Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

सहज जितसहित साल्जबर्ग अन्तिम ३२ मा 

पेरिस, (खेलाडी)- रेडबुल साल्जबर्गले च्याम्पियन्स लिग समूह चरण प्रवेशको यात्रा सहज बनाउने क्रममा बुधबार राति ब्रोन्डबी आइएफमाथि २-१ को जित हासिल गरेको छ ।

घरेलु मैदानमा भएको अघिल्ले लेगमा पनि २-१ कै अन्तरमा जित हासिल गरेको साल्जबर्ग ४-२ को समग्र अन्तरमा विपक्षीलाई पछि पार्दै युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिताका लागि छानियो । 

बेन्जामिन सेस्कोको गोलबाट चौथो मिनेटमा अग्रता लिएको साल्जबर्गका लागि त्यसको ६ मिनेटपछि ब्रन्डेन आरोन्सनले अर्को गोल थपेका थिए । 

सुरुआति १० मिनेटमै दुई गोल गरेपछि साल्जबर्ग सहज अवस्थमा पुगेको थियो । जहाँ ६२औं मिनेटमा ब्रोन्डबीका आन्द्रियास म्याक्सोईले एक गोल फर्काए पनि प्रतिस्पर्धामा कायम रहन त्यो पर्याप्त भएन । 

प्रतिक्रिया दिनुहोस

\