Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

एमबाप्पे पिएसजीमै प्रतिबद्ध, मेसीले आइतबार पिएसजीको जर्सीमा पहिलो खेल खेल्न सक्ने 

पेरिस, (खेलाडी)- पेरिस सेन्ट जर्मन (पिएसजी) का मुख्य प्रशिक्षक माउरिसियो पोचेटिन्होले किलियन एमबाप्पे आफ्नो टोलीका महत्वपूर्ण हिस्सा रहेको बताउँदै उनले क्लब छोड्ने विषयमा कुनै कुरा नगरेको बताएका छन् । 

घरेलु लिग वानअन्तर्गत आइतबार रेइम्सको भ्रमण गर्दा एमबाप्पे टोलीमा कायम रहने उनले बताए । आइतबारको खेलमा हालैमात्र क्लबले बार्सिलोनाबाट भित्र्याएका अर्जेन्टिनी सुपरस्टार तथा नेइमार पनि मैदान उत्रिने सम्भावना रहेको पोचेटिन्होले बताए ।

मेसीको पेरिस आगमनमा एमबाप्पे खुसी नरहेको र उनी सरुवाको खोजीमा रहेको चर्चा चलेको थियो । पछिल्ला केही दिनदेखि स्पेनिस महारथी रियाल मड्रिडले उनलाई भित्र्याउन औपचारिक प्रयास थालेका समाचारले पनि ठाउँ पाउन थालेका छन् । 

स्पेन तथा फ्रान्सका सञ्चार माध्यमहरुले जनाएअनुसार रियालले एमबाप्पेका लागि १७ करोड युरोको प्रस्ताब गरेको छ । तर पिएसजीले विश्वकप विजेता फ्रान्सका २२ वर्षे फरवार्डका लागि २० करोड हाराहारीमा सरुवा रकम पाएमात्र बेच्ने प्रष्ट पारेको बताइएको छ । 

फ्रान्सेली महारथीका लागि एमबाप्पेले १ सय ७४ खेलमा १ सय ३३ गोल गरिसकेका छन् । उनी रेइम्सविरुद्धको खेलका लागि शनिबार पिएसजीको अभ्यासमा सामेल भएका थिए । 

‘पक्कै पनि उनीहरु सबै जना भोलीको खेलमा पहिलो रोजाईबाटै मैदान उत्रिनेछन्,’ मेसी, एमबाप्पे र नेइमारको वारेमा पोचेटिन्होले भने, ‘किलियन एमबाप्पेले भोलीको खेलका लागि निक्कै मेहनतका साथ तयारी गरिरहेका छन् । उनले अहिलेसम्म क्लबसँग आफू अन्यत्र सरुवाका लागि इच्छुक रहेको बताएका छैनन् । उनी पिएसजीमै प्रतिबद्ध छन् ।’

फ्रेन्च लिग वानको नयाँ सिजनमा पिएसजीले अहिलेसम्म सतप्रतिसत नतिजायात्रालाई निरन्तरता दिएको छ । सिजनका तीन खेलमा सबै जितेको टोलीले ९ अंक जोडेको छ । 

प्रतिक्रिया दिनुहोस

\