Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

सकारात्मक सोच राडुकानुको सफलताको सुत्रः रिचार्डसन 

न्युयोर्क, (खेलाडी)– युएस ओपन विजेता इमा राडुकानुका प्रशिक्षक एन्ड्रियु रिचार्डसनले बलियो इच्छा शक्ति नै उनले पहिलो ग्रान्ड स्लाम सपना साकार पारेको प्रतिक्रिया दिएका छन् ।


बेलायती १८ वर्षिय राडुकानुले आइतबार क्यानाडकी लेला फर्नान्डेजलाई सोझो सेटमा पराजित गर्दै  युएस ओपनको उपाधि जितेकी थिइन । उनको सो सफलतापछि  रिचार्डसनले उनको इच्छा शक्ति विशेष भएको बताएका हुन् ।विम्बल्डनबाट रिचार्डसन इमाको प्रशिक्षकमा नियुत्त भएका थिए । 

तर रिचार्डसनले युएस ओपनपछि राडुकानुको प्रशिक्षणलाई निरन्तरता दिने बारे कुनै छलफल नभएको बताए ।


क्वालिफायरबाट आएर ग्रान्ड स्लामको उपाधि जित्ने इमा  पहिलो खेलाडी समेत बनेकी थिइन । साथै उनी ४४ वर्षपछि ग्रान्ड स्लाम जित्ने पहिलो बेलायती महिला खेलाडी समेत बनिन् । भर्जिनिया वेडले विम्बल्डन जितेपछि बेलायतका कुनै पनि महिला खेलाडीले ग्रान्ड स्लाम जित्न सकेका थिएानन् ।


‘मैले इमाको प्रशिक्षणलाई निरन्तरता दिने वा नदिने बारे कुनै छलफल भएको छैन, उनले भने, ‘ यो दुर्लभ सफलता हो र यसमा इमा र म खुशी छौ । अहिले नै मेरो भविष्यका बारेमा निर्णय भइसकेको छैन । घर फर्किएर केही साता आराम गरेपछि मात्र हामी आगामी योजनाका बारेमा बसेर कुराकानी गर्नेछौ ।


रिचार्डसनले राडुकानुको सफलताको सुत्र नै उनको इच्छा शत्ति भएको बताए ।


‘मलाई लाग्छ उनको सफलताको कारक भनेकै उनको सकारात्मक मानसिकता हो, राडुकानु १० वर्षको हुँदा पनि प्रशिक्षक रहेका रिचार्डसनले भने, ‘सकारात्मक सोच हुने हो भने सहजै सफल बन्न सकिन्छ । राडुकानुको युएस ओपन उपाधि यात्रा पनि सकारात्मक मानसिकताको परिणाम हो ।

 

प्रतिक्रिया दिनुहोस

\