माघ १, २०८२ बिहीबार | २३:५८:१५
साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित
शनिबारको दिन नोभाक जोकोभिच

जोकोभिचले सक्ने छन् त ?

काठमाडौं । राफेल नाडालले औचापरिक रूपमा संन्यास लिएको पनि लामै समय भइसकेको छ । यो पुस्ताका तीन महान टेनिस खेलाडीमध्ये नाडालसँगै रोजर फेडेररले पनि खेल्न छाडेको त धेरै समय भइसकेको छ । यस्तोमा बाँकी छन् त नोभाक जोकोभिच मात्रै ।

अहिले टेनिसको चर्चा किन त ? भयो के भन्दा वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ओपन सुरु हुन अब धेरै दिन पनि रहेन् । मेलबर्नमा खेलिने यो प्रतियोगिता जनवरी १२ बाट सुरु हुनेछ । अहिले यसकै पृष्ठभूमिमा केही एटीपी प्रतियोगिता भइरहेका छन् ।

साँच्चै २५औं ग्रान्डस्लाम उपाधि नै जित्ने हो भने उनले मार्गरेट कोर्टको सर्वकालीन कीर्तिमानको बराबरी गर्नेछन् ।

नयाँ वर्ष र नयाँ सिजनसँगै एक खाले चर्चाले बाक्लो रूप भने लिन थालिसकेको छ । र, यो हो, के जोकोभिचले एक अर्को ग्रान्डस्लाम उपाधि जित्न सक्ने छन् त ? अझ ठ्याक्कै अस्ट्रेलियन ओपन नै । त्यो भनेको हुनेछ, यी खेलाडीले जित्ने कीर्तिमान २५ औं ग्रान्ड स्लाम ।

सुरुमै फेडेरर र नाडालको कुरा किन भन्दा यी दुई खेलाडी मात्र होइन्, जोकोभिच पनि अब पुरानो समयका खेलाडी रहेनन् । उनी आफै ३७ वर्षका भए । जोकोभिचलाई पनि अब चोटले धेरै तनाव दिन थालिसकेको छ । यसै कारणले उनको प्रदर्शन पनि पहिलो जस्तो रहेन् ।

राफेल नाडालसँग नोभाक जोकोभिच (बायाँ) । 

तर मूल कुरा उनले खेल्न भने छाडेका छैनन्, न त छाड्ने संकेत गरेका छन् । बरू उल्टै दाबी गर्छन्, आफू अझै ग्रान्डस्लाम जित्न सक्षम खेलाडी हो भनेर । साँच्चै २५औं ग्रान्डस्लाम उपाधि नै जित्ने हो भने उनले मार्गरेट कोर्टको सर्वकालीन कीर्तिमानको बराबरी गर्नेछन् ।

त्यसैले तय छ, मेलबर्नमै मात्र होइन, अब आउने पूरा सिजन विश्व टेनिसमा चर्चाको विषय हुनेछ, के जोकोभिचले एक अर्को ग्रान्ड स्लाम जित्ने छन् त ? जित्ने छैनन् भने उनले सन्यास चाहिँ कहिले लिनेछन्?

जोकोभिचले अहिले नै भनेका छन्, ‘म नयाँ सिजनका लागि उत्साहित छु । अहिले अस्ट्रेलियन ओपनकै लागि तयारी पनि गरिरहेको छु । ’ फेरि जोकोभिच मेलबर्नमा सबैभन्दा सफल खेलाडीमध्ये एक हुन्, उनले यो उपाधि १० पटक जितेको छ ।

एउटा कुरा भने तय छ, जोकोभिचले भन्दा बढी ग्रान्डस्लाम नाडाल र फेडेररले जित्न सक्ने छैनन्, किनभने उनीहरूले खेल्न छाडिसके । अब हुने भनेको खालि जोकोभिचले बढी ग्रान्ड स्लाम जित्ने नै हो । यही एक कुराले पनि उनलाई अझ राम्रो खेल्ने प्रेरित राख्नेछ ।

कार्लोस अल्कारेजसँग नोभाक जोकोभिच (बायाँ) ।