Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

मेसीको आगमनसँगै पिएसजीमा एम्बाप्पेको लक्ष्य के होला ?

पेरिस, (खेलाडी) – लियोनल मेसी र बार्सिलोनाकै पूर्वसहयात्री नेयमारबीच पेरिस सेन्ट जर्मन (पिएसजी) मा पुनर्मिलान हुँदैछ । तर, अर्जेन्टिनी स्ट्राइकर मेसीको पिएसजी आगमनपछि फ्रान्सेली स्ट्राइकर केलियन एम्बाप्पेको क्लब भविष्य के हुन्छ भन्ने बारे चर्चा हुन थालेको छ ।

पिएसजीको एउटा मात्र लक्ष्य भनेको च्याम्पियन्स लिगको उपाधि जित्नु हो र त्यसका लागि स्टार खेलाडी अनुबन्धनमा पिएसजीले कुनै कसर बाँकी राखेको छैन । मेसीको आगमनसँगै पिएसजीको अग्रपंक्तिमा नेयमार, मेसी र एम्बाप्पे एक साथ उत्रने अनुमान गरिँदै आएको छ । तर, एम्बाप्पेको पिएसजीमा भविष्य भने अभैm दुबिधामा रहेको चर्चा हुन थालेको छ । मेसीले मंगलबार मात्र पिएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए । पिएसजी मेसीलाई वार्षिक ४१ मिलियन युरो दिन सहमत भएको थियो ।

मेमा मात्र नेयमारले पिएसजीसँगको सम्झौता नवीकरण गर्दै सन् २०२५ सम्म पुर्‍याइसकेका छन् । मंगलबार नै सम्झौता गरेको भए पनि मेसी बुधबार मात्र पत्रकार सम्मेलनमा उपस्थित भएका थिए । गत बिहीबार स्पेनिस ला लिगा क्लब बार्सिलोनाले अप्रत्याशित रूपमा मेसीसँगको सम्झौता अन्त्य गरेको थियो । बार्सिलोनाले चाहना हुँदा हुँदै पनि लालिगाको आर्थिक नियमका कारण मेसीसँगको सम्झौता अन्त्य गर्न बाध्य भएको जनाएको थियो ।

मेसी क्याम्प नोउ बर्हिगमनपछि आइतबार बिदाइका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित भएका थिए, जहाँ पिएसजी जाने सम्भावना सत्य भएको उनको संकेत थियो । मेसीको बर्हिगमनपछि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले आफूहरू उनलाई अनुबन्धन गर्ने दौडमा नरहेको जनाएपछि पिएसजी मेसीका लागि इच्छा देखाउने एक मात्र दाबेदार टोली बन्न पुग्यो । यता एम्बाप्पेको पिएसजीसँगको सम्झौता भने यसै सिजनको अन्त्यसँगै सकिनेछ । एम्बाप्पेलाई भित्राउन स्पेनिस लालिगा महारथी रियाल मड्रिडले लामो समयदेखि इच्छा देखाउँदै आएको छ ।

मंगलबार मात्र मड्रिडबाट छापिने खेलकुद दैनिक एएसले ‘एम्बाप्पेलाई ल्याउन सम्भव छ ?’ भन्ने शीर्षकको समाचार प्रकाशन गरेको थियो । जहाँ उल्लेख गरिएको छ, ‘मेसीको पिएसजी आगमनले एम्बाप्पेको मड्रिड सरुवाको सम्भावना बढेको छ ।’ एम्बाप्पेले भने पिएसजी छोड्ने खबर सत्य नभएको बताउँदै आएका छन् । ‘म पिएसजीमै रमाइरहेको छु भन्ने सबैलाई थाहा छ,’एम्बाप्पेले मेमा दिएको एक अन्तर्वार्तामा भनेका थिए, ‘तर क्लबसँग विभिन्न योजना छ । जुन लामो समयसम्म चल्नेछ र म यसमा सहमत छु । त्यसैले मेरो पिएसजी बर्हिगमन बारेका कुनै पनि खबर सत्य होइनन् ।’

मेसीको आगमनपछि पिएसजीका मालिक नारिस अल–खालफीलाई एम्बाप्पेको क्लब भविष्यका बारेमा सोधिएको प्रश्नमा क्लबको च्याम्पियन्स लिग उपाधि सपनामा नेयमार र एम्बाप्पेसँगै मेसी सारथी रहेको प्रतिक्रिया दिएका थिए । ‘केलियन पेरिसका खेलाडी हुन् । उनी उत्कृष्ट खेलाडी हुन् र उनीसँग जितको मानसिकता छ । उनले पटकपटक आफू यही टोलीमा बस्न रुचाउने बताउँदै आएका छन् र विश्वमा पिएसजीजस्तो प्रतिस्पर्धी टोली अरु छ जस्तो मलाई लाग्दैन,’नासिरले भने, ‘एम्बाप्पेसँग पिएसजीमा बस्नुको विकल्प छैन ।’

यस सिजनका लागि पिएसजीले मेसीभन्दा अघि जियानलुइगी डोनारुम्मा, सर्जियो रामोस, जर्जिन्हो विज्नाल्डम र असरफ हाकिमीलाई अनुबन्धन गरिसकेको छ । एम्बाप्पे पछिल्ला तीन सिजन लगातार लिग वानको शीर्ष गोलकर्ता रहँदै आएका छन् । त्यसैले पनि उनी हाल टोलीका मुख्य स्ट्राइकर हुन् । एम्बाप्पे आफूलाई टोलीका स्ट्राइकरमध्ये नम्बर एक बनाउन चाहन्छन् । तर, के मेसीको आगमनले एम्बाप्पेको लक्ष्य पूरा होला ? नेयमारले मेसीको पिएसजी आगमनबारे इन्स्टाग्राममा पोस्ट गर्दै उनको स्वागत गरेका थिए । तर हालसम्म एम्बाप्पेले भने मेसीको पिएसजी आगमनका बारेमा कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । 

मंगलबार मात्र मड्रिडबाट छापिने खेलकुद दैनिक एएसले ‘एम्बाप्पेलाई ल्याउन सम्भव छ ?’ भन्ने शीर्षकको समाचार प्रकाशन गरेको थियो । जहाँ उल्लेख गरिएको छ, ‘मेसीको पिएसजी आगमनले एम्बाप्पेको मड्रिड सरुवाको सम्भावना बढेको छ ।’ एम्बाप्पेले भने पिएसजी छोड्ने खबर सत्य नभएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

\