Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

एउटै खेलमा चार पेनाल्टी र एक रातो कार्ड

सेभिया, (खेलाडी)- युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा गए राति समूह ‘जी’ अन्तर्गत दुवै खेल बराबरीमा टुंगिएका छन् । 

सेभियाले घरेलु मैदानमा एफसी साल्जबर्गसँग १-१ को बराबरी नतिजा निकाल्दै प्रतियोगिताको सुरुआत गर्दा लिलेले उल्फसबर्गसँग गोलरहित बराबरी खेल्यो । 

रेफ्रीले चार वटा पेनाल्टी र एउटा रातो कार्ड दिएको खेलमा सेभियाका युसुफ इन नासिरीले ५०औं मिनेटमा दोस्रो पहेलो कार्डसँगै रातो कार्ड सामना गरेका थिए । त्यसपछिको ४० मिनेटभन्दा लामो समय घरेलु टोलीले १० खेलाडीमा सिमित भएर संघर्ष गर्नुपरेको थियो । 

१३औं मिनेटमै अग्रता लिने मौका पाए पनि साल्जबर्गका करिम एडेयेमीको पेनाल्टी खेर जाँदा साल्जबर्ग निराश बनेको थियो । 

तर २१औं मिनेटमा लुका सुसिचले पेनाल्टीमा गरेको गोलबाट भ्रमणकारी साल्जबर्गले अग्रता लिएको थियो । ३७औं मिनेटमा अर्को पेनाल्टीको अवसर पाएको साल्जबर्गले अग्रता दोब्बर बनाउन भने सकेन । सुसिचको प्रहार पोस्टमा लागेर फर्किएको थियो । च्याम्पियन्स लिगको इतिहासमा एकै खेलमा तीन पेनाल्टी पाउने साल्जबर्ग पहिलो टोली हो ।

सेभियाले मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा पेनाल्टीमै गोल गरेर खेल बराबरीमा ल्यायो । टोलीका लागि क्रोएसियाली स्टार इभान राकेटिचले पेनाल्टीलाई बराबरी गोलमा परिणत गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस

\