चैत्र १६, २०८२ सोमबार | १७:५४:५९
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य
शनिबारको दिन राफेल नाडाल

साधुवाद मिस्टर नाडाल

काठमाडौं । नेपालमा राफेल नाडालका प्रशंसक कति होलान् ? अझ भनौं, हाम्रोतिर टेनिसको मज्जा लिने दर्शन कति होलान् ? यी प्रश्नको उत्तर गाह्रो छ । तर एउटा तथ्य निश्चित छ, जतिले टेनिस हेर्छन्, तिनले यी स्पेनी खेलाडीलाई मन पराएकै हुनुपर्छ, कुनै न कुनै रूपमा । हाम्रोमा मात्र होइन, यिनी पूरा विश्वमै उत्तिकै मन पराइन्छ ।

यिनै स्पेनिस महान खेलाडी नाडालले भर्खर टेनिसबाट संन्यास लिएका छन् । अब उनी कोर्टमा दोहोरिएर देखा पर्ने छैनन् । यस्तोमा भन्न सुरु भएको छ, अब अन्तर्राष्ट्रिय टेनिस त्यस्तो रहने छैन, जस्तो पछिल्लो दुई दशक जतिको समय थियो । किन त ? किनभन्दा अब नाडाल त्यसमा हुने छैनन् । यत्तिकैले बुझ्न सकिन्छ, नाडाल कत्तिको खेलाडी हुन् भनेर ।

खास कुरा यस्तो हो । यो पुस्ताका जति पनि टेनिस प्रशंसक छन्, ती असाध्यै भाग्यमानी छन् । किनभने तिनले एकै समय तीन महान खेलाडीको खेल हेर्न पाए । ती हुन्, नाडालसँग स्विट्जरल्यान्डका रोजर फेडेरर र सर्वियाका नोभाक जोकोभिच । फेडेररले यसअघि नै संन्यास लिइसके । अब नाडालले नखेल्ने भएका छन् । अब जोकोभिच मात्रै छन् । यिनीहरूलाई ‘बिग थ्री’ पनि भनिन्थ्यो ।

उनी भन्थे, ‘मलाई सबैभन्दा मनपर्ने भनेकै टेनिस हो । मैले यही खेल खेल्न पाएँ, त्यसैले भाग्यमानी भएँ । काम त सबैले गरिरहेकै हुन्छ । मलाई भविष्यमा एउटा सज्जन भनेर चिने पुग्छ, त्यो पनि स्पेनको मार्लोकाको एउटा गाउँको ठिटो ।’

पछिल्लो दुई दशक साँच्चै यिनै तीन खेलाडीले भएभरका सबै उपाधि जितेका छन् । अप्रत्यारिलो तरिकाले ग्रान्ड स्लामहरू लगातार जितेका छन् । अब त्यस्तो दिन चाँडै आउने छ, जतिबेला जोकोभिचले पनि खेल्न छाड्ने छन् । त्यसपछि एउटा युगकै अन्त्य हुनेछ । नाडालले ठीकै भनेका छन्, ‘जे–जतिको सुरुआत हुन्छ, त्यसको एकदिन अन्त्य पनि हुनुपर्छ ।’

रोजर फेडेररसँग राफेल नाडाल (बायाँ) ।

‘मलाई टेनिस कहाँ मन पर्न छाडेको हो र ? सके त म खेलिरहन्थें, तर अब त शरीरले पनि दिएन,’ उनी भन्थे । उनी अहिले ३८ वर्षका भए ।

पछिल्ला केही वर्ष उनी चोटको समस्याबाट लगातार गुज्रिइरहेका थिए । विशेषतः घुँडाको चोटले । उनले कुल २२ ग्रान्ड स्लाम जिते । यसमध्ये १४ फ्रेन्च ओपन मात्रै रहे । उनी रोलान्ड ग्यारोसमा बिरलै पराजित हुन्थे ।

उनले सबैभन्दा पहिले सन् २००५ मा फ्रेन्च ओपन जितेका थिए । त्यसलाई सन् २०२२ मा अन्तिम पटक दोहो¥याराए । त्यसैले त हो, नाडाललाई भन्ने गरेको ‘किङ अफ क्ले’ । यसको अर्थ यो होइन कि उनी अरूतिर चम्केनन् । उनले अस्ट्रेलियन ओपन, विम्बल्डन र युएस ओपन पनि जिते । भनेपछि उनी जुनसुकै कोर्टमा खेल्न माहिर थिए, चाहे त्यो घाँसेकोर्ट होस् वा हार्डकोर्ट ।

उनलाई धेरैले मन पराउनु पछाडि उनको भलाद्मीपन पनि उत्तिकै जिम्मेवार थियो । नाडाल कस्ता थिए, उनको यो भनाइले पुष्टि गर्छ । उनी भन्थे, ‘मलाई सबैभन्दा मनपर्ने भनेकै टेनिस हो । मैले यही खेल खेल्न पाएँ, त्यसैले भाग्यमानी भएँ । काम त सबैले गरिरहेकै हुन्छ । मलाई भविष्यमा एउटा सज्जन भनेर चिने पुग्छ, त्यो पनि स्पेनको मार्लोकाको एउटा गाउँको ठिटो ।’

हामीले पनि नाडालको खेललाई ‘मिस’ गर्नेछौं । तर भन्नैपर्छ, साधुवाद मिस्टर नाडाल । 

विम्बल्डनमा प्रतिस्पर्धा गर्दै राफेल नाडाल ।