मंसिर ६, २०८१ बिहीबार | १४:४१:४३
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन पलेशा गोवर्धन

प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक

काठमाडौं । संसारमा सबैका आफ्नै समस्या छन् । लडाईं आफ्नै छन् । कसैको पनि जीवन पूर्ण छैन । सबैले पूर्ण जीवन पाउँदा हुन् त खुसी र आँसुको मूल्य नै हुँदैनथ्यो । आफूमा भएका यी समस्या र कमजोरीसँग राम्ररी सम्झौता गर्न सकेमात्र जीवन केही सहज हुन्छ । तर, यो व्यक्तिमा भरपर्ने कुरा हो । कोही मानिसहरू यही सम्झौताबीच विजेता बन्न कोसिस गर्छन् त कोही पीडित हुन्छन् ।

नेपाली खेलकुदकी ‘रोलमोडल’ पलेशा गोवर्धनले जीवनमा विजेता बन्ने कोसिस गरिन् । पलेशा अर्थात नेपाली खेलकुदकै सबैभन्दा सफल खेलाडी । दुई साताअघिसम्म उनको परिचय एक सफल पारा तेक्वान्दो खेलाडीमा सीमित थियो । आज उनी नेपाली खेलकुदको प्रेरणा बनेकी छन्, रोलमोडल भएकी छन् ।

पलेशाको यो सफलतामा सबैभन्दा बढी खुसी र गौरवान्वित कोही छन् भने ती उनका मातापिता मनिता र प्रदीप (गोवर्धन) । खुसीको बयान गर्न उनीहरूसँग शब्द नै छैन । 

पलेशाले हाङझाउ पारा एसियाली खेलकुदमा देशका लागि एकमात्र कांस्य पदक जितेकी थिइन् । १२ महिनापछि उनले फेरि देशको नाम राखेकी छन् । गत शुक्रबार मात्र पलेशाले नेपाली खेलाडीले अहिलेसम्म प्राप्त गर्न नसकेको सफलता हात पारिन् । पेरिस पारा ओलम्पिक २०२४ को तेक्वान्दो के-४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा पलेशाले कांस्य पदक जितिन् ।

सन् १९६४ मा टोकियोबाट ओलम्पिक यात्रा गरेको नेपालले २००४ बाट पारा ओलम्पिकमा पनि प्रतिस्पर्धा गर्न थालेको थियो । यस हिसाबमा समग्रमा नेपालले ओलम्पिक आभियानमा प्रतिस्पर्धामार्फत सहभागिता जनाउन थालेको ६० वर्ष नाघिसकेको थियो । तर, प्रतिस्पर्धाबाट पदक भने जित्न सकेको थिएन । यसपालि पेरिसमा पलेशाले त्यो खडेरी तोडिन् । अनि नेपाली खेलकुदको इतिहासमा आफ्नो नाम स्वर्णाक्षरले लेख्न सफल भइन् ।

बुधबार नगरपरिक्रमापछि राष्ट्रिय खेलकुद परिषद्(राखेप) प्राङ्गणमा पलेशा गोवर्धनसहित तेक्वान्दोे टोली, साथमा आमा मनिता श्रेष्ठ गावर्धन र राखेप सदस्यसचिव टंकलाल घिसिङ ।

पलेशाको यो सफलतामा सबैभन्दा बढी खुसी र गौरवान्वित कोही छन् भने ती उनका मातापिता मनिता र प्रदीप (गोवर्धन) । खुसीको बयान गर्न उनीहरूसँग शब्द नै छैन । बुधबार छोरीको ऐतिहासिक जितमा उनीहरूका शुभचिन्तक, सहकर्मी, विभिन्न खेलकुद संघका पदाधिकारी र खेलप्रेमीले खुसीयाली मनाए । पलेशासहितको तेक्वान्दो टोली बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । बाक्लो उपस्थितिबीच पदक विजेता टोलीलाई नगरपरिक्रमा गराइएको थियो । नगरपरिक्रमामा यसरी आफ्नो छोरी केन्द्रविन्दुमा हुँदा बुवा प्रदीप निकै भावुक भए । 

‘यसरी कुनै पनि खेलाडीलाई नगरपरिक्रमा गरेको मलाई थाहा छैन । मेरो यो पहिलो अनुभव हो । यसरी खेलाडीको जितमा यति धेरै खेलप्रेमीको उपस्थिति हुन्छ भनेर मैले कल्पना पनि गरेको थिइनँ,’ बुवा प्रदीपले भने, ‘मेरो पहिलो अनुभवमै यसरी मेरी छोरीलाई सम्मान र बधाईको ओइरो लाग्दा एकदमै गर्व महसुस भइरहेछ ।’

जन्मँदै पलेशाले बायाँ हातको नाडीमुनिको भाग नलिई जन्मिइन् । यसरी ‘फरक रूपमा सक्षम’ बच्चा जन्मिएपछि कुन चाहिँ आमाबाबुको मन नआँत्तिदो हो । पलेशाका आमाबुवा पनि यसको अपवाद रहेनन् ।

उनको तेक्वान्दो करिअरमा बुवा प्रदीपको योगदान पलेशाको जत्तिकै छ । उनी पर्दा पछाडिका हिरो हुन् । उनी कथाका ‘प्रोटागोनिस्ट’ त होइनन् तर, उनको प्रेरणादायी अभिभावकत्व नहुँदो हो त कथा अहिले यसरी बढ्दैनथ्यो होला । उनले अभिभावकत्वको महत्व यसरी दर्शाएका छन् कि यसले जो–कोहीलाई पनि प्रेरणा दिन्छ । उनले पलेशाकै करिअरका लागि भनेर आफ्नो जागिर नै छाडे । योभन्दा धेरै एउटा अभिभावकले आफ्नो बच्चाका लागि के गर्न सक्ला र ?

‘म पहिले काठमाडौंकै म्यारियोट होटलमा व्यावसायिक प्रबन्धकका रूपमा काम गर्थें । पलेशा पूर्ण रूपमा तेक्वान्दोमा लागेपछि मैले मेरो कामलाई निरन्तरता नै दिन सकिनँ । म अहिले स्वरोजगार हुँ,’ प्रदीपले सुनाए ।

पलेशा गोवर्धन आफ्नी आमा र बहिनीका साथ, तस्विरः राखेप ।

प्रदीपका तीन छोरी छन् । पलेशा माहिली हुन् । पलेशाको जन्म २१ वर्षअघि थापाथलीको प्रसूतिगृहमा भएको थियो । जन्मँदै पलेशाले बायाँ हातको नाडीमुनिको भाग नलिई जन्मिइन् । यसरी ‘फरक रूपमा सक्षम’ बच्चा जन्मिएपछि कुन चाहिँ आमाबाबुको मन नआँत्तिदो हो । पलेशाका आमाबुवा पनि यसको अपवाद रहेनन् ।

‘हामीलाई पहिले यो कुरा थाहा थिएन । सायद, डाक्टरहरूलाई पनि यस्तो संवेदनशील कुरा भन्न अप्ठ्यारो लाग्यो होला । पछि एकजना नर्सले हेर्नुहोस् त ! तपाईंको बच्चा यसरी जन्मेको छ भन्दा सुरुमा त विश्वास नै लागेको थिएन । पछि त साँच्चिकै पो रहेछ । एकैछिन त निकै आत्तियौं,’ प्रदीप पलेशा जन्मेको त्यो दिन सम्झन्छन्, ‘हामीलाई यस्तो के गर्या होला भनेर भगवानलाई गाली पनि गर्यौं । एउटै प्रश्न मनमा खेलिरह्यो, किन हामीलाई मात्र यस्तो भएको ?’

पलेशाले ५ कक्षामा हुँदा वैकल्पिक विषयअन्तर्गत मार्सल आर्ट्सलाई रोजिन् । त्यहाँबाट पलेशाको तेक्वान्दो करिअर सुरु भएको हो । त्यतिबेला उनी १० वर्षकी मात्र थिइन् ।

आज दुई दशकपछि प्रदीप हिजो गाली गरेको भगवानलाई धन्यवाद दिन चाहन्छन् । बधाई थापिरहेकी पलेशालाई देखाउँदै भने, ‘हेर्नुस् न ! अहिलेको माहोल । हिजो हात नहुँदा दुःखी थियौं । आज मेरो छोरीले आफ्नो कमजोरीलाई शक्ति बनाइन् र इतिहास रच्न सफल भइन् । यही इतिहास रच्न लेख्या रहेछ र पो त छोरी त्यसरी जन्मिएकी थिइन् भन्ने महसुस भइरहेको छ ।’

पलेशा फरक रूपमा जन्मिइन् तर आमाबुवाले उनलाई त्यो कमजोरीको आभास हुनै दिएनन् । समाजसँग पनि राम्ररी लडे । नेपाली समाजको बानी नै छ, फरक रूपमा जन्मिएका बच्चाहरूका बारेमा नानाथरी कुरा काट्ने । पलेशाको सन्दर्भमा पनि यस्तो नभएको होइन । पलेशाको परिवारले यस्ता थुप्रै सामाजिक अवहेलना झेले । धेरै नकारात्मक कुराहरू सुने । तर, आज त्यही हात पलेशाको शक्ति बनेको छ । पलेशाको पछिल्लो सफलताले समाजको दृष्टिकोण नै परिवर्तण भएको बुवा प्रदीपलाई लागेको छ । भन्छन्, ‘नकारात्मक कुरा गर्ने समाज अहिले यस्ता कुरा गर्ने अवस्थामा नै रहेन । मलाई क–कस्ले के के भनेका थिए, सबै याद छ । आज पलेशाको सफलताले उनीहरूलाई जवाफ दिएको छ ।’

ऐतिहासिक सफलता हासिल गरेकी पलेशा गोवर्धन,  बुवा प्रदीप गोवर्धन र आमा मनिता श्रेष्ठ गोवर्धनका साथमा, तस्विर: खेलाडी/केशव थापा ।

‘साथीभाइ इष्टमित्रबाट धेरै राम्रो प्रतिक्रिया पाइरहेको छु । कति वर्षदेखि नभेटेका साथीहरूले पनि पलेशाको नाम सुन्नेबित्तिकै मलाई फोन गरेर बधाई दिइरहेका छन्,’ प्रदीप थप्छन् ।

पलेशा बाल्यावस्थादेखि नै एकदमै मिहिनेती र शान्त स्वभावकी थिइन् । कम बोल्ने बानी थियो । अनि जे गर्छु भन्थिन्, त्यो कुरा गरेरै छाड्ने स्वभाव थियो । ठूली दिदी ललितपुरको जावलाखेलस्थित डिएभी सुशील केडिया विश्व भारती स्कुलमा पढिरहेकी हुनाले पलेशालाई पनि बुवाले त्यहीं भर्ना गरिदिए । कान्छी बहिनीले पनि डिएभीबाटै गत वर्षमात्र एसईई उत्तीर्ण गरेकी थिइन् । पलेशाको सम्मान कार्यक्रममा बहिनी पलेशासँगै थिइन् । ठूली दिदी भने पढाइको सिलसिलामा युरोपियन राष्ट्र बेल्जियममा छिन् ।

तेक्वान्दो खेल्न थालेको तीन वर्षमै पलेशा राष्ट्रिय स्तरमा आइपुगिन् । सन् २०१७ मा १३ वर्षको उमेरमै पलेशाले राष्ट्रिय टोलीबाट पहिलो अन्तर्राष्ट्रिय भ्रमण गरिन् । दक्षिण कोरियामा सम्पन्न एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप पलेशाको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । 

‘बागबजारमा स्कुल बस आउँथ्यो । फेरि त्यतिबेला बागबजारतिर राम्रो बोर्डिङ पनि थिएन । म होटलमा काम गर्दा मारवाडीका बच्चाहरू सबै डिएभीमै पढ्थे । अनि त्यहीं राम्रो छ भनेर सबैले भनेपछि मैले छोरीहरूलाई त्यहीं भर्ना गरिदिएको हुँ । आज पलेशाले देशको नाम विश्वमाझ चिनाइरहँदा डिएभी स्कुलको पनि यसमा भूमिका छ,’ प्रदीप छोरीलाई दीक्षित गरेको विद्यालयप्रति कृतज्ञ भए ।

पलेशाले ५ कक्षामा हुँदा वैकल्पिक विषयअन्तर्गत मार्सल आर्ट्सलाई रोजिन् । त्यहाँबाट पलेशाको तेक्वान्दो करिअर सुरु भएको हो । त्यतिबेला उनी १० वर्षकी मात्र थिइन् ।

‘हाम्रो छोरा छैन । मैले पलेशालाई आत्मरक्षाका लागि तेक्वान्दोमा जाऊ भनेर प्रेरित गरेको थिएँ । स्कुलका प्रशिक्षकले पलेशाको सम्भावना थाहा पाइहाले । उनले पलेशाको खेल अन्य खेलाडीभन्दा राम्रो रहेको कुरा राखेपछि मैले छोरीलाई काठमाडौं तेक्वान्दो डोजाङमा भर्ना गराइदिएको थिएँ । तीन वर्षभित्र उनले रंगशाला अनि सातदोबाटोसम्मको यात्रा तय गरिन् । अहिले उनी यहाँसम्म आइपुगेकी छन्,’ छोरीको करियरका सुरुआती दिन सम्झिइरहँदा प्रदीपका आँखा उज्यालो हुन्थ्यो ।

पलेशाका बुवा प्रदिप गोवर्धन, तस्विर शौजन्यः प्रदीप । 

तेक्वान्दो खेल्न थालेको तीन वर्षमै पलेशा राष्ट्रिय स्तरमा आइपुगिन् । सन् २०१७ मा १३ वर्षको उमेरमै पलेशाले राष्ट्रिय टोलीबाट पहिलो अन्तर्राष्ट्रिय भ्रमण गरिन् । दक्षिण कोरियामा सम्पन्न एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप पलेशाको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । पलेशाले कोरियामा पाँचौं स्थान हासिल गरेकी थिइन् । सोही वर्ष लन्डनमा भएको विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा उनी सातौं स्थानमा रहिन् ।

हाङझाउ र पेरिसअघि पलेशाले २०१८ मा भियतनाममा भएको चौथो एसियाली च्याम्पियनसिपमा कांस्य, २०२१ मा बहराइनमा भएको एसियाली युवा पारा खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् ।

कोभिड-१९ महामारीका कारण एक वर्ष ढिलो गरी भएको अघिल्लो संस्करण टोकियो पारा ओलम्पिक २०२० मा पलेशा पदक नजिकै पुगेर पनि निराश हुनुपरेको थियो । उनी त्यतिबेला चिनियाँ प्रतिद्वन्द्वी ली युझीसँग पराजित हुँदा पदकविहीन हुन पुगेकी थिइन् । यसपालि पनि त्यस्तै माहोल सिर्जना भएको थियो । पलेशा प्रतिस्पर्धा गर्दै थिइन् सर्बियाकी मरिजा मिसेभसँग । अन्तिम ३० सेकेन्ड बाँकी थियो । पलेशा एक अंकले अगाडि थिइन् । जे पनि हुनसक्थ्यो । तर, पलेशाले आफूलाई सम्हालिन् । विगतका गल्ती दोहोर्याइनन् ।

केही महिनापछि यो माहोल विस्तारै कम हुँदै जानेछ । अनि यी अभिभावकहरू पलेशाको नयाँ चुनौती, नयाँ सफलताका लागि फेरि पर्दा पछाडि बस्नेछन् । 

‘अन्तिम ३०-४० सेकेन्डमा आस नै मारिसकेको थिएँ । टोकियोमा जस्तै हुने त होइन भन्ने डर लागेको थियो । तर, अन्तिम समयमा जुन किसिमले उसले पुनरागमन गर्यो नि, त्यो मेरो जीवनकै खुसीको क्षण हो,’ प्रदीप छोरीले पदक जितेको बेला बहेको भावना सम्झन्छन् ।

पलेशाका बुवा प्रदिप गोवर्धन, तस्विर शौजन्यः प्रदीप । 

प्रदीप मध्यराति छोरीको खेल हेरिरहेका थिए । आमा मनिता पनि परिणाम कुर्दै थिइन । मनिताले कहिल्यै पनि छोरीको खेल हेर्ने आँट जुटाउन सकेकी छैनन् । तेक्वान्दो खेल नै त्यस्तो हो, जसमा अर्काको लात खानुपर्छ । अनि यस्तोमा एउटी आमाले आफ्नी प्राणप्यारी छोरीले अर्काको लात्ती खाएको कसरी हेर्न सकुन् । छोरीले पदक जितेपछि भने दुवैले खुसीका आँसु झारे ।

पलेशा अबको केही दिन सम्मान थाप्नमा व्यस्त रहनेछिन् । बुवा प्रदीप र आमा मनिता पनि पलेशासँगै दौडिनेछन् । घरमा पनि आफन्तजनहरू आउने जानेक्रम चलिरहनेछ । केही महिनापछि यो माहोल विस्तारै कम हुँदै जानेछ । अनि यी अभिभावकहरू पलेशाको नयाँ चुनौती, नयाँ सफलताका लागि फेरि पर्दा पछाडि बस्नेछन् । उनीहरूको अबको चाहना भनेको आर्किटेक्ट इन्जिनियरिङ पढिरहेकी छोरीले आफ्नो पढाइ पूरा गरुन् र राज्यले छोरीमा थप लगानी गरोस् भन्ने हो । उनले भनेका छन्, ‘पलेशाले आफूलाई प्रमाणित गरिसकेकी छन् । अब उनको लक्ष्य देशका लागि आउने पारा ओलम्पिकमा यो भन्दा पनि माथिको पदक जित्नु हो । हाम्रो साथ त रहनेछ नै, तेक्वान्दो संघ र राखेपले पनि पलेशामा थप लगानी र आवश्यक सम्झौता गर्छन् भन्ने विश्वास लिएको छु ।’