Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

युइएफए खेलाडीको स्वास्थमा भन्दा पैसामा केन्द्रित भएको कोर्टुयसको आरोेप

मिलान, (खेलाडी)-  बेल्जियमका गोलकिपर थिबाउट कोर्टुयसले खेलाडीको स्वास्थमा भन्दा पनि यइएफए पैसामा केन्द्रित भएको आरोप लगाएका छन् 

कोर्टुयसले खेलाडीलाई युइएफएले मानव भन्दा पनि रोबर्ट सरह व्यहार गरेको समेत बताए 

बेल्जियमले युइएफए नेसन्स लिगको सेमिफाइनलमा फ्रान्ससँग राजित भएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा बेल्जियमले इटालीलाई नतिजा सुम्पिएको थियो । दुवै खेलमा कोर्टुयसले बेल्जियमको पोस्ट सम्हालेका थिए ।

'यो पैसाका लागि मात्र खेलाइएको खेल हो, हामीले यसमा लुकाउनु पर्ने केही छैन',कोर्टुयसले भने, 'हामीले पनि खेल्यौ किनभने यो युइएफएका लागि अतिरिक्त कमाईको स्रोत हो । खेल खेल्न पाउनु खेलाडीका लागि राम्रो हो तर लगातारको खेलले खेलाडीलाई गर्ने असरका बारेमा युइएफएले कहिले सोच्दैन ।'

'हामीले अन्तर्राष्ट्रिय विश्रामका लागि मात्र दुई साताको समय पाउँछौ र यो आराम गर्न पर्याप्त समय होइन । त्यसमाथि नेसन्स लिगमा लगातारको खेल,'कोर्टुयसले भने, 'हामी रोबर्ट होइनौ तर हामीलाई रोबर्ट सरह व्यहार गरिएको छ । विना आराम लगातार खेल । हामीले जुन सम्म लिग नै खेल्नु पर्छ र नोभेम्बरमा विश्वकप छ । खेलाडी घाइते हुने सम्भावना धेरै हुन्छ । तर कसैले पनि खेलाडीको बारेमा ध्यान दिदैन ।'

फिफाले प्रस्ताव गरेको दुई वर्षको अन्तरमा हुने विश्वकपका बारेमा पनि कोर्टुयसले आपत्ति जनाए ।

'विश्वकपका साथै युरोपियन च्याम्पियनसिप पनि प्रत्येक दुई वर्षको अन्तरमा खेलाउने फिफा र युइएफएको तयारी छ,' उनले थपे, 'यसको अर्थ खेलाडीहरु सधै घाइते भैरहन्छन् । खेलाडीलाई पनि आराम चाहिन्छ । हामी रोबर्ट होइनौ ।'


 

प्रतिक्रिया दिनुहोस

\