Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

सर्वकालिन महान खेलाडी बन्ने अभियानमा जोकोभिच

वसिङटन, (खेलाडी)- सन् २०१६ मा फ्रेन्च ओपनको उपाधि जितेपछि सर्बियाका नोभाक जोकोभिच रड लाभरपछि चार वटै ग्रान्ड स्लाम जित्ने पहिलो खेलाडी बनेका थिए । 

यद्धपी फ्रेन्च ओपन जितेको केही सातापछि विम्बल्डनमा साम क्वेरीसँग निराश भएसँगै एकै वर्षमा चार वटै ग्रान्ड स्लाम जित्ने जोकोभिचको लक्ष्यले पूर्णता भने पाउन सकेन ।

पाँच वर्षपछि जोकोभिच पुन एक पटक एकै वर्ष सबै चार ग्रान्ड स्लामको उपाधि जित्ने कीर्तिमान नजिक पुगेका छन् ।  

यो वर्ष जोकोभिचले अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्वल्डन जितिसकेका छन् । सोमबारबाट वर्षको अन्तिम ग्रान्ड स्लाम युएस ओपन सुरु हुदैछ । युएस ओपनमा उपाधि जिते जोकोभिचको एकै वर्ष सबै चार ग्रान्ड स्लाम जित्ने लक्ष्यले पूर्णता पाउनेछ ।

सन् १९६९ मा लाभरले एकै वर्ष सबै चार ग्रान्ड स्लाममा क्लिन स्विप गर्दै दुर्लभ कीर्तिमान रचेका थिए । जुन अहिले सम्म कसैले पनि तोड्न सकेका छैनन् ।

जोकोभिचले यसपाली युएस ओपन जिते त्यसले नयाँ इतिहास रच्नेछ ।

‘म धैर्य गर्न सक्दिन । साँच्चै भन्नुपर्दा म अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरित भैरहेको छु,’ मंगलबार पहिलो चरणमा डेनमार्कका होल्गर रियुनको सामाना गर्ने तयारी गरिरहेका जोकोभिचले भने, ‘मैले अनावश्यक दबाब लिन आवश्यक छैन । मात्र मैले स्वभाविक प्रदर्शनको निरन्तरता दिनुपर्छ । मैले दबाबका बीचमा पनि धेरै पटक खेलिसकेको छु । मेरो सामु इतिहास रच्ने अवसर छ र म यसपाली त्यो अवसर खेर जान दिने पक्षमा छैन ।’

जोकोभिचले २० पटक ग्रान्ड स्लामको उपाधि जित्दै रोजर फेडेरर र राफेल नाडालसँग सर्वाधिक ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडीको कीर्तिमानमा बराबरी गरिसकेका छन् ।

अमेरिकामा हात पार्ने सम्भावित सफलता (२१ औै ग्रान्ड स्लाम)ले जोकोभचिका लागि पुरुष टेनिसमा  आफूलाई विश्व टेनिसकै सर्वकालिन महान खेलाडीका रुपमा उभ्याउने छ । 

प्रतिक्रिया दिनुहोस

\