रेड जोनमा पर्ने देशका प्रिमियर लिगका खेलाडीले अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने

लन्डन, (खेलाडी)- इङ्लिस प्रिमियर लिगका क्लबहरुले अन्तर्राष्ट्रिय खेलका लागी कोभिड १९ महामारीको बढि जोखिम भएका (रेड जोनमा रहेका) देशहरुमा खेलाडी नपठाउने भएको छ । 

कोभिड १९ नियन्त्रणका लागि बेलायती सरकारद्धारा लागु मापदण्डका कारण पनि प्रिमियर लिगले यस्तो निर्णय गरेको हो । 

बेलायत सरकारको स्वास्थ्य मापदण्डअनुसार रेड जोनमा रहेका देशबाट फर्किनेहरुले १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । जसका कारण प्रिमियर लिगले सर्वसम्मतिमा रेड जोनमा पर्ने देश खेलाडीलाई अन्तर्राष्ट्रिय खेलका लागि समेत नपठाउने निर्णय गरेको हो । 

प्रिमियर लिगले नचाहँदा नचाहँदै पनि सर्वसम्मतिबाट यस्तो निर्णय गर्नुपरेको बताएको छ । 
लिगले यसको समाधान खोज्न फुटबल संघ (एफए) र सरकारबीच व्यापक छलफल भएको तर समाधानको कुनै बाटो भेटन नसकिएको उल्लेख गरेको छ । 

अन्तर्राष्ट्रिय खेलका लागी रेड जोनमा रहेका २६ देशका ६० खेलाडी प्रिमियर लिगका १९ क्लबबाट व्यवसायिक फुटबल खेलीरहेका छन् ।