मरे पहिलो चरणमै स्तब्ध

न्युयोर्क, (खेलाडी)- बेलायती स्टार एन्डी मरेले मंगलबार युएस ओपन पहिलो चरणअन्तर्गतको सनसनीपूर्ण खेलमा ग्रिसका स्टेफानोस सिटसिपलाई नतिजा सुम्पिएका छन् । 

मगलबार बिहान पाँच सेट सम्म चलेको खेलमा सिटसिपसले मरेलाई ३-२ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान पक्का गरे ।

उनले मरेको चुनौती २-६, ७-६ (९/७) ३-६, ६-३, ६-४ ले समाप्त पारेका थिए । पूर्व विश्व नम्बर एक मरे पहिलो सेट जिते पनि दोस्रो सेटमा निराश भए । तेस्रो सेटमा पुनरामगन गरेका मरेले चोथो र पाँचौ सेट गुमाएपछि दोस्रो चरण प्रवेशको ढोका बन्द भएको थियो ।

गम्भीर चोटका कारण लामो समय कोर्ट बाहिर रहेका मरे हाल विश्व वरियताको १ सय १२औं स्थानमा छन् । युएस ओपनमा मंगलबार मरे आकर्षणको केन्द्र बनेका थिए ।

‘मरेविरुद्धको जित सहज थिएन,’ सिटसिपसले भने, ‘धैर्यका कारण नै आजको जित सम्भव भयो ।’