Breaking News
गृहपृष्ठ/ अन्य
Image
Image
Image
Image
- खेलाडी

पोलिस खेलाडीले उपकारी कामका लागि ओलम्पिकमा जितेको पदक लिलाम गरिन

वार्सा, (खेलाडी)- टोकियो ओलम्पिकमा रजत पदक जितेकी ज्याभ्लिन थ्रोकी एक महिला खेलाडीले उक्त पदक लिलाम गरेकी छिन् । 
 
टोकियो ओलम्पिक २०२० मा ज्यावलिन थ्रोमा रजत पदक जितेकी पोल्यान्डकी मारिया आन्द्रेजले एक बालकको उपचारका लागि रकम जुटाउन उक्त पदक लिलाम गरेकी हुन् । 

क्यान्सरलाई जितेर टोकियो ओलम्पिकमा रजत जितेकी आन्द्रेजले पोल्याडकै आठ महिने एक वालक मिलोश्क मलीसाको उपचारका लागि पदक लिलाम गरेको बताएकी छिन् । 
 
समाचारहरुमा जनाइएअनुसार मिलोश्कमा मुटु सम्बन्धि गम्भीर समस्या छ । उनको तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । उनको उपचारका लागि तीन लाख ८५ हजार अमेरिकी डलर पर्ने बताइएको छ । 

आन्द्रेजले मिलोश्कको उपचारको लागि तत्काल रकम आवश्यक रहेको भन्दै सामाजिक सञ्‍जाल फेसबुकमार्फत आफूले यसको लागि ओलम्पिकमा जितेको पदक लिलाम गरेको बताइन । 

उनको पदक एक लाख २५ हजार अमेरिकी डलरमा लिलाम भएको थियो । उनले लिलामीबाट प्राप्त रकम तत्काल मलोश्कको परिवारलाई उपलब्ध गराइन् । रोचक कुरा त के भने आन्द्रेजको पदकको लिलामी सकार्ने पोलिस कम्पनीले उक्त पदक आन्द्रेजलाई फेरी फिर्ता गरिदियो । 

टाइम्स अफ इन्डियाका अनुसार मिलोश्कको उपचारका लागी चाहिने रकमको ९० प्रतिशत संकलन भइसकेको छ । 

आन्द्रेजले टोकियो ओलम्पिक २०२० मा ज्यावलिन थ्रोमा ६४.६१ मिटरको थ्रो फ्याक्दै रजत पदक जितेकी थिइन् । चीनका सियुङ लिउले ६६.३४ मिटरको थ्रो फ्याक्दै स्वर्ण जितेकी थिइन् । 

आन्द्रेज २०१६ को रियो ओलम्पिकमा मात्रै २ सेन्टिमिटरले पदक जित्‍नबाट चुकेकी थिइन् । रियो ओलम्पिक लगत्तै हाडमा क्यान्सर भए पनि उनले २०१८ मा त्यो रोगलाई जितेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस

\