Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

चेल्सीलाई युइएफए सुपर कप

बेलफास्ट, (खेलाडी) – भिल्लारियललाई सडेनडेथमा पराजित गर्दै इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले युुइएफए सुपरको कपको उपाधि उचाल्दै नयाँ सिजनमा सुखद सुरुआत गरेको छ ।

निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा चेल्सीले बाजी मारेको हो । निर्धारित समयको खेलमा चेल्सीका लागि हाकिमी जियचले २७औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए । तर ७२औं मिनेटमा जेराड मोरेनोले भिल्लारियलका लागि गोल गर्दा खेल बराबरीको अवस्थामा पुगेको थियो । सुखद सिजन सुरुआत गर्ने लक्ष्यका साथ आक्रामक खेलेका दुवै टोलीले बाँकी रहेको समयमा गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन र खेल अतिरिक्त समयतिर धकेलिएको थियो ।

वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका चेल्सीका गोलकिपर किपा अरिजाब्लागाले भिल्लारियालका राउल अल्बिओलको प्रहार रोकेपछि नतिजा चेल्सीको पोल्टामा पुगेको हो । युइएफले हरेक वर्ष सिजन सुरु हुनुअघि युरोपेली क्लब फुटबलका दुई ठूला प्रतियोगिताका विजेतालाई सुपर कपको उपाधिका लागि प्रतिस्पर्धा गराउँदै आएको छ । चेल्सी गत सिजनको च्याम्पियन्स लिग विजेता हो भने भिल्लारियल युरोपा लिग विजेता हो । यी दुई बीचको प्रतिस्पर्धामा १३ हजार दर्शक उपस्थित थिए ।

चेल्सीका प्रशिक्षक थोमस टुकेलले गोलकिपरको प्रदर्शनबाट टोलीले उपाधि उचाल्दा सिजनमा सुखद सुरुआत भएको बताए । ‘खेल पेनाल्टी सुटआउटमा जाने संकेत पाएपछि हामीले गोलकिपर परिवर्तन गरेका हौं । किनभने किपा पेनाल्टी सुटआउटको खेलमा पछिल्ला समय राम्रो देखिएका छन्,’ टुकेलले भने, ‘यो प्रदर्शनले केपा लयमा छन् भन्ने संकेत दिएको छ ।’ दोस्रो हाफबाट खेलमा फर्किएर पनि पेनाल्टीमा पराजित हुनु भाग्यले साथ नदिएको भिल्लारियलका प्रशिक्षक युनई इमेरीले बताए ।

‘बलियो चेल्सीविरुद्ध भिल्लारियलले उत्कृष्ट खेल खेल्यो । निर्धारित समयमा टोलीले पुनरागमन गर्दै फर्किने संकेत देखायो,’भिल्लारियलका प्रशिक्षक इमेरीले भने, ‘उपाधिका लागि भाग्यले साथ दिएन ।’ प्रिमियर लिग आगामी शनिबारबाट सुरुआत हुँदै छ । चेल्सीले क्रिस्टल प्यालेसविरुद्ध खेल्दै सिजनको सुरुआत गर्नेछ भने स्पेनिस लालिगाको क्लब भिल्लारियलले ग्रानडासँग अगस्ट १६ मा खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ । 

निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएको खेल अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा चेल्सीले बाजी मारेको हो । वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका चेल्सीका गोलकिपर केपा अरिजाब्लागाले भिल्लारियालका राउल अल्बिओलको प्रहार रोकेपछि नतिजा चेल्सीको पोल्टामा पुग्यो ।

प्रतिक्रिया दिनुहोस

\