फाल्गुन ११, २०८२ सोमबार | २१:४०:१३
साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल
शनिबारको दिन

पेरिसमा पाराबाट पदकको आशा

काठमाडौं । फ्रान्समा अब बुधबारबाट सुरु हुने पेरिस पारा ओलम्पिक २०२४ ले रौनक बढ्दै छ । पारा ओलम्पिकको पाँचौं संस्करणमा नेपालबाट दुई खेलका तीन खेलाडीले चुनौती पेस गर्दैछन् ।

पेरिस पारा ओलम्पिकमा तेक्वान्दोका पलेशा गोबर्धन र भरतसिंह महता तथा पौडीका भीमबहादुर कुमालले नेपालको प्रतिनिधित्व गर्नेछन् । पलेशाको यो लगातार दोस्रो पटक ओलम्पिक सहभागिता हो । भरत र भीम भने पहिलो पटक ओलम्पिक खेल्दैछन् ।

पलेशाले छनोट चरण पारेर पेरिसमा पुग्दा भरत र भीमले वाइल्ड कार्डको सहारामा पारा ओलम्पिक खेल्ने अवसर प्राप्त गरेका हुन् । पलेशाले तेक्वान्दोको के-४४ अन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । भरतले के-४४ अन्तर्गत पुरुष ५८ केजीमुनि तौलमा सहभागिता जनाउनेछन् । भीमले पौडीको पुरुष ५० मिटर फ्रि-स्टायलमा प्रतिस्पर्धा गर्नेछन् ।

बेलायती प्रशिक्षकसँग भरत

पलेशाले चैतमा चीनको ताइयानमा सम्पन्न एसियाली तेक्वान्दो पारा ओलम्पिक छनोटको फाइनलमा इरानी खेलाडी लेला मिर्जाइलाई ५-४ अंक अन्तरले पराजित गरेकी थिइन् । फाइनल जितेर पेरिसको टिकट काटेकी पलेशा छनोट पार गरी ओलम्पिक पुग्ने पहिलो पारा खेलाडी हुन् । उक्त छनोट प्रतियोगितामा जितेको एक बाउटले भरतलाई पनि वाइल्ड कार्ड पाउन महत्त्वपूर्ण सहयोग मिलेको थियो ।  

‘तयारी राम्रो भइरहेको छ । म पेरिसको म्याटमा उत्रन निकै उत्साही छु । मैले ओलम्पिक खेल्छु भनेर कहिल्यै पनि सोचेको थिइनँ । गत संस्करणमा वाइल्ड कार्ड प्राप्त गरेको थिएँ । यसपटक छनोट भएर खेल्दै छु । यसले पनि मनोबल उच्च बनाएको छ,’ पलेशाले सुनाएकी छन् ।

यसअघि सन् २०२० मा भएको टोकियो पारा ओलम्पिकमा पलेशाले दुई वाउट जितेकी थिइन् । सुरुको पहिलो खेलमा हारे पनि ‘रिपिचेज’ को मौका पाएकी थिइन् । त्यसमा उनले दुई खेल जितेकी हुन् । कांस्य पदकका लागि भएको निर्णायक फाइटमा भने उनी चिनियाँ खेलाडी ली युजीसँग पराजित भएकी थिइन् । समग्र ओलम्पिकमै दुई खेल जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी थिइन् । पलेशा हाङचाउ पारा एसियाली खेलकुदकी कांस्य विजेता हुन् । उनले एसियाडमा पदक जित्ने पहिलो नेपाली पारा खेलाडीमा आफ्नो नाम लेखाएकी छन् । पलेशाले सन् २०२१ मा बहराइनमा भएको एसियन युथ पारा गेम्समा स्वर्ण पदक जितेर इतिहास रचिसकेकी थिइन् ।

पलेशा

‘तयारी राम्रो भइरहेको छ । म पेरिसको म्याटमा उत्रन निकै उत्साही छु । मैले ओलम्पिक खेल्छु भनेर कहिल्यै पनि सोचेको थिइनँ । गत संस्करणमा वाइल्ड कार्ड प्राप्त गरेको थिएँ । यसपटक छनोट भएर खेल्दै छु । यसले पनि मनोबल उच्च बनाएको छ,’ पलेशाले सुनाएकी छन् ।

छनोट हुँदाको त्यो क्षण

‘म पारा एसियाली खेलकुदपछि अध्ययनका लागि चीनमै बसेको थिएँ । त्यति बेला धेरैलाई पलेशा अब तेक्वान्दोमा फर्किन्न भन्ने लागेको थियो । उहाँहरूले छनोट हुन गाह्रो हुन्छ वाइल्ड कार्डमा प्रयास गर्नु नभए पढाइमै ध्यान दिए हुन्छ भन्नुभएको थियो, त्यसैले पनि मैले केही गर्नुपर्छ भन्ने हौसला बढेको थियो । आखिरमा मैले गरेर देखाएँ । वाइल्ड कार्ड पाउनु र छनोट भएर खेल्नुमा निकै फरक हुन्छ । यदि म छनोट नभएको भए पेरिसमा खेल्न पाउने सम्भावना निकै कम थियो । किनभने मैले अघिल्लो संस्करणमै वाइल्ड कार्ड पाइसकेको थिएँ । त्यति बेला अरूले भाग्यमानी भएर टोकियो जान पायौ भनेका थिए । अहिले आफ्नै क्षमताले खेल्दै छु ।’

पदक जित्ने लक्ष्य

टोकियोमा हार बेहोरे पनि धेरै सिक्ने अवसर मिलेको पलेशाको अनुभव छ । ‘टोकियो ओलम्पिकमा नजिक पुगरे पनि पदकबाट वञ्चित भएको थिएँ । अन्तिम १० सेकेन्ड सम्हालिन नसक्दा हार बेहोर्न पुगें । तर टोकियोमा मैले राम्रो अनुभव बटुल्न सफल भएँ । पहिलो पटक ठूलो खेलकुद प्रतियोगितामा खेलेकाले त्यहाँ केही नर्भस पनि भएको थिएँ । अहिले मलाई ओलम्पिकको माहोलबारे राम्रोसँग थाहा छ । अहिले प्रदर्शनमा पनि धेरै सुधार भएको छ । आफ्नो तर्फबाट शतप्रतिशत दिएर खेल्नेछु । यसपल्ट कुनै न कुनै पदक प्राप्त हुन्छ भन्ने विश्वास छ ।’  

बेलायतमा प्रशिक्षण

नेपाली टोलीले तीन सातायता बेलायतमा प्रशिक्षण गरिरहेको छ । टोली त्यतैबाट पेरिस जाने कार्यक्रम छ । पलेशा बेलायतको प्रशिक्षणले पेरिसमा उच्च प्रदर्शन गर्न मद्दत पुग्ने बताउँछिन् ।

बेलायतमा प्रशिक्षण गर्दै पलेशा

‘बेलायतमा प्रशिक्षण गर्दा हामीलाई धेरै कुराको फाइदा पुग्ने आशा छ । मुख्यतः पेरिसको वातवरणमा घुलमिल हुन सहयोग हुन्छ । त्यहाँ विश्वका उत्कृष्ट खेलाडीसँग ट्रेनिङ गर्ने अवसर मिलेको छ,’ पलेशाले खेलाडी डटकमसँग भनिन्, ‘बेलायतको प्रशिक्षणले पेरिस पारा ओलम्पिकमा मात्र नभएर अन्य प्रतियोगितालाई पनि सहयोग पुग्ने विश्वास छ ।’

प्रशिक्षकको विश्वास

पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामा पनि पेरिसमा नेपाली खेलाडीबाट उत्कृष्ट प्रदर्शन हुनेमा विश्वस्त छन् । ‘कोभिड-१९ का कारण हामीले टोकियो पारा ओलम्पिकको छनोटमा सहभागिता जनाउन पाएनौं । तर पलेशाले वाइल्ड कार्ड प्राप्त गरेकी थिइन् । अहिले उनी छनोट भएर पेरिस जाँदैछिन् । भरतले वाइल्ड कार्डमार्फत पेरिस यात्रा पक्का गरेका छन्,’ प्रशिक्षक नेगीले भने, ‘त्यतिबेला राम्रोसँग अभ्यास पनि गर्न पाएनौं । कोभिडको प्रोटोकल मान्नुपर्ने भएकाले निकै गाह्रो थियो । अहिले आफ्नो तरिकाले अभ्यास गर्न पाइरहेका छौं । म्याच एक्सपोजर पनि प्राप्त भएकाले पेरिसमा उत्कृष्ट प्रदर्शन हुन्छ भन्नेमा विश्वस्त छु । हाम्रो लक्ष्य पदक जित्नु हो ।’ टोकियो पारा ओलम्पिकमा पनि नेगी नै प्रशिक्षक थिए ।