Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
आक्रामक शतकका साथ ओमानलाई जितको बाटोमा डोर्याएका ओपनर जतिन्दर सिंह आउट भएपछि पवेलियन फर्कँदै । तस्बिर सौजन्य : क्रिकेट ओमान
Image
Image
Image
- खेलाडी

नेपाल ओमनसँग पाँच विकेटले पराजित

काठमाडौं, (खेलाडी)- विश्व क्रिकेट लिग दुई अन्तर्गत त्रिदेशीय शृंखलाको दोस्रो खेलमा नेपाल घरेलु टोली ओमानसँग पाँच विकेटले पराजित भएको छ । 

मंगलबार मस्कटको अल अमेरत क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको लक्ष्य ओमानले मात्र ३१.१ ओभरमा दुई सय रन बनाएर पाँच विकेट गुमाउदै पूरा गर्यो । 

ओमानका लागि जतिन्दर सिंहले आक्रामक ब्याटिङ गर्दै सतक प्रहार गरेपछि घरेलु मैदानमा ओमानको जित सहज बनेको थियो । जतिन्दरले ६२ बलमा १२ चौका र ६ छक्कासहित एक सय सात रनको योगदान गरे । पहिलो विकेटका लागि ओपन सोएब खानसँग २४ रनको साझेदारी गरेका जतिन्दरले दोस्रो विकेटका लागि आयान खानसँग अविजित १ सय रनको साझेदारी गरेका थिए ।

कुशल मल्लको बलमा रोहितकुमार पौडेलबाट समातिएर पवेलियन फर्किनुअघि उनले तेस्रो विकेटका लागि जेसन मक्सुदसँग सात रन थपे । चौथो विकेटका रुपमा आफै पवेलियन फर्किनुअघि उनले मोहम्मद नदिमसँग ४० रन जाेडेका थिए ।

ओमानका लागि नदिमले अविजित रहँदै ६५ बलमा दुई चौका र एक छक्का सहित ३८ रनको योगदान गर्दा विकेटकिपर सुरज कुमारले २० तथा आयान खानले १८ रनको योगदान गरे ।

नेपालका करण केसी र कुशल मल्लले दुई/दुई तथा सुशन भारीले एक विकेट  लिए ।

सन् २०१९ मा घरेलु मैदानमा भएको शृंखलामा पनि नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदा  एक सय ९६  रन मात्र जोडेको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रनको योगदान गर्दा कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१  रन बनाए ।  रोहितकुमार पौडेलले २० रनको योगदान  गरे । सन्दीप लामिछानेले १६ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

पहिलो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालको इनिङमा दोस्रो विकेटका लागि आसिफ र ज्ञानेन्द्रले ५८ रनको साझेदारी गरेका थिए । अमेरिकाविरुद्धको पहिलो खेलमा सोमबार ८४ रन जोडेका कुशललाई बिलाल खानले विकेटकिपर सुरज कुमारबाट क्याच गराएका थिए ।

ज्ञानेन्द्रले ३३ बल खेल्दै १ चौका प्रहार गरे । ज्ञानेन्द्र पवेलियन फर्किएपछि ब्याटिङ गर्न आएका रोहितसँग आसिफले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरे । रोहितले सोमबार अमेरिकाविरुद्धको खेलमा अविजित ६२ रन जोडेका थिए ।

आसिफले १ सय १२ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए ।

ओमानका बिलाल खानले ४ विकेट लिँदा नेस्टर डाम्बाले २ निकाले । मोहम्मद नादिम  र जेसान मक्सुदको नाममा समान १ विकेट रह्यो । 

पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपालले शुक्रबार अमेरिकाको सामना गर्दैैछ ।


 

प्रतिक्रिया दिनुहोस

\