चैत्र १६, २०८२ सोमबार | १८:५४:३४
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य
शनिबारको दिन टेबल टेनिस

मातृत्वको मिठासमा नविता

काठमाडौं । मातृत्वको अनुभव सबै महिलाका लागि एउटा मीठो क्षण हुने गर्छ । त्यही अनुभवको आनन्द लिइरहेकी छन्, आठपल्टकी राष्ट्रिय टेबलटेनिस च्याम्पियन नविता श्रेष्ठ ।

माघ २८ उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण दिन र क्षणमा पर्दछ । जुन दिन उनले त्रिुपेरश्वरस्थित ब्लुक्रस अस्पतालमा आफ्नो पहिलो सन्तानको रूपमा छोरा (रायन) लाई जन्म दिइन् । त्यतिबेला उनको शल्यक्रिया गर्ने तय भएको थियो ।

अस्पताल जाँदा सामान्य भएर जान तयार नवितालाई अस्पतालमा के-के सामान लैजानुपर्छ र के कस्तो बन्दोबस्त गर्नुपर्छ भनेर ज्ञान थिएन । तर उनीसँग प्रसूति अवस्थाका क्रममा अस्पतालमा भएको रमाइलो क्षण ताजै छ ।

नविता हाँस्दै सुनाउँछिन्, ‘रमाइलो भयो । बिहान ७ बजे सर्जरी गर्न अस्पताल पुग्यौं । सर्जरी हुन लाग्दा मनमा केही डर थिएन ।  तर, त्यसबीचमा असाध्यै निद्रा लाग्यो । डाक्टरलाई निद्रा लाग्यो म सुुत्छु भनेर सोधें । डाक्टरले हुन्छ भनेपछि एकछिन सुतें । त्यसपछि उठेर हेर्दा बच्चा जन्मिइसकेको रहेछ ।’

निद्राबाट ब्युँझिएपछि बच्चाको पहिलो दृश्यले आफूलाई छुट्टै संसारमा पुगेको अनुभव गराएको उनी बताउँछिन् ।

‘उसलाई नुहाइरहेको, सफा गरिरहेको, छोरा रोएको देखेर छुट्टै किसिमको अनुभव भयो । छुट्टै संसारमा पुगेको महसुस गरायो । एकदमै खुसी भएको थिएँ,’ उनले त्यो बेलाको क्षण सम्झिँदै भनिन् ।

बिहानदेखि बेलुकासम्म टेबलटेनिसको प्रशिक्षण र प्रतियोगितामा समय बिताउने नविताका लागि बच्चा सम्हाल्न सहज थिएन । खेल तथा पढाइमा हरेक चुनौतीलाई सजिलै सामना गरेकी उनका लागि आमा बन्नु भने जिन्दगीको सबैभन्दा ठूलो चुनौती रह्यो ।

‘मेरो जिन्दगी नै परिवर्तन भयो । अहिले बिहानदेखि राति र त्यसबीचसम्म पनि बाबु–बाबु मात्र हुन्छ । एकदमै राम्रो र रमाइलो अनुभव भइरहेको छ,’ उनले भनिन्, ‘बच्चाका स-साना कुरा पनि केही थाहा थिएन । दिदीबहिनीलाई सोधें, युट्युबमा हेरेर बाबुलाई सम्हालिरहेकी छु । अहिले अलि थाहा भइसक्यो ।’

नविताले आफू गर्भवती भएको आठ महिनासम्म पनि प्रशिक्षण गराइरहेकी थिइन् । छोरा ६ महिनाको हुँदा उनी प्रशिक्षणमा फर्किसकेकी थिइन् । तर, खेल्न नसकेपछि आराममा रहिन् ।

नविताले सिनावर्ता युनिर्भसिटीबाट एमबीए गरेकी छन् । पढाइ र खेललाई व्यवस्थापन गर्दै आएकी उनले खेल करियर र बच्चाको रेखेदख एवं लालनपालनमा भने सोचेजस्तो सहज नहुने अनुभव सुनाइन् ।

‘सोचजस्तो नहुने रहेछ । गर्न सक्छु भन्ने आत्मविश्वास छ तर व्यवस्थापन गर्न धेरै गाह्रो हुँदोरहेछ । तल प्रशिक्षण गराइरहेको हुन्छु, उता बाबु रोएको आवाज आउँदा के भयो भनेर मन शान्त हुँदैन । राति राम्रोसँग सुत्न पाइँदैन । उसलाई समय-समयमा खुवाउनुपर्छ । अलिकति गाह्रै भइरहेछ,’ बच्चा सम्हाल्दाको अनुभव उनले यसरी साटिन् । नेपालकी नम्बर एक टेबलटेनिस खेलाडी नविता घरेलु भूमिमा नै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) यता प्रतिस्पर्धामा छैनन् । सागमा मिक्स डबल्सतर्फ नविताले स्यान्टु श्रेष्ठसँग मिलेर कांस्य पदक जितेकी थिइन् ।

विश्वभर कोभिड-१९ का कारण लकडाउन भएपछि खेलकुद पनि ठप्प भएको थियो । जसका कारण नवितालाई भने फाइदा नै भयो । यहीं समयमा उनको बच्चा जन्मियो र हुर्किंदै छ । यो समय खेलमा प्रतिस्पर्धा गर्नु नपरेपछि उनले एउटी आमाका लागि चाहिने जति आराम पाएकी छन् ।

टेबलटेनिसका स्टार स्यान्टु श्रेष्ठ पनि नविताको प्रशिक्षणमा उदाएका खेलाडी हुन् । स्यान्टुजस्तै धेरै खेलाडी उत्पादन गर्ने उद्देश्यसाथ नविताले नयाँबजारको खुसिँबुमा २०७७ माघ १९ देखि ‘स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी’ सञ्चालनमा ल्याएकी छन् ।

‘मेरो लक्ष्य स्यान्टुजस्तै अरू खेलाडी उत्पादन गर्ने हो । त्यसैले खेलाडीको संख्यामा भन्दा पनि उनीहरूको क्षमतामा ध्यान दिएको छु । एकेडेमीमा सीमित खेलाडीलाई मात्र लिएको छु । जसको धेरै खेल्ने इच्छा छ र पछिसम्म खेल्ने लक्ष्य राखेको छ, त्यस्तालाई मात्र प्रशिक्षण गराइरहेको छु । तीन–चार खेलाडीलाई सिकाउँछु तर उत्कृष्ट बनाउँछु भन्ने छ,’ उनले व्यावसायिक लक्ष्य सुनाइन् ।

घरसँगै जोडिएको एकेडेमीमा उनले बिहान र बेलुका दुई समय प्रशिक्षण दिन्छिन् । छात्रभन्दा छात्रा खेलाडी राम्रो भइरहेको उनको बुझाइ छ ।

दुई वर्षदेखि आराममा रहेकी नविताले केही समयपछि खेलमा पुनरागमन गर्ने सोच बनाएकी छन् । नेपाल पुलिस क्लबबाट व्यावसायिक खेल खेलिरहेकी नविताले छोरा एक वर्षको भएपछि प्रशिक्षणको सुरुआत गर्ने सुनाइन् ।

‘म शतप्रतिशत खेलमा कमब्याक हुन्छु । पुलिसको जिम्मेवारी छ । यत्तिकै छोड्दिनँ । निरन्तरता दिन्छु । बाबु वर्षको भएपछि प्रशिक्षणमा फर्किन्छु,’ उनी भन्छिन् ।

भविष्यमा छोरालाई पनि टेबलटेनिस खेलाडी बनाउने लक्ष्य लिएकी नविताले १० महिना पुगेपछि छोरा रायनलाई एकेडेमी हलमा लगेर खेलाइसकेकी छन् । बेलामौकामा उनले छोरा रायनलाई टेबलटेनिसको भिडियोहरू देखाउने गर्छिन् । (तस्बिरहरु : कबिर महर्जन/खेलाडी)