Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

युएस ओपन आज रातिदेखि: मरे, जोकोभिच, हालेप खेल्दै

खेलाडी (काठमाडौं) – सोमबार रातिदेखि वर्षको अन्तिम ग्रान्ड स्लाम युएस ओपन सुरु हुँदैछ ।

यो सिजन युएस ओपनमा राफेल नाडाल, रोजर फेडेरर, सेरेना विलियम्स जस्ता खेलाडी अनुपस्थित हुनेछन् । विश्व नम्बर एक नोभाक जोकोभिच, एन्डी मुरे स्टेफानो सित्सिपस, सिमोना हालेप, गार्बिन मुगुरुजा लगायताका खेलाडीले पहिलो दिनबाटै प्रतिस्पर्धा सुरु गर्नेछन् ।

तर, सोमबार राति हुने प्रतिस्पर्धाको केन्द्रबिन्दुमा भने नोभाक जोकोभिच हुनेछन् । किनभने, उनले आजबाट ऐतिहासिक २१औं ग्रान्ड स्लाम जित्ने लक्ष्यको सुरुआत गर्नेछन् ।

पुरुष एकलतर्फ ठूला नामहरू अनुपस्थित हुँदा जोकोभिचले वर्षको चौथो ग्रान्ड स्लाम पनि आफ्नै नाममा पार्ने अनुमान गर्न सकिन्छ ।

चोटका कारण विलियम्स, फेडेरर नाडालले प्रतियोगिता गुमाउने भएसँगै युएस ओपन १९९७ यता पहिलो पटक एकलतर्फ तीनै जना स्टार बिना हुँदैछ ।

३४ वर्षीय जोकोभिच यो युएस ओपन जित्दै नाडाल र फेडेररसँगलाई पछि पार्दै सर्वाधिक ग्रान्ड स्लाम जित्ने तयारीमा छन् । महिलातर्फ जापानी युवा खेलाडी नाओमी ओसाका चार वर्षमा तेस्रो पटक युएस ओपनको उपाधि उचाल्ने तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस

\