Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

विश्व क्रिकेटमा मालंगाको योगदान सधै यादगारः सांगाकारा


कोलम्बो, (खेलाडी), श्रीलंका क्रिकेट टोलीका पुर्व कप्तान कुमार सांगाकाराले तिब्र गतिका बलर लासिथ मालिंगा क्रिकेटका एक सुुपरस्टार भएको बताएका छन् । 

‘मलाई लाग्छ लासिथ एक सुपरस्टार थिए । श्रीलंका र विश्व क्रिकेटमा उनले दिएको योगदान सधै यादगार रहिरनेछ, संगाकाराले भने, ‘उनी साच्चै नै फरक देखिन्थे, उनको कपाल, ट्याटु र बलिङ । उनी निकै चतुर थिए र उनले जे गर्थे त्यो निकै रचनात्मक र प्रभावकारी हुन्थ्यो । हामी निकै भाग्यमानी थियौ किनकी उनी हामीसँगै थिए ।

‘मलाई अझै याद छ सन् २००७ को विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको त्यो क्षण । हामी खेलमा निकै तल परिसकेका थियौं तर मालिंगाले चार बलमा चार विकेट लिदै हामीलाई जित नजिकै पुर्याएका थिए । मैले मालिंगासँग खेले यसमा म आफुलाई निकै भाग्यसाली मान्दछु, सांगाकाराले थपे ।’

मंगलबार मालिंगाले सबैखाले क्रिकेटबाट सन्यासको घोषणा गरेपछि सांगाकाराले यस्तो बताएका हुन् । 

सन् २०१४ को ट्वान्टी २० विश्वकप विजेता टोलीका कप्तान मालिंगाले मंगलबार सामाजिक सञ्जालमार्फत सबै खाले क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

मालिंगाले यसअघि २०१९ मा टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए । 

३८ वर्षिय तिव्र गतिका बलर मालिंगाले श्रीलंकाबाट ३० टेस्ट, २ सय २६ एकदिवसीय र ८४ ट्वान्टी २० खेल अन्तर्राष्ट्रिय खेल खेलेका छन् । मालिंगाले टेस्टमा १ सय १, एकदिवसीयमा ३ सय ३८ र ट्वान्टी २० मा १ सय ७ विकेट लिएका छन् । 

सन् २००४ मा अष्टे«लियाविरुद्धको टेस्टबाट डेब्यु गरेका मालिंगाले राष्ट्रिय टोलीबाट अन्तिम खेल ६ मार्च २०२० मा वेस्ट इन्डिजविरुद्ध खेलेका थिए । 


 

प्रतिक्रिया दिनुहोस

\