आश्विन १, २०८१ मंगलबार | ०१:३३:५०
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन इयर इन्डर्स २०२१

टेनिसको वर्ष: राडुकानुको सनसनी, जोकोभिचको दबदबा

पेरिस (रोयटर्स)–  विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिचको पुनः एक पटक आफ्नो दबदबा र युएस ओपनको उपाधि जित्दै महिलातर्फ नयाँ स्टारका रुपमा इमा राडुकानुको उदयसँगै युगलतर्फ पूर्वविश्व नम्बर एक चिनियाँ टेनिस स्टार पंक स्वेको सुरक्षा चासो वर्ष २०२१ मा टेनिसतर्फ सबै भन्दा चर्चाको विषय रह्यो ।

जोकोभिचले कीर्तिमानी नवौं पटक अस्ट्रेलियन ओपनको उपाधि जित्दै वर्ष २०२१ को सुखद सुरुआत गरे । उनी एकै वर्ष चार वटा ग्रान्ड स्लामको उपाधि जित्ने कीर्तिमानको संघारमा पुगे पनि युएस ओपनको फाइनलमा निराश भए ।

अर्थर एसे स्टेडियममा जोकोभिचले युएस ओपनको उपाधि जितेको भए उनले सन् १९६९ मा रड लाभरले एकै वर्ष चार ग्रान्ड स्लाम जित्ने कीर्तिमानसँग बराबरी गर्ने थिए । सो उपाधि जितेको भए उनी २१ औं ग्रान्ड स्लाम जित्ने पहिलो खेलाडी बन्ने थिए । जोकोभिचसँगै रोजर फेडेरर र राफेल नाडालको नाममा २० औं ग्रान्ड स्लामको उपाधि छ । जोकोभिचलाई हराउँदै ड्यानियल मेडभेडेभले पहिलो ग्रान्ड स्लाम जितेका थिए ।

जोकोभिचले कीर्तिमानी सातौं पटक विश्व नम्बर एक बन्दै वर्ष २०२१ को अन्त्य गरे । उनले आफ्नो आइडलका रुपमा रहेका पिटर सम्प्रासको कीर्तिमान उछिनेका थिए ।

त्यस्तै जोकोभिचले कीर्तिमानी ३७औं पटक एटिपी मास्टर्सको उपाधि जित्ने क्रममा फेडेररको कीर्तिमान तोडेका थिए ।

मेडभेडेव, ग्रिसका स्टेफानोस सिटसिपस र टोकियो ओलम्पिक २०२० का स्वर्ण पदक विजेता जर्मनीका एलेक्जेन्डर जेभरेभले वर्ष २०२१ मा जोकोभिचलाई चुनौती दिए । तर जोकोभिचले आफूलाई निर्वाद रुपमा विश्व टेनिस स्टारको रुपमा उभ्याउन सफल भए ।

‘म साच्चै नै यस सिजन थकित छु र वर्ष भरी नै रहेँ,’ डाभिस कपको सेमिफाइनलमा क्रोएसियासँग पराजित भएपछि जोकोभिचले भने, ‘म अझ धेरै उपाधि जित्न आतुर छु ।’

रुसले भने टिम गेमतर्फ आफूलाई बलियो राष्ट्रका रुपमा उभ्यायो । यस क्रममा रुसले एटिपी कप, डाभिस कप र बेएली जेन किंग कपको पहिलो संस्करणको उपाधि जित्यो । रुसकै एनास्थासिया पाभ्ल्युकेन्कोभा र एन्ड्रे रुब्लेभको जोडीले टोकियो ओलम्पिकमा मिक्सड युगलको उपाधि जिते ।

राडुकानुको सनसनी

बेलायतकी राडुकानुले युएस ओपनको पहिालो सहभागीताको उपाधि जितिन् । विम्बल्डनको चोथो चरणमा प्रवेश गर्दै सनसनी मच्चाएकी १८ वर्षीया राडुकानुले न्युयोर्कमा पहिलो ग्रान्ड स्लाम उचालिन् ।

राडुकानु क्वालिफायर पार गर्दै एक सय ५० औं वरियताको खेलाडीको रुपमा कोर्टमा उत्रिएकी थिइन । उनले ४४ वर्ष पछि ग्रान्ड स्लाम जित्ने पहिलो बेलायततर्फ महिला खेलाडीको कीर्तिमान समेत रचिन् ।

राडुकानुसँगै क्यानडाकी लेला फर्नान्डेजले महिला टेनिसमा आफ्नो उदयको संकेत गरेका थिए । महिला टेनिसका स्टार खेलाडीलाई पछि पार्दै राडुकानु र फर्नान्डेज युएस ओपनको उपाधिका लागि भिडेका थिए ।

चिनियाँ टेनिस स्टार पंक स्वेको अवस्था सार्वजनिक गर्नु पर्ने भन्दै डब्लुटिएले सन् २०२२ मा चीनमा तय सबै प्रतियोगिता रद्द गर्ने घोषणा गरेको थियो । पंकले गत नोभेम्बरमा पूर्व भाइस प्रिमियरमाथि यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन ।

उनले हालै मात्र चिनियाँ सरकारी संचारमाध्यममार्फत आफू सुुरक्षित रहेको भन्दै इमेल सार्वजनिक गरेकी थिइन् । सन् २०१९ मा कोभिड १९ संक्रमणको महामारी अघि चीनमा डब्लुटिएको नौ प्रतियोगिता संचालन गरेको थियो ।

‘हामीले चीनलाई पंक स्वेको अवस्था सार्वजनिक गर्न आग्रह गरेका छौ । हामी हाम्रो खेलाडी र कर्मचारीलाई त्यहाँ पठाउदैनौं । चीनमा हुने प्रतियोगिता स्थगित भएका छन्,’ डब्लुटिएका प्रमुख स्टिभ सिमोनले भने ।

शीर्ष खेलाडीलाई चोट बाधक

फेडेरर र नाडालले चोटका कारण लगातार प्रतियोगिताबाट नाम फिर्ता लिँदा उनीहरुको समर्थक भने निराश बने ।

२३ पटककी ग्रान्ड स्लाम विजेता सेरेना विलियम्सले ह्यामस्टिङको समस्यका कारण विम्बल्डनको पहिलो चरणमा कोर्टबाट बाहिरिएकी थिइन  । उनले सोही चोटका कारण त्यसपछिका लागि तय कुनै पनि प्रतिगिता खेलिनन् । विविध कारणले नामोमी ओसाकाले पनि दुई वटा ग्रान्ड स्लाम खेलिनन् ।

मेलबर्न पार्कमा आफ्नो चौथो ग्रान्ड स्लाम उपाधि जित्दै वर्ष २०२१ को सुखद सुरआत गरेकी ओसाकाले फ्रेन्च ओपन दौरान पत्रकार सम्मेलनमा सहभागी नहुने घोषणा गरिन् । आयोजकले कारबाहीको चेतावनी दिएपछि उनले दोस्रो चरणपछि प्रतियोगिता नखेल्ने घोषणा गरिन् ।

ओसाकाले आफू मानसिक रुपमा थकित रहेकाले प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएकी थिइन् । उनले सोही कारण विम्बल्डनमा समेत सहभागी भइनन् ।