पन्जाव र राजस्थान भिड्दै 

दिल्ली, (खेलाडी)- इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज (मंगलबार) पन्जाव किंग्स् र राजस्थान रोयल्सबिच प्रतिस्पर्धा हुदैछ ।

युनाइटेड अरब इमिरेट्स (युएइ) को दुबाइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ ।

आइपिएलमा हालसम्म यि दुई टोली २२ पटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका छन् । जसमा नतिजामा राजस्थान पञ्जावमाथि हाबी देखिएको छ । राजस्थानले १२ खेलमा जित हात पार्दा पन्जावले १० खेल आफ्नो पक्षमा पारेको छ ।

सात खेलमा ६ अंकका साथ राजस्थान छैटौ स्थानमा छ भने आठ खेल खेलेको पञ्जाब समान ६ अकका साथ सातौ स्थानमा छ ।