सिटीको रवाफ

लन्डन, (खेलाडी)- रियाद माहरेजले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले पुनरागमनमा विकममाथि रवफिलो जित हासिल गर्दै इङलिस लिग कपको अन्तिम १६ मा स्थान पक्का गरको छ ।

मंगलबार भएको खेलमा सिटीले विकममाथि ६-१ को सानदार जित हात पारेको थियो ।

२२औं मिनेटमा हलानको गोलमा विकमले अग्रता लिएको थियो । त्यसको सात मिनेटपछि केभिन डी ब्रुयनाले गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए । मध्यान्तर हुन दुई मिनेट बाँकी रहँदा माहरेले सिटीलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफको इन्जुरीको समयमा फिल फोडेनले गरेको गोलमा सिटीले ३-१ को अग्रता लिएको थियो ।

७८औं मिनेटमा फेरान टोरेसले सिटीलाई फराकिलो जिततर्फ डोहोर्याएका थिए । ८१औं मिनेटमा माहरेजले बललाई जाली चुमाउँदै सिटीको अग्रता थप बढाएका थिए ।

खेल सकिन दुई मिनेट बाँकी हुँदा पाल्मरले गरेको गोलमा सिटीले सानदार जितका साथ अन्तिम १६ यात्रा पक्का गरेको हो ।