Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

मोनाकोलाई पन्छाउँदै साख्तर च्याम्पियन्स लिगको समूह चरणमा

पेरिस, (खेलाडी)- अतिरिक्त समयमा गोल गर्दै साख्तर डोनेस्कले मंगलबार राति मोनाकोलाई निराश पारेर च्याम्पियन्स लिगको समूह चरणमा स्थान पक्का गरेको छ ।

साख्तरले गए राति अतिरिक्त समयमा गोल गर्दै २-२ को बराबरी नतिजा निकालेर युरोपेली फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको टिकट काटेको थियो । 

निर्धारित ९० मिनेटको खेलमा मोनाको २-१ ले विजयी भएको थियो । तर अघिल्लो लेग मोनाकोले १-० ले जितेको कारण समग्र नतिजा २-२ को बराबरी भयो । जसका कारण अतिरिक्त समयमा धकेलिएको खेलमा मोनाकोका रुबेन एग्विलरले आत्मघाति गोल गरेपछि साख्तरको समूह चरण यात्रा पक्का भएको थियो ।

विसाम बेन याडरले पहिलो हाफमै दुई गोल गरेपछि फ्रान्सेली लिग वानको टोली मोनाको सहज अवस्थामा पुगेको थियो । तर त्यसलाई जोगाउन नसक्दा टोलीले च्याम्पियन्स लिगको समूह चरण खेल्ने अवसर चुकायो । 

समय सकिन १६ मिनेट बाँकी रहँदा मारियोसले गोल गर्दै युक्रेनको प्रतिनिधि शाख्तरलाई खेलमा फर्काएका थिए । मारियोसको गोलसँगै खेल समग्रमा २-२ को बराबरीमा आएको थियो । जहाँ अतिरिक्त समयको २३औं मिनेटमा विपक्षी टोलीक खेलाडीबाट आत्मघाति गोलको उपहार पाउँदा साख्तर ३-२ को समग्र अन्तरमा हावी हुँदै समूह चरणलाई छानियो ।

प्रतिक्रिया दिनुहोस

\