाडीले व्यापारमा होइन खेलमा ध्यान दिनुपर्छ भनेर विलियम्स दिदीबहिनीको आलोचना गरिन्थ्यो । तर आज आएर अन्तर्राष्ट्रिय खेलाडीहरू लगानीकर्ताका रूपमा उदाइरहेका छन् । विलियम्स दिदीबहिनीले अमेरिकी महिला फुटबल लिगको एन्जल सिटी एफसीमा पनि लगानी गरेका छन् । उनीहरूको अमेरिकी फुटबल लिग (एनएफएल) खेल्ने मायामी डल्फिन्समा पनि शेयर छ ।  

अहिले पनि टेनिसको सर्वकालिन महान् खेलाडी को भन्ने बहस जारी छ । पुरुष स्टार राफेल नाडाल, नोभाक जोकोभिच र रोजर फेडेररसँगै सेरेना पनि यो बहसको हिस्सा हुन् । २७ वर्ष लगातार उच्चस्तरको टेनिस खेलेकी सेरेनाको जस्तो सफलता आउँदो पुस्ताका महिला खेलाडीले पाउन सजिलो हुनेछैन।

४२ वर्षीय सेरेनाले संन्यासको औपचारिक घोषणा गरेकी छैनन् । तर उनी अर्को वर्ष ग्रान्ड स्लाममा देखिने सम्भावना कम छ । यूएस ओपनमा उनले दिएको मन्तव्यले यसको संकेत गरिसकेको छ । यसकारण हामी सेरेना युगको अन्त्यमा छौं । तर यसो भनिरहँदा सेरेनालाई पछ्याएर टेनिसमा आएका युवा प्रतिभाको यात्राका लागि तयार रहनुपर्छ ।