Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

बायर्न म्युनिखका खेलाडीलाई प्रशिक्षकको चेतावनी- मेसी नभए पनि बार्सिलोना कमजोर छैन

म्युनिख, (खेलाडी)- बायर्न म्युनिखका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानले च्याम्पियन्स लिग समूह चरणको प्रतिद्वन्द्वी बार्सिलोना लियोनेल मेसीको अनुपस्थितीले पनि धेरै कमजोर नभएको भन्दै आफ्ना खेलाडीहरुलाई सचेत बनाएका छन् । 

आज राति बार्सिलोनासँग खेल्दै बायर्नले च्याम्पियन्स लिगको समूह ‘इ’मा यात्रा थाल्नेछ । क्याम्प नोउमा लामो समय सफल करियर बिताएपछि मेसी सिजन सुरु हुनुपूर्व बासिर्सलोना छोडेर पेरिस सेन्ट जर्मन (पिएसजी) सरुवा भएका थिए ।

मेसीको अनुपस्थितीमा घरेलु सिजनमा क्याटालानको महारथीले तीन खेलबाट सात अंक जोडेको छ । आज राति घरेलु क्याम्प नोउको मैदानमा नागेल्सम्यानको बायर्नलाई निम्त्याउँदा पनि बार्सिलोना मैदानभित्र मेसीको अनुपस्थिति खट्किन नदिने उद्देश्यमा हुनेछ ।

‘पक्कै पनि बार्सिलोनासँग अब मेसीको शक्ति छैन । तर उनीहरुको टोलीमा अरु पनि धेरै राम्रा खेलाडी छन् । फ्रयांक डी जोङ, र पेड्रीहरु त्यसको उदाहरण हुन् । हामी जस्तोसुकै अवस्थाका लागि पनि तयार रहनुपर्छ,’ नागेल्सम्यानले भने, ‘बार्सिलोना मेसी नहुँदा एकदम कमजोर भयो जस्तो हामीलाई लाग्दैन । उनीहरु अझै पनि राम्रो टिम हुन । तर हामी पूरा तीन अंकका साथ खेल्नेछौं ।’

औसमाने डेम्बेले, अंशु फाती, मार्टिन ब्रेथह्वाइट र सर्जियो अग्वेरो घाइते भएका कारण बार्सिलोनालाई आज रातिको खेलमा पहिलो रोजाई छान्दा धेरै खेलाडीको विकल्प हुने छैन । नागेल्सम्यान पनि सेर्गे जिनाब्रीको उपलब्धतामाथि पक्का हुन सकेका छैनन् । 

‘जिनाब्रीको विषयमा हामी अन्तिम समयमा निर्णय लिनेछौं । दुई विश्वस्तरीय क्लबबीच हुन लागेको खेल भएकाले हामी सचेत छौं,’ नागेल्सम्यानले भने । 

गत वर्ष कोभिड १९ महामारीका कारण लिस्बनमा सेन्ट्रल भेन्युका रुपमा गराइएको प्रतियोगिताको क्वार्टरफाइनलमा बायर्नले बार्सिलोनामाथि ८-२ को फराकिलो जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

\