खेलाडी सरुवामै ४८ अर्ब डलर  

जेनेभा, (खेलाडी)- विश्व फुटबलको सर्वोच्च निकाय फिफाको एक अध्ययनले एक दशकमा खेलाडी सरुवामा ४८ अर्ब ५० करोडभन्दा बढिको कारोबार भएको देखिएको छ ।

फिफाले २०११ देखी २०२० बीचको अवधिमा गरेको गहन अध्ययनमा यस्तो तथ्यांक देखिएको हो । 

फिफाको यस अध्ययनले खेलाडी किनबेचमा सबैभन्दा धेरै खर्च इङ्लिस क्लबहरुले गर्ने र त्यसमा पनि म्यानचेस्टर सिटी र चेल्सीलाई सबभन्दा अगाडि रहेको देखाएको छ । प्रतिवेदनले सरुवा बजारमा सबभन्दा बढि खर्च गर्ने विभिन्न लिगका क्लबका शीर्ष ३० क्लबमध्ये प्रिमियर लिगका मात्र १२ क्लब रहेको देखाएको छ । 

पछिल्लो एक दशकमा सरुवामा संलग्न हुनेमा सबैभन्दा धेरै ब्राजिलका खेलाडी रहेको र उनीहरुमा बाँकी देशका खेलाडीको तुलनामा निकै रकम खर्च गरिएको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनले इङ्लिस क्लब साउथह्याम्टन सुचिको २१औं स्थानमा रहेको देखाएको छ जुन जर्मन क्लब बोरुसिया डर्टमन्डभन्दा पनि माथी हो । 

पछिल्लो एक दशकमा सरुवामा संलग्न हुनेमा सबैभन्दा धेरै ब्राजिलका खेलाडी रहेको र उनीहरुमा बाँकी देशका खेलाडीको तुलनामा निकै रकम खर्च गरिएको प्रतिवेदनले देखाएको छ ।

रिर्पोटले १५ हजार १ सय २८ ब्राजिली खेलाडीमा मात्रै ७ अर्ब ७ करोड डलर खर्च भएको उल्लेख छ । 

सरुवामा हालसम्म २० करोड डलरमाथिको रकममा बिक्री हुने खेलाडीको सुचिमा नेइमारमात्र छन् । २०१७ मा पेरिस सेन्ट जर्मन (पिएसजी)ले नेइमारलाई बार्सिलोनाबाट २२ करोड २० लाख डलरमा अनुबन्ध गरेको थियो । 

फिफाको प्रतिवेदनले पछिल्लो एक दशकमा एजेन्टको शुल्कमा मात्रै ३ अर्ब ५० करोड डलर खर्च भएको र यो अवधिमा सरुवामा एजेन्टको प्रयोग ६९.१ प्रतिशतले वृद्धि भएको देखाएको छ । 

यस सुचिको शिर्ष स्थानमा म्यानचेस्टर सिटी रहेको छ । जसलाई चेल्सी, बार्सिलोना, पिएसजी र रियाल मड्रिडले क्रमैसँग पछ्याइरहेका छन् ।