Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

एभर्टनको अपराजित यात्रामा पूर्णविराम, एस्टन भिल्ला ३-० ले विजयी

लन्डन, (खेलाडी)- इङ्लिस प्रिमियर लिगमा एभर्टनको अपराजित यात्रामा पूर्णविराम लगाउने क्रममा एस्टन भिल्लाले गए राति भिल्ला पार्कमा ३-० को जित हासिल गरेको छ । 

पहिलो हाफ प्रतिस्पर्धात्मक भए पनि दोस्रो हाफमा एस्टन भिल्लाले तीन गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । 

डगलस लुइजको पासलाई माटी क्यासले गोलमा परिणत गर्दै ६६औं मिनेटमा एस्टन भिल्लाको खाता खोलेका थिए । त्यसको तीन मिनेट नबित्दै एभर्टनका लुकास डिङ्गेले आत्मघाति गोल गरेपछि भ्रमणकारी टोलीको खेलमा फर्कने सम्भावना अझै कमजोर बन्यो । 

ड्यानी इङ्ग्सको पासमा लियोन बेलीले ७५औं मिनेटमा गोल गरेर एस्टन भिल्लाको तीन अंक पक्का गरे । 

प्रतिक्रिया दिनुहोस

\