अपराजित भ्यालेन्सिया शीर्ष स्थानमा

मड्रिड, (खेलाडी)- भ्यालेन्सियाले स्पेनिस ला लिगाको नयाँ सिजनमा अपराजित यात्रालाई तेस्रो खेल सम्म निरन्तरता दिएको छ । 

ला लिगा अन्गर्तत शनिबार भएको खेलमा भ्यालेन्सियाले डेपोर्टिभो आल्भेसलाई ३-० ले हरायो । यो जितसँगै तीन खेलमा ७ अंक जोड्न सफल टोली गोलअन्तरमा रियाल मायोर्कालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । 

भ्यालेन्सियाको जितमा ड्यानिअल वास, कार्लोस सोलर र गोन्कालो ग्युडेसले गोल गरेका थिए ।

खेलको तेस्रो मिनेटमा वासले भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सोलरले बललाई जाली चुमाउँदै भ्यालेन्सियाको अग्रता दोब्बर पारेका थिए । 

६०औं मिनेटमा ग्युडेसले भ्यालेन्सियाको अग्रता ३-० मा पुर्‍याएका थिए । 

ला लिगामा शुक्रबार मालेर्मोले स्पान्योललाई १-० को नतिजामा हराएको थियो ।