हैदराबादलाई पञ्जाबकोे मध्यम लक्ष्य

दुबाई, (खेलाडी)- पञ्जाब किग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा सनराइजर्स हैदराबादलाई १ सय २६ रनको लक्ष्य दिएको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय २५ रन जोड्यो ।

पञ्जाबका एडिन मार्करामले सर्वाधिक २७ रन बनाउदा कप्तान तथा ओपनर लोकेश राहुलले २१ रन जोडे ।

हैदराबादका जसन होल्डरले तीन विकेट लिँदा सन्दिप शर्मा,भुवनेश्वर कुमार,रासिद खान र अब्दुलले समान एक विकेट लिए ।