फाल्गुन ११, २०८२ सोमबार | २१:११:००
साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल
शनिबारको दिन एलिना महर्जन

पिपल्स च्वाइस अवार्ड जित्दा खुसी एलिना

एलिना महर्जन नेपाली टेबलटेनिसले धेरै आशा गरेकी खेलाडी हुन् । राष्ट्रिय प्रतियोगितामा फाइनल प्रवेश गर्नु उनका लागि पर्याय जस्तो नै बनिसकेको छ । तर विडम्बना उनको विजेताको लक्ष्यमा सधैं नेपाल नम्बर एक नविता महर्जन बाधक बनिरहिन् । नविताले कीर्तिमानी आठ पटक राष्ट्रिय टेबलटेनिस च्याम्पियन बन्दा पाँच पटक एलिना उपविजेतामा सीमित भएकी थिइन् । उनी जति पटक फाइनल प्रवेश गरिन् उनी उवविजेतामा सीमित रहिन् ।

नविता विजेता बनिरहिन् । एलिनाको एउटा सपना छ नेपाल च्याम्पिन बन्ने र नविताको कीर्तिमान तोड्ने । राष्ट्रिय प्रतियोगितामा  पछि परे पनि उनले नविताको एउटा सफलतासँग बराबरी गरेकी छन् एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विजेता । यस अवार्डमा एकै घरका परिवारले एकै विधा जितेको पनि पहिलोपल्ट हो । त्यसो त टेबलटेनिस खेलाडी पिपल्स च्वाइसको मनोनयनमा परेको यो तेस्रोपल्ट थियो । यो खेलकै लागि पनि यो खुसीको उपलब्धि हो ।

संयोग नै भन्नुपर्दा तीनै पटक यस विधाको मनोनयनमा परेका टेबलटेनिस खेलाडी विजेता बनेका छन् । यसअघि २०७२ सालमा नेपाल नम्बर एक महिला टेबलटेनिस खेलाडी नविता महर्जन र २०७४ सालमा स्यान्टु श्रेष्ठ पिपल्स च्वाइस विजेता छन् । नेपाल च्याम्पियन बन्ने अर्जुनदृष्टि लिएकी एलिनाका लागि पिपल्स च्वाइस अवार्ड एउटा बलियो खुड्किलो बन्न सक्छ । एलिना दक्षिण एसियाली खेलकुद (साग) मा टेबलटेनिसतर्फ लगातार दुई पटक कांस्य पदक विजेता हुन् ।

भारतमा सम्पन्न १२औं सागमा महिला डबल्सकी कांस्य विजेता एलिनाले १३औं सागमा टिभ इभेन्टमा कांस्य पदक जितिन् । उनको सफलतामा अर्को एउटा गाथा थपिएको छ, पिपल्स च्वाइस २०७७ की विजेता । जसलाई एलिना आगामी दिनका लागि मनोबल बढाउने सबैभन्दा राम्रो अधारको रूपमा लिन्छिन् । ‘मनोनयनमा यति ठूला खेलाडीहरूसँग पर्दा नै म खुसी थिएँ । आज अवार्ड नै जित्दा झनै खुसी छु । यहाँसम्म आइपुग्न सहयोग गर्ने मेरो परिवार र सबैमा धन्यवाद दिन चाहन्छु,’ अवार्ड जित्दा स्टेजमा उनले राखेको भनाइ थियो ।

हुन पनि अवार्ड जितेपछि एलिना साह्रै खुसी देखिएकी थिइन् र यो स्वाभाविक पनि छ । पिपल्स च्वाइसको मनोनयनमा नेपाली महिला फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा, ब्याटमिन्टनका जुनियरतर्फ विश्व नम्बर एक प्रिन्स दाहाल, मध्यम गतिकी अब्बल धाविका सन्तोषी श्रेष्ठ र नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलसँगै परेकी एलिना सबैलाई पछि पार्दै वर्षको लोकप्रिय खेलाडी बनिन् । एलिनाले कुल मतको ४७.८३३ प्रतिशत मत प्राप्त गरिन् ।

जुन आफैंमा एक प्रकारले कीर्तिमान जस्तै हो । ‘मेरो लक्ष्य नेपाल च्याम्पियन बन्ने हो र यो अवार्डले मलाई थप राम्रो प्रदर्शन गर्दै सो सफलतासम्म पुग्न मनोबल दिएको छ,’ एलिनाले भनिन्, ‘म यो अवार्डलाई नेपाली टेबलटेनिसको सफलताको रूपमा लिन चाहन्छु ।’ परिवार नै टेबलटेनिसमय भएपछि एलिना पनि यस खेलप्रति आकर्षित भएकी थिइन् । उनका दाजु राजेश महर्जन टेबल टेनिसका प्रशिक्षक, जसले धेरै वर्षअघि काठमाडौं नयाँबजारस्थित परिवारमा टेबलटेनिस खेल भित्र्याएका थिए ।

उनको परिवारमा सबैजना टेबलटेनिसका खेलाडी बने । एलिना र उनका अन्य दुई दिदीबहिनी । पछि त्यस घरमा नविता पनि भित्रिइन् । त्यसअगाडि नविता च्याम्पियन नै थिइन् । पछि पनि च्याम्पियन रहिन् ।