फाल्गुन १९, २०८२ मंगलबार | ०९:४२:०८
खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का
शनिबारको दिन राफेल नाडाल

तयार हुनु, ‘किङ्ग अफ क्ले’ को बिदाइका लागि

काठमाडौं ।  कोही यो पुस्ताको टेनिस प्रशंसक छन् भने ती असाध्यै भाग्यमानी छन् । भाग्यमानी के अर्थमा भन्दा यी टेनिस प्रशंसकले यो खेलकै महान तीन खेलाडी एकै पल्ट हेर्ने अवसर पाए । ती हुन्, रोजर फेडेरर, राफेल नाडाल र नोभाक जोकोभिच । यी तीन खेलाडीले दुई दशकजतिको समय आफ्नो प्रभुत्व कायम गरे ।

यो प्रभुत्व पनि कस्तो भने अब्बल दर्जाको टेनिससहित । त्यसैले यो दुर्लभ अवसर नै हो । यसमध्ये फेडेररले त सन्यास लिइसके । अब नाडालले पनि सन्यास लिने घोषणा गरिसकेका छन् । यसअघि नै उनले यो सिजन आफ्नो अन्तिम हुने बताइकेका थिए । अब त दिन पनि तोकेका छन् । अर्को महिना मालागामा डेविस कप हुँदैछ र त्यसमै नाडालले अन्तिम पटक खेल्नेछन्, स्पेनको प्रतिनिधित्व गर्दै ।

नाडाल आफ्नो खेल जीवनमा ‘किङ्ग अफ क्ले’ को नामले चिनिए, किनभने उनी रातो माटोमा खेलिने टेनिसका सबैभन्दा ठूला खेलाडी रहे । त्यसैले उनले कीर्तिमान १४ पल्ट फ्रेन्च ओपन जिते । 

अब त जोकोभिच मात्रै बाँकी रहनेछन्, एटिपी टुरमा । उनी पनि बुढो भइसके । अब उनमा पनि पुरानो लय कायम रहेन् । ढिलो चाँडो अब उनको मुखबाट पनि सुन्न पाइनेछ, सन्यासको कुरा । तर अहिले भने सबै नाडालमै केन्द्रित छन्, स्वंय जोकोभिच पनि । उनले पनि नाडालको संन्यासबारे सुनेपछि भनेका छन्, ‘यी महान खेलाडी हुन्, जसले धेरैलाई टेनिस खेल्न प्रेरित गरे ।’

रोजर फेडेरर र राफेल नाडाल (दायाँ) । 

यो के अर्थमा भने नाडालको टेनिस हेरेर धेरै हुर्के बढे, अनि त्यसैबाट प्रेरित भएर टेनिस खेले । फेडेररले पनि नाडाललाई लिएर भनेका छन्, ‘नाडालले कहिले पनि सन्यास लिएको सुन्न नपरोस जस्तो लाग्छ । तर उनको खेल जीवन आफैमा अद्धितीय रूपमा सफल रह्यो । उनीविरुद्ध खेल्न पाउनु ठूलै उपलब्धी रह्यो ।’

फेडेरर, नाडाल र जोकोभिचले विश्व टेनिसमा एउटा कालखण्ड लेखेका छन् । यसमा तीन अध्याय छन् । त्यसमध्ये पहिलो अध्याय फेडेररले लेखेर सकाइसकेका छन् । अब नाडालले दोस्रो अध्याय लेख्न सकाउँदै छन् । अन्तिम तथा तेस्रो अध्याय जोकोभिचले पनि चाँडै लेख्न सकाउने छन् । त्यसपछि यो एक ऐतिहासिक युगको अन्त्य हुनेछ ।

कोही टेनिसको प्रशंसक हो भने अब तयार हुन्, तयार हुनु, ‘किङ्ग अफ क्ले’ को बिदाइका लागि ।

नाडाल आफ्नो खेल जीवनमा ‘किङ्ग अफ क्ले’ को नामले चिनिए, किनभने उनी रातो माटोमा खेलिने टेनिसका सबैभन्दा ठूला खेलाडी रहे । त्यसैले उनले कीर्तिमान १४ पल्ट फ्रेन्च ओपन जिते । एउटा खास ग्रान्ड स्लाम टेनिसमा कोही एक खेलाडीको यति धेरै प्रभुत्व विरलै मात्र हुन्छ, अझ हुँदैन भन्दा पनि हुन्छ । त्यसो त उनले कुल २२ ग्रान्डस्लाम उपाधि  जिते ।

नोभाक जोकोभिच र राफेल नाडाल (दायाँ) । 

क्ले कोर्टमा नाडालले खेल्दा के हुन्छ त ? यसबारे यस्तो भनिन्छ । खेलकुदमा पहिल्यै पटकथा लेख्न सकिन्न, कसले कसरी जित्छ भनेर । तर नाडालले क्ले कोर्टमा खेल्नु पर्छ, जित्न भनेर लेखिदिए हुन्छ । साँच्चै उनी यस्ता खेलाडी थिए । कोही टेनिसको प्रशंसक हो भने अब तयार हुन्, तयार हुनु, ‘किङ्ग अफ क्ले’ को बिदाइका लागि ।