Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

मेसीले आज पिएसजीबाट ‘डेब्यु’ गर्ने !

पेरिस, (खेलाडी)- अर्जेन्टिनी स्टार लियोनल मेसीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बाट ‘डेब्यु’ गर्ने पक्का भएको छ ।

मेसीलाई समावेश गर्दै पिएसजीले रेइम्सविरुद्ध खेल्ने टिम घोषणा गरेको छ । यद्धपी मेसीभन्दा केही दिनअघि मात्रै पिएसजीसँग जोडिएका रियाल मड्रिड पूर्व खेलाडी तथा कप्तान सर्जियो रामोस भने टोलीमा अझै समावेश भएका छैनन् । 

आज राति हुने रेइम्सविरुद्धको खेलका लागी पिएसजीले घोषणा गरेको २२ सदस्यीय टिममा मेसी अटाएका छन् । 

पिएसजीले खेलेका यसअघिका तीन खेलमा मेसीले मौका पाएका थिएनन् । पिएसजीले घोषणा गरेको टोलीमा मेसीसँगै किलियन एमबाप्पे र नेइमार पनि छन् ।

रेइम्सको मैदानमा हुने खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ । 

२१ वर्ष बार्सिलोनामा विताएका मेसी यसै सिजन पिएसजीमा आवद्ध भएका हुन् । प्रशिक्षणमा सहभागी भए पनि पिएसजीको यसअघिका खेलमा मेसीसँगै नेइमार समेत टिममा थिएनन् । मेसी र नेइमार विना नै सिजनको सुरुआती तीन खेलमा टोलीले सत प्रतिसत नतिजा निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस

\